© २०२३
बुटवल, १ चैत ।
होलीको अवसरमा रुपन्देहीमा आयोजना भएको जिल्लास्तरीय लनटेनिस प्रतियोगिताको उपाधि अर्जुन गुरुङ र अभिषेक पाठकको जोडी जितेका छन । रुपन्देही लनटेनिस संघको आयोजनामा देविनगरस्थित लनटेनिस कोर्टमा शुक्रबार भएको फाईनल खेलमा गुरुङ र पाठकको जोडीले सुमन पौडेल र विकास खड्काको जोडीलाई ४–६, ६–२ र १०–३ को सेटमा पराजित गर्दै उपाधि जितेको हो ।
प्रतियोगितामा पौडेल र खड्काको जोडी उपविजेतामा चित्त बुझाए । प्रतियोगितामा ईमेरजिङ प्लेयर विश्वास श्रीष घोषित हुदै पुरस्कृत भए । एक कार्यक्रमका बिच संघका अध्यक्ष गोपाल ज्ञवाली, श्रीमध्यपश्चिम पृतनाका महासेनानी मछिन्द्र थापा, सल्लाहकार मनोज कुमार बस्नेत, संघका निवर्तमान अध्यक्ष संजय प्रकाश श्रेष्ठले विजेता, उपविजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन ।
मंगलबारदेखि शुरु भएको प्रतियोगितामा रुपन्देहीका १२ जोडी खेलाडीहरुले भाग लिएका थिए । सास्कृतिक पर्व होलीको अवसरमा खेल प्रतियोगितामार्फत भाईचारा र आपसी सदभाव हुने गरि कार्यक्रम गरिएको अध्यक्ष ज्ञवालीले बताए ।