ट्रेंडिंग:

>> इन्जिनयर टिम र ग्लोबल आवाजलाई उपाधि >> राष्ट्रियसभाबाट ५ प्रतिस्थापन विधेयक पारित >> मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल दाङमा हुँदै >> रास्वपा केन्द्रीय समिति बैठक सुरु, रवि लामिछानेको नेतृत्वमा दोस्रो बैठक >> रवि लामिछानेले दुई तिहाइको सरकारलाई चुनौती : “मलाई जिउँदै छाड्नु नै मेरो जित हो” >> प्रचण्डले कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे >> पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु >> सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षणपत्र >> राष्ट्रसेवक कर्मचारीको गुणदोष टिप्पणी गर्ने स्थान सदन होइन : प्रधानमन्त्री >> मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा मतदान जारी >> कर्णालीमा हिंसात्मक आक्रमणको ध्यानाकर्षण >> सांसद राणा पक्राउ बारे सभामुख घिमिरेले सदनमा दिए जानकारी >> प्रधानमन्त्री ओली एकीकृत समाजवादीको कार्यालयमा श्रद्धाञ्जली दिन पुगे >> प्रचण्डले बोलाए आफ्नो निजी निवासमा पदाधिकारी बैठक >> बाँकेमा मनाए ईद >> पूर्वराजा ज्ञानेन्द्र शाहलाई कानुनी कारबाहीको दायरामा ल्याउन माओवादी केन्द्रको माग >> राजेन्द्र लिङ्देनले गणतन्त्रवादीलाई भने – तपाईंहरू मादल बजाएर आएको हो? >> झापा, मोरङ र सुनसरीबाट लागुऔषधसहित ६ जना पक्राउ >> कानून निर्माण र कार्यान्वयनबारे लुम्बिनी प्रदेश सभाद्वारा बाँकेका जनप्रतिनिधिसँग छलफल >> लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन् – राष्ट्रिय महिला मोर्चा >> इस्लाम धर्मावलम्बीहरूले मनाए इद पर्व >> ईदमा महिलाको सामुहिक नमाज >> डलरको भाउ स्थिर हुँदा युराे बढ्याे, अन्य मुद्रा कतिमा हुँदैछ कारोबार ? >> तौलिहवामा श्रीराम कथा ज्ञान महायज्ञ >> घरेलुको देवदह बजारमा अनुगमन अखाद्य वस्तु बरामद गरी नष्ट >> गणतन्त्र संस्थागत गर्ने आधारः सुशासन र विकास >> डढेलो नियन्त्रणमा ध्यान जाओस् >> कर्पोरेट फुटसल प्रतियोगिता सुरु, मिडिया कप आज >> जनतालाई प्रश्न गर्ने अधिकार छः गृहमन्त्री >> खानेपानी योजनाको आयु बढाउँदै बागचौर >> नेपाली समाज हिन्दू धर्म संस्कारमा अडिग: पूर्वप्रधानमन्त्री देउवा >> प्रेस सेन्टरको अध्यक्षमा कमल गिरी विजयी >> आज इस्लाम धर्मावलम्बीले ‘ईद उल फित्र’ अर्थात् ईद पर्व मनाउँदै, देशभर सार्वजनिक विदा >> आजको मौसम : यी दुई प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना >> गणतन्त्र पक्षधरको निष्कर्ष : ज्ञानेन्द्र व्यवस्था उल्ट्याउने गतिविधिमा लागे, कारबाही गर्नुपर्छ >> रक्तदाता समाजको कार्यालय उद्घाटन >> मेडिको फयुजनलाई रोटरी भलिबलको उपाधि >> रवीन्द्र र धवलसहित ४१ जनालाई ५ दिन हिरासत राख्न अनुमति >> सोमबार सार्वजनिक बिदा >> निजामती कर्मचारी संगठन कर्णाली प्रदेशको सातबुँदे घोषणापत्र जारी >> तीन वर्षभित्रै भूमिहीनलाई पुर्जा दिनेगरी कार्ययोजना बनाएका छौँ : अध्यक्ष रिजाल >> धनुषामा युवकको हत्याको विरोधमा प्रदर्शन, प्रहरी र स्थानीयबीच झडप >> स्ववियु चुनाव तातियो , मुगुमा एक स्वतन्त्र सहित दुई जना चुनावी मैदानमा >> सेयर बजारमा २९.८२ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो >> रवि लामिछाने भोलि देखि पार्टीको जिम्मेवारीमा फर्कने >> प्रतिनिधिसभा ४ बजेका लागि सर्यो >> पुँजीलाई उत्पादन र आयआर्जनमा नजोड्ने सहकारीहरु बन्द हुन्छन् : अध्यक्ष पाठक >> प्रतिपक्षले संसद अबरोध गर्दा गृहमन्त्रीले चैत १५ को घटनाबारे जानकारी दिन पाउनु भएन: रघुजी पन्त >> राकम कर्णालीमा ५० शैयाको स्याटलाईट अस्पताल बनाईने >> दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउनुपर्ने आवश्यकताः पूर्व राष्ट्रपति भण्डारी
टुडे वार्ता

‘काेहलपुर,राप्तीसोनारी,नरैनापुरकाे समृद्धिको खाका म संग छ ’

२९ कार्तिक २०७९, मंगलवार
२९ कार्तिक २०७९, मंगलवार

बाँके क्षेत्र नं. १ मा नेकपा एमालेका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज सुर्य ढकालले लोकप्रिय एजेण्डा मार्फत मतदाताको मन जित्दै छन् । मतदाताहरु ढकालको आँटेको काम गर्ने र जनताका लागि दिनरात खटिने उनको स्वभावबाट परिचित छन् । ढकालले स्थानीय एजेण्डाको प्राथमिकतामा राप्ती नदी र खहरे खोलाले गर्ने कटान, डुबान नियन्त्रणलाई राखेका छन् । भौतिक विकासका हिसाबले पनि पछि परेको क्षेत्र नम्बर १ का लागि उनले त्यहीअनुसारका एजेण्डाका साथै शिक्षा र स्वास्थ्यमा सुधारका योजनाहरुमा प्रतिबद्धतासहित मत मागिरहेका छन् ।

तपाईलाई जनताले मत किन दिने ?

-म जहिल्यै जनताबीच रहे । अन्यायविरुद्ध खरो बोल्छु,काम गरेकाे छु । विकासका एजेण्डामा जहिल्यै विवादको समाधानको सेतु बन्न भूमिका खेलेकाे छु । राजनीतिलाई जनताका पीरमर्का बुझ्ने, त्यसको समाधानको योजना बनाउने र समाधानको पहल गर्ने साधनका रुपमा लिएको छु। पदमा हुँदा होस् वा नहुँदा, कार्यकर्ता र जनता समस्याबारे चासो लिने नेताका रुपमा बाँकेमा जनताले पहिचान गर्नु भएको छ । स्थलगतरुपमा पुगेर समस्याको वास्तविक अवस्था बुझ्ने गरेकाे छु। विचार र सिद्धान्तमा सदा अडिग छु । त्यसैले जनताले मलाई मत दिनुहुन्छ ।

तपाईंका एजेण्डा के हुन ?

मेराे प्राथमिकता कम विकास भएका ठाउँलाई विकास भएका ठाउँको दाजोमा पु¥याउने र विकास भइसकेका ठाउँलाई थप व्यवस्थित बनाउनेमा केन्द्रित छ । मेराे निर्वाचन क्षेत्रका समस्याग्रस्त र विकास पर्खिरहेका गाउँहरु बेतहनि, होलिया, नरैनापुर, बैजापुर, फत्तेपुरलगायतका ठाउँमा पटकपटक पुगेर त्यहाँको पीरमर्का र आवश्यकता बुझेकाे छु । त्यहाँका नागरिकले पाउनुपर्ने आधारभूत सुविधाको अधिकार प्राप्तिको लडाइँ पहिलो प्राथमिकतामा रहेको छ । नागरिकलाई रोग, भोक र शोकमा राखेर हेरिराख्ने राजनीति मलाई गर्नु छैन । म जहिलै जनताका समस्यामाथि बोल्न चाहन्छुँ । तिनीहरुको समाधानका लागि राजनीति गर्छुँ ।

चुनावमा कस्ता पुर्बाधार विकासका एजेण्डा लिएर मतदातासंग पुग्नुभएको छ ?

मैले यसपटक बाँके क्षेत्र नम्बर १ का जनतासँग त्यसै मत मागिरहेको छैन । मसँग स्पष्ट एजेण्डा र योजना छन् । ती योजना पूरा गर्न मसँग अनुभव र क्षमता पनि छ । हाम्रो पार्टीको राष्ट्रिय लक्ष्य र एजेण्डा त सबैलाई थाहा छँदै छ । म स्थानीयरुपमा पनि स्पष्ट एजेण्डासहित मत मागिरहेको छुँ । स्थानीय एजेण्डाको प्राथमिकतामा राप्ती नदी र खहरे खोलाले गर्ने कटान, डुबान नियन्त्रणलाई राखेका छन् । भौतिक विकासका हिसाबले पनि पछि परेको क्षेत्र नम्बर १ का लागि त्यहीअनुसारका एजेण्डाका साथै शिक्षा र स्वास्थ्यमा सुधारका योजनाहरुमा प्रतिबद्धतासहित मत मागिरहेकाे छु । बाँके क्षेत्र नम्बर १ मा रहेका स्थानीय तहअनुसार मैले अघि सारेका एजेण्डाहरु निम्न छन् ।

राप्तीसोनारी

अगैया, कचनापुर हुँदै कम्दी जोड्ने सडक र कुसुम–खोकरी सडक निर्माण गर्ने । राप्ती नदी, खहरे खोलाले गर्ने कटान, डुबान नियन्त्रणका लागि दीर्घकालीन समाधान हुने गरी कार्य अगाडि बढाउने । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा वन्यजन्तुले गर्ने क्षतिपूर्तिको व्यवस्था गर्ने ९ एक घर २५ लाख जीवन बीमा, एक गोठ आठ लाख पशु बीमाको नीति लागू गर्ने० । शिक्षा, स्वास्थ्य र सडकको स्तरोन्नति गर्दै कृषि आधुकिकीकरण गर्ने । एक घर एक रोजगारको नीति लागू गर्दै र श्रमको सम्मान गर्ने संस्कृति सम्मान गर्ने संस्कृतिको विकास गर्ने ।

नरैनापुर

सिक्टाको पूर्वी नहर समयमै सम्पन्न गर्ने । नरैनापुरदेखि पूर्व–पश्चिम राजमार्ग जोड्ने सडक विस्तार गर्ने । मटेहिया हुँदै बेतहनी जोड्ने राप्ती नदी पुल निर्माण गर्ने । कृषि आधुनिकीकरण गर्ने । शिक्षा, स्वास्थ्य र सडकको स्तरोन्नति नरैनापुरबाट एक घर एक रोजगारको राष्ट्रिय नीति लागू गर्न ।

कोहलपुर

कोहलपुर–चप्परगौडी–खड्गवार–घुइँयाबारी हुँदै सल्यान जोड्ने अन्तरप्रादेशिक पर्यटकीय मार्गको निर्माण गर्ने । क्रिकेट मैदानको निर्माण कार्यलाई तीव्र रूपमा अघि बढाइने । बाल अस्पताल, रंगशाला, नगर भवन, आधुनिक वद्यशाला, आधुनिक बसपार्क, भ्यूटावर, एनिमल रेस्क्यू बोटानिकल पार्कको निर्माण तथा सम्पन्न गर्ने । कोहलपुर रिङरोड निर्माण गर्ने । अव्यवस्थित बसोवासीलाई जग्गाधनी पूर्जा उपलब्ध गराउने । कोहलपुरलाई शैक्षिक क्षेत्रको हबको रूपमा स्थापित गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?