© २०२३
पाल्पा , ३ चैत।
ऐतिहासिक तथा पुरातात्विक हिसाबले महत्वपुर्ण मानिएको एसियाकै सबै भन्दा ठुलो ढोकाको पुन निर्माण काम रोकिन पुगेको छ ।सदरमुकाम तानसेन बजारको शितल पाटीमा रहेको दरवारमा प्रवेशद्धारका रुपमा रहेको बिशाल ढोका राणा कालिन समयमा निर्माण भएको थियो । पुरातात्विक समयमा निर्माण भएको थियो ।पुरातात्विक हिसाबले समेत महत्व मानिएको यस ढोकाको पुरातत्व विभागले नै यसको पुन: निर्माणको काम सुरुवात गरेको थियो । तानसेन नगर सरकारको समन्वयमा गतवर्षबाट पुन निर्माणको काम थालनी भए पनि रकम अभावका कारण यस वर्षका लागि काम रोकिएको विभागका इन्जिनियर ध्रुव प्रजातीले बताए ।
विश्व सम्पदामा समेत सुचिकृत दरबार परिषरमा रहेको एतिहासिक मुल ढोकाको निर्माणको कार्य पुरा नहुँदै रोकीदा स्थानीय चिन्तित रहेका छन् । विभागले रकम अभावको कारण देखाउदै पुरा नहुँदै रोकिनु भनेको अलपत्र अवश्यामा त छाड्नु होइन ?भन्ने प्रश्न उब्जिएको स्थानीय पशुपती प्रधान बताउछन् । तानसेन नगर सरकार र विभागका जिम्बेबारी कर्मचारी बिच नगरपालिकामा आयोजित छलफल तथा अन्तरकृया कार्यक्रममा विभागले वजेटको कुनै समस्या नहुने विभागलाई काम गर्ने वातावरण नगर सरकारले बनाइ दिनु पर्ने भन्ने उद्घोष गरेको एक वर्ष बित्न नपाउदै बजेटको समस्या भयो भन्नु अत्यन्तै लज्जाजनक भएको स्थानिय राजेन्द्र गोपाल सिहं बताउछन् ।
यस्ता प्राचिन सम्पदाको संरक्षण र सम्र्वद्धन गर्न जिम्मेबारी प्राप्त निकाय कति सम्वेदनशील रहेछ ।पुराना धरोहरको संरक्षणको लागि भन्ने कुरा पनि यस कार्यले प्रष्ट पार्ने उनी बताउछन् । पुरातत्व विभागले आउने वर्ष बाकी काम पुरा गर्ला भन्ने कुनै निश्चित नभएको र यो त नेपाल सरकारमा भर पर्दछ । सरकारले विभागलाई कति रकम उपलब्ध गराउछ । त्यसमा भर पर्ने हो । पुराना सम्पदाको पुन निर्माण , मर्मत कार्य देशै भरी धेरै छन्। त्यसैले सरकारमा विनियोजन गर्ने वजेटमा भर पर्ने इन्जिनियर प्रजापतिले बताए ।
राणाकालीन समयमा तत्कालीन पाल्पा गौडाका प्रमुख प्रशाशक तथा श्री ३ महाराजा हात्तीमा सवार गर्न सहज होस भनेर निर्मित ढोकाको तल जगबाटै पुरानै स्वरुप र शैलीमा पुन निर्माणको काम अगाडि बढेको छ । ढोकाको दाया र बाया ढुंगा माटोको गाह्रोका ठाउमा चुन र सुर्कीको प्रयोग भएको छ ।पुरातत्व विभागको सम्पदाका प्रमुख रमेश राज पौडेलका अनुसार विभागलाई प्राप्त बजेट अनुरुप भएको रकम बाट ८१ लाख, ९५ हजार रुपैयामा एन पियस कन्ट्रक्सन भक्तपुरको निर्माण कम्पनी संग ठेक्का संझौता भएको थियो । विभागले निर्माण कम्पनीलाई ४६ लाख भुक्तानी गरिसकेको छ । बाकी काम आउने आर्थिक वर्षमा पुरा हुनेछ । अब बाकी काम भने फिनिसि· ,र· रोगन र छाना छाउने हो । बाकी कामका लागि थप ५०लाखले पुरा हुनेछ । बाकी कामका लागि आवश्यक रकमका लागि संस्कृति मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा पत्राचार भएको उनले बताए ।
तानसेन नगरका मुख्य प्राविधिक राम प्रसाद श्रेष्ठले भने यो कामको जिम्मेबारी अख्तियारी सबै पुरातत्व विभागको हो । हामीले त काममा सहजीकरण मात्र गर्ने हो । प्रर्याप्त मात्रामा बजेट नभएका कारण समस्या भएको हुन सक्छ आउने आर्थिक वर्षमा मुल ढोकाको काम सकिने छ ।आन्तरिक तथा वाह्य पर्यटकको लागि मुख्य आर्कषकको केन्द्र विन्दु भएको यस ढोकाको मोबाइल , क्यामरामा कैद गरी लैजाने गर्दछन् । पर्यटक आउने समयमा पुन निर्माणको काम पुरा नहुँदा यहा आउने पर्यटकले खल्लो मान्ने गरेको पर्यटक व्यवसायी राजीव शाह बताउछन् । पुरातत्व विभागले यसको पुन निर्माणको कामका लागि आवश्यक रकम पुग्ने गरि विनियोजन गर्नु पर्ने थियो । कमजोरी त पुरातत्व विभागको भएके उनी बताउछन् ।
२०४५ सालमा आएको भुकम्प ,२०७२ सालमा आएको विनासकारी भुकम्प र पटक पटक आएको पराकम्पका कारण अत्यन्तै जिर्ण र नाजुक भएको थियो यसको पुन निर्माणको काम पहिले नै गर्नु पर्ने थियो । २०६२ सालको माग १८गते बेलुका तत्कालीन विद्रोह पक्षले तानसेन आक्रर्मणको क्रममा विस्फोट पदार्थ विस्फोटन गर्दा पनि यो अत्यन्तै कमजोर अवश्यामा पुगेको स्थानीय बताउछन् ।