ट्रेंडिंग:

>> दीपक थापा बने नेपाल प्रहरीको ३१ औ महानिरीक्षक >> उच्च स्तरीय समितिले कर्णाली सरकारलाई दियो यस्तो सुझाव >> कालीकोटमा विद्युत सेवा अवरुद्ध >> वडा नं ११ र १५ अन्तिम चारमा >> मुलुकलाई पश्चगामी दिशामा फर्काउने प्रयास सफल हुन नसक्ने एमालेको निष्कर्ष >> सिंगापुर र मलेसियाविरुद्ध खेल्ने राष्ट्रिय फुटबल टिमको घोषणा >> नागरिक लगानी कोषको खुद कोष २ खर्ब ७३ अर्ब रुपैयाँ नाघ्यो >> दाङमा बस दुर्घटना हुँदा १४ जना घाइते >> धनुषामा चोकको नामकरणलाई लिएर दुई पक्षबीचको विवाद, प्रहरी गोली चलाउँदा एक घाइते >> सेयर बजार २७०४ अंकमा झर्यो, कारोबार रकममा घटौती >> सशस्त्र प्रहरीद्वारा ६४ लाख बढीको अवैध सामान बरामद >> एभरेष्ट माविका विद्यार्थीलाई सम्मान >> नेकपा एमालेको सचिवालय बैठक सुरु >> देउवाले बोलाए नेपाली कांग्रेसको पदाधिकारी बैठक  >> प्रधानमन्त्री ओलीलाई २१ बुँदे घोषणापत्र हस्तान्तरण >> युक्रेन युद्ध रोक्न ट्रम्प र पुटिनबीच वार्ता हुँदै >> भोजपुरमा बाँदरको समस्याका कारण स्थानीयवासीले आफ्नो घरबास छोड्न बाध्य >> आईजीपी चयन प्रक्रिया: दिपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङको प्रतिस्पर्धा >> ९० वर्षभन्दा माथिका नागरिकलाई राष्ट्रिय परिचयपत्र बिना सेवा दिने व्यवस्था >> भ्वाइस अफ अमेरिकालाई बन्द गर्न ट्रम्पको आदेश >> ‘मे महिनामा हुने एनआरएनए एकता महाधिवेशन नै वैधानिक’ >> अस्पताल भर्ना भएको ३१ दिनपछि पोपको तस्वीर सार्वजनिक >> पिएम कपमा लुम्बिनीद्वारा मधेश प्रदेशलाई १५९ रनको लक्ष्य >> उत्तरी म्यासेडोनियामा नाइटक्लबमा आगलागी, ५९ को मृत्यु  >> पोखरा विमानस्थलमा चीनसँग नियमित चार्टर उडान सुरु >> एसइई परीक्षाको केन्द्राध्यक्ष चयन गोलाप्रथाबाट गर्न मुख्यमन्त्री सिंहको चेतावनी >> नेपाल बिजनेस समिटको इन्टरनेट पार्टनरमा वर्ल्डलिंक >> एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै >> नेपाली बजारमा आज सुनको मूल्य स्थिर >> ‘मिसन–२०२६’ को समिक्षा >> कुन मुद्राको कतिमा हुँदैछ काराेबार ? >> हुथी विद्रोहीमाथि अमेरिकाको आक्रमण जारी, ५३ जनाको मृत्यु >> कहिले शुरु हुन्छ सुनिता र बुचको अन्तरिक्षबाट फर्किने प्रक्रिया ? >> कहिले आउँछ पुष्पा-३ ? >> लेस्टरमाथि म्यानचेस्टर युनाइटेडको सहज जित >> एमालेको सचिवालयको बैठक आज बस्दै >> पालिकाको पहलमा मुख्य सडक कालोपत्रे >> पिएम कपमा लुम्बिनी फराकिलो अन्तरले विजयी >> संसदीय समिति किन बन्दैनन् प्रभावकारी ? >> ‘पश्चगमन होईन, अग्रगमनको खाँचो’ >> ढाकामा तानसेन सरकारको बेइमानी >> एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा >> पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावले वर्षादेखि हावाहुरीको सम्भावना >> सैनामैनामा लागूऔषध सहित संलग्न व्यक्ति पक्राउ >> स्ववियु निर्वाचनको पूर्वसन्ध्यामा तोडफोड तथा धम्की दिएकोप्रति शिक्षा मन्त्रालयको ध्यानाकर्षण >> रूपन्देही प्रहरीद्वारा एक महिनामा ११३ फरार प्रतिवादी पक्राउ >> मजदुरको शव भेटियो >> टेक्टरसहित काठ बरामद >> मेयर कपमा वडा नं ८ र १२ विजयी, सोमबारदेखी क्वाटरफाईनल खेल हुदै >> मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा परीक्षा स्थगित

पिएम कपमा लुम्बिनी फराकिलो अन्तरले विजयी

४ चैत्र २०८१, सोमबार
४ चैत्र २०८१, सोमबार

लमही, ०४ चैत ।
दाङमा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ अन्तरगत आजको खेलमा लुम्बिनी प्रदेशले वाग्मती प्रदेशलाई ११६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा प्रतियोगिताको आठौँ दिनको २०औँ खेलमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी प्रदेश ३२ दशमलव ४ ओभरमा अलआउट हुँदै ११५ रन बनायो । लुम्बिनीलाई सस्तैमा समेट्न वाग्मतीका सबै बलले उत्कृष्ट बलिङ गरे । पाँच बलर प्रयोेग गरेको वाग्मतीका सबै बलरले विकेट लिए । छैठौं ओभरबाट शुरु भएको विकेट पतन ३३ औँभरमा पुगेर टुंगियो ।आकाश त्रिपाठीले ३३ रन जोड्नु बाहेक अरू खेलाडीले धैर्यता देखाउन नसक्दा वागमतीले विकेटको फाईदा उठायो । छैठौं ओभरको पाँचौं बलमा रिजन ढकालले ओपनर मृनाल गुरुङलाई व्यक्तिगत ५ रनमा पेभेलियन फर्काए । स्लो रन शुरुवात गरेको लुम्बिनी प्रदेशका खेलाडीले पहिलो पावर प्लेमा २ विकेटको क्षतिमा ३५ रन जोडे । अर्को ओपनर मनिष थापा ३५ बलको सामना गर्दै १ चौकाको मद्दतमा १५ रन बनाउँदै ईशान पाण्डेको बलमा ढकालको हातबाट क्याच आउट भए । लुम्बिनीका कप्तान देव खनालले २७ बल खेल्दै १ चौकासहित १५ रन बनाएर सूर्य तामाङको बलमा तेस्रो विकेटका रूपमा आउट भए ।प्रजवल थापा ६ रन जोडेर ईशान पाण्डेको बलमा बोल्डआउट भए ।विप्रसन केसी २० बल खेलेर जम्मा ९ रन बनाउँदै गौतम केसीको बलिङमा विकेट किपर विकेक मगरबाट क्याच आउट भए । कृष्ण कार्की १५ बल खेल्दै १ छक्कासहित ७ रन बनाएर गौतम केसीको बलमा लङअनमा सोनु देवकोटाको उत्कृष्ट क्याचमा पेभेलियन फर्किए । निर्मल गुरुङ पाँच बल डट खेलेर शुन्य रनमा आउट हुँदा नरबहादुर सार्की सूर्य तामाङको बलमा रित गौतमको हातबाट क्याच आउट भए ।
रमेश कुर्मी ८ बल खेलेर गौतम केसीको बलमा बोल्ड भए । लुम्बिनीलाई लो स्कोरमा समेट्न गौतम केसीले पाँच दशमलव ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए । सूर्य तामाङले ८ ओभरमा १ मेडनसहित जम्मा १४ रन दिएर २ विकेट लिँदा ईशान पाण्डेले पनि ७ ओभरमा १ मेडनसहित १९ रन खर्चेर २ विकेट लिए । रिजन ढकालले २४ रन दिएर १ विकेट लिँदा सोनु देवकोटाले ३७ रन खर्चेर १ विकेट लिए  । ११६ रनको विजयी लक्ष्य पछ्याउन अब केहीबेरमा वाग्मती प्रदेशले जवाफी ब्याटिङ गर्दैछ ।जारी प्रतियोगितामा लुम्बिनी प्रदेश अंक तालिकाको चौथो स्थानमा छ भने वाग्मती नवौँ स्थानमा छ ।
नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगितामा ३ विभागीय टीम आर्मी क्लब एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टीमले खेलीरहेका छन् ।फागुन २५ गतेबाट लुम्बिनी प्रदेशको रूपन्देही र दाङमा प्रतियोगिता जारी छ । दाङसहितमा रूपन्देहीको सिद्धार्थ क्रिकेट रंगशाला र एक्स्ट्राटेक ओभल मैदानमा एकैसाथ शुरु भएको प्रतियोगिताका खेलहरू राउण्ड रोविनका आधारमा भईरहेका छन् हरेक टीमले एक अर्को टीमसँग खेल्नेछन् । आगामी चैत १६ गतेसम्म चल्ने प्रतियोगिता अन्तरगत दाङमा १४ वटा खेल हुने तालिका रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?