ट्रेंडिंग:

>> सल्यानमा आगलागीः दुई घरगोठ नष्ट, १० लाखको क्षति >> औद्योगिक प्रशिक्षार्थी छनौट >> महेन्द्र नर्सिङ्ग र ज्ञनोदयमा अखिलको जित >> एकपटक आफैलाई फर्किएर हेर्ने हो कि ? >> एसईईको उल्लासमय शुभकामना >> दोस्रो लुम्बिनी मिडिया सम्मेलनः सात सत्रमा दर्जन बढी विज्ञसँग छलफल >> कालीकाेटका २५ वटा परीक्षा केन्द्रबाट ४ हजार ८९ जना बिद्यार्थीले आज परीक्षा दिने >> गण्डक नहरमा सिल्टबेसिन जडान सकिने दाबी >> लुम्बिनी प्रादेशिक अस्पतालमा पहिलोपटक एन्जियो प्लाष्टी >> पहुँच मार्गले जोड्दै गाउँ >> आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> एसइई आजदेखि : देशभरबाट पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी हुने >> भोलिदेखि एसइई सुरु, लुम्बिनीबाट झण्डै ९५ हजारले परीक्षा दिंदै >> मेयर कपमा उपाधिका लागि वडा नं. ११ र १५ भिड्ने >> पिएम कपमा आर्मी क्लब विरुद्ध मधेश प्रदेश  विजयी  >> सेयर बजारमा गिरावट जारी, कारोबार रकममा वृद्धि >> कर्णालीका महिला सांसदको गुनासो ‘महिला सांसदको सवालले स्थान पाउँदैनन्’ >> त्रिभुवन बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारी विजयी >> लुम्बिनीलाई हराउँदै सुदुरपश्चिमको दोस्रो जीत >> नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति हुनका लागि तयारी सुरु >> इजरायलद्वारा हमासका प्रधानमन्त्रीको हत्या, मारिनेकाे संख्या ४१३ नाघ्याे >> तालिवानको नयाँ आदेशः अब रेडियोबाट महिला आवाज सुनाउन पाइन्न >> नक्कलि बुवा बनी भारतीय नागरीकलाई नेपाली नागरिकता दिलाउने पक्राउ >> बालिकालाई वेश्यावृतिमा लगाएकाे आरोपमा गेस्ट हाउस संचालक पक्राउ >> सलमानको सिकिन्दरको रन टाइम २ घन्टा २० मिनेट >> स्ववियु निर्वाचनमा स्वतन्त्र प्यानलको विजय >> म्याग्दीमा जीप खस्दा एकको मृत्यु, ४ घाइते >> चैत २४ गते सार्वजनिक विदा, यस्ता छन मन्त्रीपरिषदका निर्णयहरू >> अमेरिकामा नाइट्रोजन ग्याँस सुघाएँर दिइयो मृत्युदण्ड, थप ३ लाइ सुइ लगाएर दिइदैँ >> अबैध मुद्रा पक्राउ प्रकरण संसदमा उठयो, रामहरीले सोधे, ‘२५ करोडको असली मालिक को हो ? >> पुर्व राजा शाह गोरखा जाँदै >> प्रधान सेनापतिले दुइ सैन्य अधिकारीलाइ दिए दर्ज्यानी चिन्ह >> प्रधानमन्त्री कपः पुलिसको जीत्याे लगातार छैटौं खेल >> गोरखा क्याम्पसमा सत्ता गठबन्धनलाई पराजित गर्दै अखिल क्रान्तिकारी विजयी >> तिलोत्तमाबासीमा योग मोह >> अबैध २५ करोड माथि छानबिन समिति बनाउन माओवादीको माग >> कांग्रेस कार्यसम्पादन समितिको बैठक आइतबार हुने >> यौन व्यवसाय खुला गर्नुपर्ने अभिव्यक्तिप्रति घिमिरेले संसदमा माफी मागे >> सुनको भाउ हालसम्मकै उच्च >> अमेरिकाको रेड लिस्टमा चढयो भुटान, हटाउन भुटानको अपिल >> बुटवलमा मिडिया सम्मेलनः के के विषयमा हुँदैछ छलफल ? >> यस्ताे छ अन्तरिक्षयात्री सुनिता बिलियम्सको पारिवारिक जीवन, छिन निः सन्तान >> एनसेल फाउण्डेसनद्वारा २ सय ६० विद्यार्थीलाई झोलासहित शैक्षिक सामग्री >> लागूपदार्थ दुव्र्यसन विरुद्ध अन्तर्क्रिया >> रियलमी सि ७५ छिट्टै बजारमा आउने >> हामीलाई कति वन चाहिन्छ ? >> रोकिएन सेवाग्राहीमाथिको सास्ती >> सल्यानमा अखिल क्रान्तिकारीको तीन, नेविसंघ र अनेरास्ववियुको दुई दुई क्याम्पसमा नेतृत्व >> कपिलवस्तु बहुमुखी क्याम्पसमा नेविसंघ नेतृत्वको प्यानल विजयी >> स्ववियू निर्वाचनः कहाँ कस्ले जिते ?

प्रधानमन्त्री कप क्रिकेटः बागमती र कर्णाली प्रदेश विजयी

५ चैत्र २०८१, मंगलवार
५ चैत्र २०८१, मंगलवार

भैरहवा, ५ चैत ।

प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मंगलबार भएका दुई खेलमा बागमती र कर्णाली प्रदेश विजयी भएका छन् ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायो । टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८८ रनको बलियो योगफल बनाएको थियो । बागमतीका ओपनर इशान पाण्डेले सर्वाधिक ६९ रन जोडे । उनले ८२ बलमा ६ चौका प्रहार गरे । यस्तै, विपिन आचार्यले अविजित ६३, शुभ कंसाकारले ५२, विवेक रानाले ३४ र रिजन ढकालले नटआउट २३ को योगदान गरे ।

गण्डकी लागि अर्जुन कुमालले ४ तथा विपिन खत्री र सुवास भण्डारीले समान २–२ विकेट लिए । २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अलआउट भयो । उसका लागि वंश क्षेत्रीले सर्वाधिक ५५ रन जोडे । यस्तै, ओपनर समिर कंडेलले २६, अमृत गुरुङले २० तथा कमल परियार र दीपक डुम्रे समान १९ रन जोड्दा सुवास भण्डारीले १८ रन बनाए । बागमतीका लागि ब्याटिङमा अर्धशतक प्रहार तथा प्लेयर अफ द म्याच भएका इशान पाण्डेले ४ विकेट लिए । यस्तै, साकार गजुरेलले २ तथा सूर्य तामाङ, रिजन ढकाल र गौतम केसीले समान १–१ विकेट लिए ।

यता रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको खेलमा कर्णाली प्रदेशले कोशी प्रदेशमाथि १ सय २७ रनको फराकिलो जित हासिल गर्यो । टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १८ रनको योगफल बनाएको थियो । कर्णालीका अर्जुन घर्तीले नटआउट रहँदै सर्वाधिक ८८ रन बनाए ।

उनले ९५ बलको सामना गर्दै ११ चौका र २ छक्का प्रहार गरे । हिमाशुं शाहीले ४६, प्रकाश जैसी १८, सुनिल धमलाले १३ तथा निश्चल रावलले १२ रन बनाए । कोशीका विपिन महतोले ३, दिपेश कंडेल र प्रकाश कार्कीले समान २–२ तथा सुजन थपलिया र श्रवण किस्कुले १–१ विकेट लिए । २ सय १९ रनको लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रन बनाउँदा अलआउट भयो । कोशीका ओपनर चिराग साहले सर्वाधिक २५ रन जोडे । सकिब हक १३ र कप्तान अंकित सुवेदी १० रनमा आउट भए । कोशीका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । कर्णालीका सुनिल धमला र दीपेन्द्र रावतले समान ३–३, कप्तान दिवान पुनले २ तथा अनुज चुनाराले १ विकेट लिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?