ट्रेंडिंग:

>> रक्तदाता समाजको कार्यालय उद्घाटन >> मेडिको फयुजनलाई रोटरी भलिबलको उपाधि >> रवीन्द्र र धवलसहित ४१ जनालाई ५ दिन हिरासत राख्न अनुमति >> सोमबार सार्वजनिक बिदा >> निजामती कर्मचारी संगठन कर्णाली प्रदेशको सातबुँदे घोषणापत्र जारी >> तीन वर्षभित्रै भूमिहीनलाई पुर्जा दिनेगरी कार्ययोजना बनाएका छौँ : अध्यक्ष रिजाल >> धनुषामा युवकको हत्याको विरोधमा प्रदर्शन, प्रहरी र स्थानीयबीच झडप >> स्ववियु चुनाव तातियो , मुगुमा एक स्वतन्त्र सहित दुई जना चुनावी मैदानमा >> सेयर बजारमा २९.८२ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो >> रवि लामिछाने भोलि देखि पार्टीको जिम्मेवारीमा फर्कने >> प्रतिनिधिसभा ४ बजेका लागि सर्यो >> पुँजीलाई उत्पादन र आयआर्जनमा नजोड्ने सहकारीहरु बन्द हुन्छन् : अध्यक्ष पाठक >> प्रतिपक्षले संसद अबरोध गर्दा गृहमन्त्रीले चैत १५ को घटनाबारे जानकारी दिन पाउनु भएन: रघुजी पन्त >> राकम कर्णालीमा ५० शैयाको स्याटलाईट अस्पताल बनाईने >> दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउनुपर्ने आवश्यकताः पूर्व राष्ट्रपति भण्डारी >> पत्रकार सुरेश रजकको हत्यारा पत्ता लगाई कारबाही गर्न प्रेस चौतारीको माग >> दुर्गा प्रसाईंले फेसबुक लाईभमा, भने, `आन्दोलन हिंसात्मक हुनुमा राज्य र युवा संघ जिम्मेवार´ >> तीन दिनका कार्यक्रम सकिएपछि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी रूपन्देहीबाट काठमाडौ प्रस्थान >> त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. बरालले किन राजीनामा दिएका हुन् जानकारी छैन: शिक्षामन्त्री >> म्यानमारमा शक्तिशाली भूकम्पपछि पनि सेनाले आक्रमण जारी राख्यो >> विश्व बैंकले नेपालमा पुल सुधारको लागि २० अर्ब ४० करोड रुपैयाँको स्वीकृत >> त्रिवि केन्द्रीय क्याम्पसमा भोली निर्वाचन >> ‘साहित्य समाजको दर्पण हो’ >> सिंहदरबारमा ७ बजे गणतन्त्र पक्षधरको सर्बदलीय बैठक >> कुलमानको रिट ‘हेर्न नमिल्ने’ >> जरिवानाको पत्र लिन मानेनन् ज्ञानेन्द्रले, हुलाकबाट पठाइँदै >> सुनको मूल्यमा नयाँ कीर्तिमानः तोलाको १ लाख ७६ हजार बढी >> राप्रपा नेता मिश्र, राणा लगायतलाई अदालत लगिदै >> नेकपा एसको बिशेष पत्रकार सम्मेलन हुँदै >> ढाकावाङ्ग–रूपन्देही समाजको शुभकामना आदानप्रदान >> सर्प उद्वारकर्ता सारुले समुदायमा जनचेतना फैलाउँदै >> रातीमा क्रिकेट खेल्न ‘एक्स्ट्रा टेक फिट’ >> पुलिस पिएम कप च्याम्पियन >> ‘हिंसात्मक घटना स्वीकार्य हुँदैन’ >> १८ बर्षपछि फेरि राजतन्त्र कि गणतन्त्रको बहस ? >> साँस्कृतिक सम्पदाको संरक्षण गरौं >> उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र शिक्षक सम्मानित >> शहिद स्मृति युवा मिलन कार्यक्रम >> केरामा ‘दाह्रीबा’ को तीन दशक >> दुवै सदनको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची >> पश्चिमी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> फेरियो पूर्वराजाको सुरक्षा टोली, संख्या पनि घटाइयो >> नदीमा पौडी खेल्दा डुबेर २ युवकको मृत्यु >> तिलोत्तमा नेवारी भाषा तालिम शुरु, नेवा संस्कृति संरक्षणमा मद्यत मिल्ने दाबी >> त्रिदिवसीय अन्तर्राष्ट्रिय साहित्य,संस्कृति एवम् पर्यटन उत्सव बर्दघाटमा सुरु >> ‘तीनकुने हिंसा’को जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्रले लिनुपर्ने कांग्रेसको निष्कर्ष >> नयाँ वर्ष र विस्काः जात्राको अवसरमा भक्तपुर महोत्सव हुने >> पूर्वराजालाई जरिवाना गर्ने महानगरको निर्णय हास्यास्पद : कमल थापा >> आधुनिक शिक्षा प्रणालीमा प्रविधि >> दीर्घकालीन सहकारीद्धारा सचेतना तथा अभिमुखिकरण

११ औ बुटवलश्री शारीरिक सुगठनको तयारी पुरा

१४ चैत्र २०८१, बिहीबार
१४ चैत्र २०८१, बिहीबार

बुटवल, १४ चैत ।
शारीरिक सुगठनका खेलाडीहरुलाई प्लेटफर्म दिने उदेश्यका साथ रुपन्देहीमा ११ औ संस्करणको अन्तर प्रदेशस्तरीय बुटवल श्री शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ । चैत १६ गते शनिबार नबिन औद्योगिक मावि परिसरमा हुने प्रतियोगिताको तयारी पुरा भएको विहिबार बुटवलमा पत्रकार सम्मेलन गरि आयोजक लुम्बिनी शारीरिक सुगठन तथा फिटनेश संघका अध्यक्ष सितु श्रेष्ठले बताए । ‘यसपटक पाच वटा प्रदेशका खेलाडीहरुले भाग लिदैछन ।’–उनले भने ।

लुम्बिनी, गण्डकी, सुदुर पश्चिम, कर्णाली तथा मधेश प्रदेशका जिम, क्लब, संघ संस्थाका करिब १५० भन्दा बढि खेलाडीहरु प्रतियोगितामा सहभागिता हुने उनले बताए । प्रतियोगितामा पुरुष शारीरिक सुगठन ५५, ६०, ६५, ७० र ७० केजी भन्दा बढि तौल समुह गरि पाच तौल समुह र महिला तर्फ खुल्ला फिजिक्स प्रतियोगिता हुने उनले बताए । प्रत्येक वजन समुहमा प्रथम हुने खेलाडीले मेडलसहित प्रमाणपत्र तथा ओभर अल प्रतियोगितामा सहभागिता हुने अवसर पाउने छ । द्वित्तीय र तृतीय हुने खेलाडीलाई मेडलसहित प्रमाणपत्र तथा नगद ८ हजार तथा ५ हजार रुपैयाबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि ओभरअल बिजेता हुने एक जना खेलाडीले नगद पुरस्कार १ लाख, ट्रफी, उपहार तथा व्यानेट सहित बुटवल श्री को उपाधि प्राप्त गर्ने उनले बताए । उपबिजेता चार जनालाई जनही नगद १० हजार रुपैयासहित ट्रफिबाट पुरस्कृत गरिने उनले बताए ।

यसैगरि वुमन फिजिक्स समुहमा प्रथम हुने खेलाडीले नगद रु २० हजार, ट्रफिसहित, मेडल, प्रमाणपत्र तथा द्वित्तीय र तृतीय हुने खेलाडीले नगद १० हजार तथा ५ हजार रुपैया र मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

नेपालमा शारिरीक सुगठन खेलको विकासमा प्रजातन्त्रका सेनानी तथा अमर शहिद धर्मभक्त माथेमा पालादेखि शुरु भएको भन्ने इतिहास रहेको रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघका अध्यक्ष राजकुमार श्रेष्ठले बताए । खेलप्रति आर्कर्षित गराई स्वस्थ्य रही असल नागरिक बन्न पे्ररणा दिई दुब्र्यशनमुक्त समाजको निमार्णमा सहयोग गर्ने उदेश्यसहित विगत २०६५ सालदेखि रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघको आयोजनामा बुटवल श्री निरन्तर संचालन हुदै आईरहेको उनले बताए । प्रथम बुटवल श्री २०६५ का विजेता बिकास चौधरी, दोश्रो बुटवल श्री २०६८ विजेता शेर बहादुर खाम्चा, तेश्रो बुटवल श्री २०७० बिजेता बिनोद बज्राचार्य, चौथो बुटवल श्री २०७२ विजेता बिजेन्द्र मान श्रेष्ठ, पाचौ र छैठौं बुटवल श्री २०७३, २०७४ बिजेता तारा थापा तथा सातौं बुटवल श्री २०७५ बिजेता चन्द्रमान श्रेष्ठ, आठौं बुटवल श्री २०७५ विनोद सुनार, नवौ २०७६ र दशौ २०७९ मा कृष्ण कुमार श्रेष्ठ विजेता रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?