© २०२३
रोल्पा, १५ फागुन ।
रोल्पामा जारी राष्ट्रिय स्तरको भलिवल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हात पारको छ । वुधवार रोल्पा सदरमुकाम लिवाङमा सम्पन्न प्रतियोगितामा त्रिभुवन आर्मी क्लवलाई पराजित गर्दै नेपाल प्रहरी क्लव प्रथम भएको हो ।
पुलिस क्लवले आर्मीलाई ३—१ सेटले पराजित गरेको थियो । प्रतियोगितामा त्रिभुवन आर्मी क्लव द्धितिय र काशी प्रदेश तृतीय भएका थिए । प्रतियोगितामा लुम्विनी प्रदेशले सान्त्वना स्थान हासिल गरेको छ । प्रतियोगितामा ८ वटा टिमले सहभागिता जनाएका थिए । प्रतियोगितामा नेपाल पुलिस क्लव र त्रिभुवन आर्मी क्लवको विभागिय टिमका साथै काशी, मद्येश, वागमती, लुम्विनी र कर्णाली प्रदेशका साथै आयोजक संस्थाको समेत ८ वटा टिम वीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा सशस्त्र प्रहरीको विगभागीय टिम, गण्डकी र सुदुरपश्चिम प्रदेशलाई समेत निमन्त्रणा गरिएकोमा उनीहरूको सहभागिता रहेको थिएन ।
प्रतियोगितामा विजेता नेपाल पुलिस क्लवले ५ लाख नगद सहित सन–स्टार ट्रफी जितेका छन । उपविजेता त्रिभुवन आर्मी क्वलले २ लाख ५० हजार नगद र तेस्रो हुने कोशी प्रदेशले १ लाख रूपैयाँ जितेका छन । सान्त्वना हुने लुम्विनी प्रदेशले नगद ५० हजार हात पारेको छ । उत्कृष्ट खेलाडी, स्पाइकर, ब्लकर, सेटर, डिफेन्डरलगायत विधागत उत्कृष्टलाई पनि नगद पुरस्कार प्रदान गरिएको थियो ।फागुन १० देखि १४ गतेसम्म सदरमुकाम लिवाङमा संचालन भएको प्रतियोगिता पूर्व सभामुख कृष्णवहादुर महराले उद्घाटन गरेका थिए । कार्यक्रममा लुम्विनी प्रदेशका पूर्व मुख्यमन्त्रीद्धय जोखवहादुर महरा र कुलप्रसाद केसी, नेपाल भलिवल संघका केन्द्रीय उपाध्यक्ष भरत विक्रम शाह लगायतको विशिष्ट आतिथ्यता रहेको थियो ।
क्लबको १३ औँ वार्षिकोत्सवको अवसरमा सरकारद्वारा राष्ट्रिय खेलको मान्यता प्रदान गरेको भलिबल प्रतियोगिता आयोजना गर्न लागेको आयोजकको भनाई छ । क्लवले करिब १० वर्षअघि पहिलो संस्करणको रूपमा राष्ट्रिय स्तरको भलिवल प्रतियोगिता आयोजना गरेको थियो । यो उसको दोश्रो संस्करण हो ।
सोही अवसरमा जिल्लास्तरीय खुला महिला भलिबल प्रतियोगिता समेत आयोजना भएको थियो । रोल्पा दश स्थानीय तहका खेलाडी वीच प्रतिस्पर्धा सो प्रतियोगितामा विजेता टिमलाई ५५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । उपविजेता टिमलाई ३५ हजार, तेस्रो हुने टिमलाई १५ हजार र चौंथो हुने टिमलाई १० हजार रूपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो ।
‘रोल्पाको पर्यटन तथा खेलकुद विकासका लागि’ भन्ने नारा दिइएको प्रतियोगिताले जिल्लाको खेलकुद र पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने आयोजकले अपेक्षा गरेका थिए । यस कार्यक्रमबाट रोल्पाको विभिन्न पर्यटकीय क्षेत्रको प्रचार प्रसार भएको क्लवका अध्यक्ष पूर्ण केसी वताए । खेलकुदले होटल व्यवसाय पनि चलायमान भएको छ केसीले भने ।