© २०२३
काठमाण्डौं।
आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगितामा आज बङ्गलादेश र न्युजिल्यान्डबीच रोमाञ्चक खेल हुने छ।समूह ‘ए’ को अन्तर्गत रावलपिन्डी, पाकिस्तानमा हुने यो खेल दिउँसो पौने ३ बजे सुरु हुनेछ। बङ्गलादेशले अघिल्लो खेलमा भारतसँग पराजय भोगेको थियो भने न्युजिल्यान्डले पाकिस्तानलाई हराएर जितेको छ।
च्याम्पियन्स ट्रफीमा सहभागी ८ टोलीहरू २०१९ को एकदिवसीय विश्वकप क्रिकेटका शीर्ष ८ टोलीहरू छन्। समूह ‘ए’ मा बङ्गलादेश, न्युजिल्यान्ड, पाकिस्तान र भारत छन् भने समूह ‘बी’ मा अस्ट्रेलिया, अफगानिस्तान, इङ्गल्यान्ड र दक्षिण अफ्रिका छन्। समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् र फाइनल ९ मार्च (फागुन २५ गते) खेलिनेछ।