© २०२३
सैनामैना, २५ फागुन ।
अभिषेक चर्च रजहर नवलपुरको टिम सैनामैनाको मुर्गियामा भैरहेको सुनगाभा सैनामैना गोल्डकप फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
मुर्गिया फुटवल क्लवको आयोजनामा आईतबार मुर्गिया रंगशालामा भएको पहिलो सेमीफाईनल खेलमा आयोजक मुर्गिया फुटवल क्लवलाई २–० गोलले पराजित गर्दै अभिषेक चर्च रजहर फाईनलमा प्रवेश गरेको हो ।
पहिलो हाफ बराबरी खेलका दुवै टिमले दोश्रो हाफमा भने अभिषेक चर्चले पोष्ट आक्रमण गर्दै गोल गर्ने अवसर धेरै पाएको थियो ।
चारजना विदेशी खेलाडी मैदानमा उतारेको अभिषेक चर्चको रक्षापंक्ति बलियो हुँदा आयोजक मुर्गिया फुटवल क्लवले केही पोष्ट आक्रमणको अवसर पाएपनि गोलमा परिणत हुन सकेनन् ।
अभिषेक चर्चका लागि दुवै निर्णायक गोल जर्सी नं. ९ का खेलाडी मार्टिन्सले गरे । उनी आईतबारको म्यान अफ दि म्याच घोषित भए । सोमबारको दोश्रो सेमीफाईनल खेल महाबीर क्लव काठमाण्डौं र कपिलवस्तु ११ बीच हुनेछ । खेल प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टिमले नगद ७ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र र दोश्रो स्थान हासिल गर्ने टिमले नगद ४ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाईनल फागुन २८ गते हुनेछ ।