ट्रेंडिंग:

>> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना

लमही क्रिकेट मैदानः खेलको चहलपहल बढ्दै

२३ फाल्गुन २०८१, शुक्रबार
२३ फाल्गुन २०८१, शुक्रबार

लमही, २३ फागुन ।
लामो समयदेखि प्रयोगविहीन भै गौचन बनेको लमहीको अन्तर्राष्ट्रिय मापदण्डको क्रिकेट मैदान फेरि सक्रिय बन्दै गएको छ । यू–१९ महिला विश्व एसिया क्वालिफायरको तयारीका लागि भदौ ३० गतेदेखि बन्द प्रशिक्षण भएको थियो । नेपाल क्रिकेट संघ (क्यान) को निर्णयअनुसार, देशभरिबाट करिब ३५ देखि ४० जना महिला खेलाडी प्रशिक्षणमा सहभागी हुनेछन् । यसअघि गत माघमा पनि यहाँ बन्द प्रशिक्षण सम्पन्न भइसकेको थियो । त्यस्तै, आगामी फागुन २५ गते प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता समेत यही मैदानमा आयोजना हुने तय भएको छ । लमहीमा प्रधानमन्त्री कप प्रतियोगिता हुने भएपछि मैदान तयारीको काम तीव्र रूपमा भइरहेको छ । दैनिक १० जना व्यक्तिहरू मैदानको मर्मतमा संलग्न छन् । कोही पानी छर्किरहेका छन् भने कोही पिचलाई सम्याइरहेका छन् । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता फागुन २५ गतेदेखि सुरु हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) ले यो प्रतियोगिता दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान, सिद्धार्थ रंगशाला र तिलोत्तमा एक्स्ट्राटेक ओभल मैदानमा सञ्चालन गर्न लागेको हो ।प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहनेछ । राष्ट्रिय खेलकुद परिषद्को आर्थिक सहयोगमा क्यानले प्रतियोगिता आयोजना गर्दैछ । यसअघि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता लमहीमै सम्पन्न भइसकेको छ ।

प्रतिष्ठित मानिएको यो प्रतियोगिताका लागि देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा तयारी तीव्र पारिएको छ । मैदान सम्याउने, पिच निर्माण, दर्शकदीर्घा व्यवस्थापन, सुरक्षा संरचना मजबुत बनाउने तथा अन्य भौतिक पूर्वाधार मर्मत कार्य तीव्र गतिमा भइरहेको नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष प्रदीप मजगैयाँले जानकारी दिए । ‘खेललाई भव्य बनाउने गरी तयारी भइरहेको छ । अहिले मैदानको मर्मतको काम अन्तिम चरणमा पुगेको छ,’ मजगैयाँले भने, ‘यहाँ हुने खेलले जिल्ला मात्र नभई समग्र देशलाई नयाँ सन्देश दिनेछ ।’लमहीमा क्रिकेट गतिविधि बढेसँगै स्थानीय समुदाय, व्यवसायी, र खेलप्रेमीहरूमा नयाँ आशा जागेको छ। मैदानको पुनः प्रयोगले क्रिकेट पर्यटन लाई प्रवद्र्धन गर्ने तथा स्थानीय अर्थतन्त्रलाई टेवा पु¥याउने अपेक्षा गरिएको छ ।करोडौंको लागतमा निर्माण भएको ५०० दर्शक क्षमताको भीआईपी स्ट्यान्ड, अत्याधुनिक आउटफिल्ड, बाउन्ड्री, क्रिजहरू, साइट स्क्रिन, डगआउट/पविलियन जस्ता संरचना तयार भए पनि हालसम्म नियमित रूपमा प्रयोग हुन सकेको थिएन। स्वामित्वको अन्योलकै कारण मैदान निष्क्रिय बनेको थियो । तर, हालैको निर्णयपछि नियमित खेल तथा प्रशिक्षणको वातावरण बनाउन खेलाडी तथा खेलसँग सम्बद्ध निकायहरूले पहल थालेका छन्। क्रिकेट संघका पदाधिकारीहरूले मैदानलाई खेलाडीमैत्री बनाउँदै निरन्तर प्रतिस्पर्धा आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

लामो समयसम्म सुनसान रहेको यो मैदान अब फेरि खेलाडीको प्रशिक्षण स्थल बन्ने मात्र नभई, नेपाली क्रिकेटमा नयाँ प्रतिभा उदाउने थलोका रूपमा स्थापित हुने विश्वास गरिएको छ। लमही नगर बिकास समितिको १० करोड, खेलकुद बिकास समिति र लमही नगरपालिका २ करोड गरि १२ करोडको लगतमा निर्माण भएको मैदान सुरुमा ६० मिटर रेडियसमारहेको मैदान विस्तार अन्तर्राष्ट्रिय मापदण्डअनुसार ८० मिटरमा पुर्याइएको हो । भने २० देखि २५ हजार दर्शक अट्ने समचना निर्माण भएको नगर बिकास समितिका अबओभरसेय तुल्शी अर्यालले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?