ट्रेंडिंग:

>> नेपाल प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त >> त्रिवि आंगिक तथा सामुदायिक क्याम्पसमा स्ववियु चुनाव आज, विश्वविद्यालय क्याम्पसमा चैत ८ गते >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव, वर्षा, हिमपातदेखि हावाहुरीसम्मको सम्भावना >> दीपक थापा बने नेपाल प्रहरीको ३१ औ महानिरीक्षक >> उच्च स्तरीय समितिले कर्णाली सरकारलाई दियो यस्तो सुझाव >> कालीकोटमा विद्युत सेवा अवरुद्ध >> वडा नं ११ र १५ अन्तिम चारमा >> मुलुकलाई पश्चगामी दिशामा फर्काउने प्रयास सफल हुन नसक्ने एमालेको निष्कर्ष >> सिंगापुर र मलेसियाविरुद्ध खेल्ने राष्ट्रिय फुटबल टिमको घोषणा >> नागरिक लगानी कोषको खुद कोष २ खर्ब ७३ अर्ब रुपैयाँ नाघ्यो >> दाङमा बस दुर्घटना हुँदा १४ जना घाइते >> धनुषामा चोकको नामकरणलाई लिएर दुई पक्षबीचको विवाद, प्रहरी गोली चलाउँदा एक घाइते >> सेयर बजार २७०४ अंकमा झर्यो, कारोबार रकममा घटौती >> सशस्त्र प्रहरीद्वारा ६४ लाख बढीको अवैध सामान बरामद >> एभरेष्ट माविका विद्यार्थीलाई सम्मान >> नेकपा एमालेको सचिवालय बैठक सुरु >> देउवाले बोलाए नेपाली कांग्रेसको पदाधिकारी बैठक  >> प्रधानमन्त्री ओलीलाई २१ बुँदे घोषणापत्र हस्तान्तरण >> युक्रेन युद्ध रोक्न ट्रम्प र पुटिनबीच वार्ता हुँदै >> भोजपुरमा बाँदरको समस्याका कारण स्थानीयवासीले आफ्नो घरबास छोड्न बाध्य >> आईजीपी चयन प्रक्रिया: दिपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङको प्रतिस्पर्धा >> ९० वर्षभन्दा माथिका नागरिकलाई राष्ट्रिय परिचयपत्र बिना सेवा दिने व्यवस्था >> भ्वाइस अफ अमेरिकालाई बन्द गर्न ट्रम्पको आदेश >> ‘मे महिनामा हुने एनआरएनए एकता महाधिवेशन नै वैधानिक’ >> अस्पताल भर्ना भएको ३१ दिनपछि पोपको तस्वीर सार्वजनिक >> पिएम कपमा लुम्बिनीद्वारा मधेश प्रदेशलाई १५९ रनको लक्ष्य >> उत्तरी म्यासेडोनियामा नाइटक्लबमा आगलागी, ५९ को मृत्यु  >> पोखरा विमानस्थलमा चीनसँग नियमित चार्टर उडान सुरु >> एसइई परीक्षाको केन्द्राध्यक्ष चयन गोलाप्रथाबाट गर्न मुख्यमन्त्री सिंहको चेतावनी >> नेपाल बिजनेस समिटको इन्टरनेट पार्टनरमा वर्ल्डलिंक >> एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै >> नेपाली बजारमा आज सुनको मूल्य स्थिर >> ‘मिसन–२०२६’ को समिक्षा >> कुन मुद्राको कतिमा हुँदैछ काराेबार ? >> हुथी विद्रोहीमाथि अमेरिकाको आक्रमण जारी, ५३ जनाको मृत्यु >> कहिले शुरु हुन्छ सुनिता र बुचको अन्तरिक्षबाट फर्किने प्रक्रिया ? >> कहिले आउँछ पुष्पा-३ ? >> लेस्टरमाथि म्यानचेस्टर युनाइटेडको सहज जित >> एमालेको सचिवालयको बैठक आज बस्दै >> पालिकाको पहलमा मुख्य सडक कालोपत्रे >> पिएम कपमा लुम्बिनी फराकिलो अन्तरले विजयी >> संसदीय समिति किन बन्दैनन् प्रभावकारी ? >> ‘पश्चगमन होईन, अग्रगमनको खाँचो’ >> ढाकामा तानसेन सरकारको बेइमानी >> एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा >> पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावले वर्षादेखि हावाहुरीको सम्भावना >> सैनामैनामा लागूऔषध सहित संलग्न व्यक्ति पक्राउ >> स्ववियु निर्वाचनको पूर्वसन्ध्यामा तोडफोड तथा धम्की दिएकोप्रति शिक्षा मन्त्रालयको ध्यानाकर्षण >> रूपन्देही प्रहरीद्वारा एक महिनामा ११३ फरार प्रतिवादी पक्राउ >> मजदुरको शव भेटियो

कमलसिंह ऐरीको अलराउण्ड प्रदर्शनः एपीएफको मधेश प्रदेशमाथि २ विकेटको रोमाञ्चक जित

१ चैत्र २०८१, शुक्रबार
१ चैत्र २०८१, शुक्रबार

लमही, ०१ चैत्र । 
लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टीम एपीएफ क्लबले २ विकेटको जित निकालेको छ । कमलसिंह ऐरीको अलराउण्डर प्रदर्शनमा एपीएफले मधेश प्रदेश विरुद्ध २ विकेटको जित दर्ता गर्याे । बिहीबार भएको खेलमा मधेश प्रदेशले दिएको १६९ रनको लक्ष्य एपीएफले ३६ दशमलव ५ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्याे । एपीएफलाई जित दिलाउन कमलसिंह ऐरीले विजयी छ्क्का प्रहार गरे । उनले ३ छक्काको सहयोगमा अविजित २८ रन बनाए ।

समान्य लक्ष्य पछ्याउने क्रममा सुमित महर्जन ३५ रनमा पेभेलियन फर्किए पछि केही दवावमा परेको एपीएफलाई कमलसिंह ऐरीले उत्कृष्ट पारी खेल्दै जित दिलाए । ३१ औँ ओभरमा हरिशंकर शाहको बलमा कमलसिंह ऐरीले लगातार दुई छक्का प्रहार गर्दै मधेश प्रदेशलाई दबाब सिर्जना गरेका थिए । ७९ बल अगावै जित हांसिल गरेकोे एपीएफका लागि २१ रन बनाउँदा तेस्रो ओभरमा लोकेश बमलाई १८ रनमा गुमाएको एपीएफले आसिफ शेखलाई पनि उनको ३४ रनमा गुमाएको थियो । कमल गुप्ताले आफ्नो कसिलो बलिङमा कप्तान रोहित पौडेल १८ रनमा, दीपक बोहरा डकआउटको सिकार भए । सुमित महर्जनले ३५ रनको योगदान दिँदै टीमलाई जीतको आधार तयार पारे । अमरसिंह रौतेलाले १६ रन बनाउँदै प्रदीप पासवानको बलमा बोल्डआउट भए ।

मधेश प्रदेशका कमल गुप्ताले १० ओभरमा १ मेडनसहित ४० रन खर्चेर ४ विकेट लिए । प्रदीप पासवानले १ मेडनसहित २८ रन दिएर २ विकेट लिए । रूपेश सिंह र हरिशंकर शाहले १–१ विकेट लिए । यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको मधेश प्रदेशले निर्धारित ५० ओभरको खेलमा ४० दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै १६८ रन बनाएको थियो ।
मधेशले शुरुवात राम्रो गरेपनि मध्यक्रमका ब्याटर क्रिजमा टिक्न नसक्दा एपीएफलाई मध्यम लक्ष्य दिएको थियो । मधेशका कप्तान अनिल कुमार साह र मयन यादवले ३१ रन बनाएर खेलीरहेको बेला भुवन कार्कीको बलमा मयन बोल्ड आउट भएपछि मधेशको विकेट पतन शुरु भएको थियो । यद्यपि, मधेशका पवन सर्राफले पारी उकासेका थिए । ५ छक्का र ८ चौकासहित ७७ रन बनाएर ३४ औं ओभरमा कमलसिंह ऐरीले बोल्ड गर्दै पेभेलियन फर्काएपछि त्यसपछिका ब्याटर एपीएफका बलरको दवावमा खेले । ३४ औँ ओभरमा कमलसिंह ऐेरीले पवन र दिनेश दासलाई आउट गरेपछि एपीएफले विशाल रन हुन रोकेको थियो । मधेसका लागि कप्तान अनिल साहले १७ रन, मयन यादवले ११ रन, रूपेश सिंह र प्रदीप पासवानले समान १०–१० रन बनाउँदा अरू खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । १६८ रनमा समेट्न एपीएफका कमल सिंह ऐरीले १ मेडनसहित ९ ओभरमा ५५ रन खर्चेर महत्वपूर्ण ४ विकेट लिए । यसैगरी, भुवन कार्की, कप्तान रोहित पौडेलले समान २–२ विकेट लिँदा अभिशेष गौतमले १ विकेट लिए । प्रतियोगितामा बलिङ तथा ब्याटिङ अलराउण्डर प्रदर्शन गरेका कमलसिंह ऐरी प्लेयर अफ द म्याच भए ।

नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगितामा ३ विभागीयसहित सात प्रदेशका टीम सहभागी छन् । दाङसहित रूपन्देहीको सिद्धार्थ क्रिकेट रंगशाला र एक्स्ट्राटेक ओभल मैदानमा एकैसाथ शुरु भएको प्रतियोगिताका खेलहरू राउण्ड रोविनका आधारमा भईरहेका छन् । हरेक टीमले एक अर्को टीमसँग खेल्नेछन् । आगामी चैत १६ गतेसम्म चल्ने प्रतियोगिता अन्तरगत दाङमा १४ वटा खेल हुने तालिका रहेको छ । जारी प्रतियोगितामा बिहीबारको जितसँगै एपीएफ क्लब अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने मधेश प्रदेश चौथो स्थानमा छ । शुक्रबार एपिएफ र पुलिस क्लब भिड्ने छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?