© २०२३
रोल्पा ।
रोल्पामा भएको राष्ट्रिय स्तरको भलिवल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लवले हात पारको छ । वुधवार रोल्पा सदरमुकाम लिवाङमा सम्पन्न प्रतियोगितामा त्रिभुवन आर्मी क्लवलाई पराजित गर्दै नेपाल प्रहरी क्लव प्रथम भएको हो ।
पुलिस क्लवले आर्मीलाई ३—१ सेटले पराजित गरेको थियो । प्रतियोगितामा त्रिभुवन आर्मी क्लव द्धितिय र काशी प्रदेश तृतीय भएका थिए । प्रतियोगितामा लुम्विनी प्रदेशले सान्त्वना स्थान हासिल गरेको छ । प्रतियोगितामा ८ वटा टिमले सहभागिता जनाएका थिए । प्रतियोगितामा नेपाल पुलिस क्लव र त्रिभुवन आर्मी क्लवको विभागिय टिमका साथै काशी, मद्येश, वागमती, लुम्विनी र कर्णाली प्रदेशका साथै आयोजक संस्थाको समेत ८ वटा टिम वीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा सशस्त्र प्रहरीको विगभागीय टिम, गण्डकी र सुदुरपश्चिम प्रदेशलाई समेत निमन्त्रणा गरिएकोमा उनीहरुको सहभागिता रहेको थिएन ।
प्रतियोगितामा विजेता नेपाल पुलिस क्लवले ५ लाख नगद सहित सन–स्टार ट्रफी जितेका छन । उपविजेता त्रिभुवन आर्मी क्वलले २ लाख ५० हजार नगद र तेस्रो हुने कोशी प्रदेशले १ लाख रुपैयाँ जितेका छन । सान्त्वना हुने लुम्विनी प्रदेशले नगद ५० हजार हात पारेको छ । उत्कृष्ट खेलाडी, स्पाइकर, ब्लकर, सेटर, डिफेन्डरलगायत विधागत उत्कृष्टलाई पनि नगद पुरस्कार प्रदान गरिएको थियो ।
फागुन १० देखि १४ गतेसम्म सदरमुकाम लिवाङमा संचालन भएको प्रतियोगिता पूर्व सभामुख कृष्णवहादुर महराले उद्घाटन गरेका थिए । कार्यक्रममा लुम्विनी प्रदेशका पूर्व मुख्यमन्त्रीद्धय जोखवहादुर महरा र कुलप्रसाद केसी, नेपाल भलिवल संघका केन्द्रीय उपाध्यक्ष भरत विक्रम शाह लगायतको विशिष्ट आतिथ्यता रहेको थियो ।
क्लबको १३ औँ वार्षिकोत्सवको अवसरमा सरकारद्वारा राष्ट्रिय खेलको मान्यता प्रदान गरेको भलिबल प्रतियोगिता आयोजना गर्न लागेको आयोजकको भनाई छ । क्लवले करिब १० वर्षअघि पहिलो संस्करणको रुपमा राष्ट्रिय स्तरको भलिवल प्रतियोगिता आयोजना गरेको थियो । यो उसको दोश्रो संस्करण हो ।
सोही अवसरमा जिल्लास्तरीय खुला महिला भलिबल प्रतियोगिता समेत आयोजना भएको थियो । रोल्पा दश स्थानीय तहका खेलाडी वीच प्रतिस्पर्धा सो प्रतियोगितामा विजेता टिमलाई ५५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । उपविजेता टिमलाई ३५ हजार, तेस्रो हुने टिमलाई १५ हजार र चौंथो हुने टिमलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो ।
‘रोल्पाको पर्यटन तथा खेलकुद विकासका लागि’ भन्ने नारा दिइएको प्रतियोगिताले जिल्लाको खेलकुद र पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने आयोजकले अपेक्षा गरेका थिए । यस कार्यक्रमबाट रोल्पाको विभिन्न पर्यटकीय क्षेत्रको प्रचार प्रसार भएको क्लवका अध्यक्ष पूर्ण केसी वताए । खेलकुदले होटल व्यवसाय पनि चलायमान भएको छ केसीले भने ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी