Butwal Today

पाकिस्तानी फुटबलमाथिको प्रतिबन्ध फुकुवा

२० फाल्गुन २०८१, मंगलवार
अ+
अ-

काठमाडौँ

विश्व फुटबल फेडेरेसन (फिफा) ले पाकिस्तानी फुटबलमाथि लगाएको प्रतिबन्ध हटाएको छ। फेब्रुअरी ६ मा लगाइएको प्रतिबन्ध हटाएपछि पाकिस्तान यस महिनाको अन्त्यतिर एसियाली कप छनोटको लागि समयमै अन्तर्राष्ट्रिय फुटबलमा पुन: सामेल हुने भएको छ।

फिफाले आफ्नो संविधानमा गरेको संशोधन सिफारिसलाई अस्वीकार गरेपछि पाकिस्तान फुटबल संघ गत महिना आठ वर्षभन्दा कम समयमा तेस्रो अन्तर्राष्ट्रिय निलम्बनको शिकार भएको थियो।

पाकिस्तान फुटबल फेडेरेसनले गत हप्ता लाहोरमा साधारण सभामा २०२७ एसियाली कपको लागि छनोट प्रतियोगितामा प्रतिस्पर्धा गर्न योग्य हुन समयमै सुधार गर्ने पक्षमा मतदान गरेपछि फिफाले प्रतिबन्ध फुकुवा गरेको हो।

पाकिस्तानले मार्च २५ मा सिरियाविरुद्ध एशियन छनोटको समूह ई अन्तर्गतको खेलमा खेल्नेछ।

पाकिस्तान फुटबल फेडेरेसनले प्रतिबन्ध फुकुवा भएपछि भनेको छ, “हामी फिफा र (एसियाली फुटबल कन्फेडेरेसन) लाई पाकिस्तान फुटबललाई निरन्तर समर्थन गरेकोमा धन्यवाद दिन्छौं र पाकिस्तान फुटबल समुदायलाई हार्दिक बधाई दिन्छौं।”

एएफसीले पहिले २०२७ एसियाली कप छनोटमा भाग लिन अनुमति दिन मार्च ४ सम्ममा प्रतिबन्ध हटाउनु पर्ने जानकारी दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?