ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

दादुरा रोकथाममा ‘एन्टी–भ्याक्स’ बाधक

३ चैत्र २०८१, आइतबार
३ चैत्र २०८१, आइतबार

दादुरा मोर्बिली भाइरस प्रजातिमा पर्ने एक आर.एन.ए भाइरसबाट हुने संक्रामक रोग हो । दादुरा रोग रोगीको नाक तथा घाँटीबाट निस्किने तरल पदार्थको सम्पर्कमा आँउदा, हाच्छ्यूँ गर्दा र खोक्दा सर्ने गर्दछ । दादुराले खासगरेर कुपोषित बच्चाहरूको बढी मृत्यु गराउँछ । दादुरा रोग अतिसंक्रमित रोग भएकोले यस रोगको प्रतिरोधात्मक क्षमता कम भएका बालबलिका रोगीको सम्पर्कमा आएमा दादुरा रोगबाट संक्रमित हुन्छन् । सन् १९६० को अन्तसम्म पनि दादुराबाट विश्वमा वर्षेनी लाखौ मानिसहरूको मृत्यु हुने गरेको थियो । नेपाल जस्ता गरीब देशमा त झन दादुरा बालमृत्युको मुख्य कारण बनेको थियो । सन् १९७१ मा मौरिस हिलेमनले दादुरा, गलगाँड र रुबेला खोपहरू संयोजन गर्दै एम.एम.आर खोप विकास गरे । यो खोप लगाउन थालेपछि विश्वव्यापी दादुराबाट हुने मृत्यु ७३ प्रतिसतले घट्न पुग्यो । खोप लगाउन थालेदेखि ९७% प्रभावकारिता दर भएको एम.एम.आर खोपलाई नै सबैभन्दा प्रभावकारी खोपको रूपमा स्वीकार गरिएको छ । जसले विश्वव्यापीरूपमा अनुमानित ५ करोड ६० लाख मृत्युलाई रोकेको तथ्यांकले देखाउँछ । विश्व स्वास्थ्य संगठनले युरोपमा पछिल्लो २५ वर्षमा सबैभन्दा धेरै दादुरा संक्रमित फेला परेको जनाएको छ । संगठनका अनुसार सन् २०२३ को तुलनामा सन् २०२४ मा युरोपमा दोब्बर दादुरा संक्रमित फेला परेका छन् । सन् २०२५ मा अमेरिकामा दादुराको पुनरागमनले जनस्वास्थ्य तथा स्वास्थ्य सेवा प्रणालीमा चुनौतीको सिर्जना गरेको छ । मार्च २०२५ सम्ममा १२ राज्यहरूमा २२२ भन्दा बढी संक्रमितहरू फेला गरेका र दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । टेक्सास र न्यू मेक्सिको क्रमशः १९८ र ३० केसहरू सहित यसका केन्द्रबिन्दु बनेका छन् । यो पुनरुत्थानले खोपप्रतिको अविस्वास, हिच्किचाहट र घट्दो खोप दरको जनस्वास्थ्य परिणाम प्रस्तुत गरेको छ । यसको मूल कारक हो: एन्टी–भ्याक्स ।

२० औं शताब्दीको अन्त्यतिर आधुनिक खोप विरोधी आन्दोलनले गति लियो जसको मूल कारक एन्ड्रयू वेकफिल्डको अध्ययन थियो, जसले एम.एम.आर (दादुरा, मम्प्स, रुबेला) खोपले अटिजमको खतरा निम्त्याउने कुराको झूटो दाबी गरेको थियो । उनले दादुराको खोपले आन्द्रामा घाउहरू गराई न्यूरोटोक्सिक प्रोटीनहरू रक्तप्रवाहमा प्रवेश गराउँछ र अन्ततः मस्तिष्कमा पुगी अटिस्टिक लक्षणहरू निम्त्याउँछन् भन्ने झुठो तथ्य प्रस्तुत गरेका थिए । पत्रकार ब्रायन डियरले वेकफिल्डको अनुसन्धानमाथि दुव्र्यवहार, स्वार्थको द्वन्द्व र सम्भावित झुटको सम्भावना लगायतका मुद्दाहरू उठाएपछि मार्च ६, २००४ मा द ल्यान्सेटले लेख आंशिक रूपमा फिर्ता लिएको थियो । यस त्रुटिपूर्ण अध्ययनको अनुसन्धान पछि फेब्रुअरी २, २०१० मा बेलायतको जनरल मेडिकल काउन्सिलले उक्त पेपरलाई पूर्ण रूपमा प्रतिबन्ध लगाइसकेको छ । हालसम्म पाँच लाखभन्दा बढी बालबालिकामा गरिएका धेरै ठूला अध्ययनहरूले एम.एम.आर खोप र अटिजम बीच सम्बन्ध नरहेको पुष्टि गरिसकेका छन् ।

आजका दिनमा खोप विरोधी अभियानहरू विश्वव्यापी जनस्वास्थ्य चुनौतिको रूपमा खडा भएका छन् । जसले अहिले दादुरा तथा अन्य रोकथाम गर्न सकिने रोगको प्रकोप विस्तारमा योगदान पु¥याएको छ । वेकफिल्डको दाबीलाई सेलिब्रेटीहरू र सामाजिक सञ्जालहरूले थप बढावा दिए, जसले गर्दा २०१० को दशकमा खोप दरमा गिरावट आयो र दादुराको पुनरागमन भयो । अहिलेपनि समय समयमा फेसबुक र युट्युब जस्ता डिजिटल प्लेटफर्महरूमा ‘भ्याक्सिन च्वाइस क्यानडा’ र ‘फ्रिडम एन्जल्स’ जस्ता आन्दोलनहरू ट्रेन्ड बनिरहेका देखिन्छन् । यसले खोपविरुद्ध भ्रम छर्न सघाईरहेको छ । सन् २०२० देखि केहि समय कोरोनाको कारण दादुरा बिरुद्धको खोप कार्यक्रम केही प्रभावित समेत भएको थियो । डब्लू.एच.ओ ले दादुरा बिरुद्धको खोप लगाउने दर ७०% भन्दा कम रह्यो भने वार्षिक ५ लाख भन्दा बढीको मृत्यु हुने अनुमान गरेको छ । यसबाट सबैभन्दा बढी गरीब र विकासोन्मुख देशहरू प्रभावित हुनेछन् । यसो त देशका बालबालिकाहरू न्यून पोषणबाट ग्रस्तछन् । उनीहरूको रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकोले दादुराजस्ता रोगको खतरा खतरा अझै बढ्दै जान्छ । दादुराको लागि प्रतिरोधात्मक क्षमता कायम गर्नका लागि कम्तिमा ९५% खोप दर आवश्यक पर्ने भएकोले उच्च खोप पहुँच तथा सुनिश्चितता हुनु आवश्यक छ । नेपालले संगठित खोप अस्वीकार अभियानहरूको अनुभव गरेको त छैन तर खोपप्रति हिचकिचाहट चिन्ताको विषय बनेको छ । २०२२ मा गरिएको एक अध्ययन अनुसार नेपाली जनसंख्यामा कोभिड–१९ बिरुद्धको खोप नलगाएका मानिसहरूमध्ये मात्र ९२.२% सहभागीहरूले खोप प्राप्त गर्न इच्छा व्यक्त गरेको देखाएको छ, जसले केही जनमानसमाझ खोप हिचकिचाहट कायम रहेको संकेत गर्दछ । कोभिड महामारीको समयमा पनि धेरै खोपका बारेमा गलत सूचना सामाजिक संजालमा चर्चाका बिषय बन्ने गर्दथे । भौगोलिक चुनौतीहरू, दुर्गम क्षेत्रहरूमा कम स्वास्थ्य सेवा पहुँच र विद्यमान खोप हिचकिचाहटले नेपाललाई अझ ठूलो जोखिममा राखेको छ । यदि संयुक्त राज्य अमेरिका जस्तो उच्च विकसित, उन्नत स्वास्थ्य सेवा प्रणाली भई खोपहरूमा प्रयाप्त पहुँच भएको देशमा दादुराको पुनरुत्थान हुन सक्छ भने भोलिका दिनमा नेपाल यस्ता रोगको जोखिममा नपर्ला भन्न सकिन्न । यसका लागि टेलीमेडिसिन र डिजिटल ट्रयाकिंग÷हट्स्पोट म्यपिंग जस्ता आधुनिक प्रबिधि अपनाउनुका साथै जनमानसमाझ अन्तरक्रियामार्फत सचेतना फैलाउनु आवश्यक देखिएको छ ।

(लेखकः महाराजगञ्ज मेडिकल क्याम्पसमा बिएस्सी, एमएलटी अध्ययनरत छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?