© २०२३
काठमाडौँ ।
नेपालले हङकङविरुद्ध सम्झना खड्काको उत्कृष्ट ब्याटिङमा सान्त्वना जित निकालेको छ। युगान्डामा जारी वुमन्स डे कप क्रिकेटमा आज भएको हङकङसँगको खेलमा नेपाल ६ विकेटले विजयी भएको हो।
ओपनर सम्झना खड्काले ४३ बलमा ४७ रन बनाइन्। आक्रामक ब्याटिङ गरेकी उनले ३ चौका प्रहार गरिन्।
त्यस्तै कप्तान इन्दु बर्माले ३२ बल खेल्दा एक चौकासहित १८ रन बनाइन् भने रोमा थापा र बिन्दु रावल समान ४ रन जोडेर आउट भए।
पूजा महतोले अविजित २० रन बनाउँदा र एलिसा यादव ५ रनमा नटआउट रहिन्। हङकङका इमा लाई र काउर महेकदीपले एक एक विकेट लिए।