© २०२३
मानवीय अधिकारहरू स्थापित गराउन यो देशका असंख्य ज्ञात अज्ञात मृत जीवित शहिदहरूले गरेको त्याग तपस्या र विलदानीले उघारेको प्रजातन्त्रको सुनौलो ढोकाले आज ७४ वसन्त पार गरिसकेको छ । तर, यो सुनौलो ढोकाबाट छिरेका नर्ककुण्डका भाइरसहरूले प्रजातन्त्रलाई नै सेफ्टीटंकीमा परिणत गरिदिए । जसका कारण आज देशको हालत सात सालअघि जस्तो थियो, अहिलेपनि तात्विक रूपमा केही अन्तर रहेन । अझ राष्ट्रियता लगायत कतिपय सवालहरूमा त मुलुक सात सालभन्दापनि अझै प्रतिगमनतिर ओरालो लाग्दै गरेको अवस्था छ । सात सालले हामीलाई प्रजातन्त्र दिलाएकै हो । स्वतन्त्रता, मुक्ति, मानवीयता र सही अर्थमा राष्ट्रियताको बोध गराएको पनि हो । हर नेपालीको मन मन्दिरमा राष्ट्रियताको प्रेमका नाराहरू नबजाएको होइन । हर नेपालीको दैलोदैलोमा नपालीत्व भावको मूल पनि पु¥याएकै हो । नेपाल माताका सच्चा सपुतहरूले हामीलाई कर्तव्य, सत्य, न्याय र आदर्शपथमा निरन्तर, अविचलित र अविश्रान्त यात्रीका रूपमा स्थापित गराउने लक्ष नलिएको पनि होइन तर अहिले पछाडि फर्केर इतिहासको सिंहावलोकन गर्दा ती सबै वास्तविकताहरू अहिले एकादेशको कथा वनेका छन्, धिक्कार छ मुर्कटाहरूलाई जिम्मेवारीबाट पन्छिने अधर्मीहरूलाई । प्रिय पाठक । सात सालले हामीलाई प्रजातन्त्र एक नारामात्रै होइन उदार पद्धति हो भन्ने शिक्षा दिएको हो । हामीले यो शिक्षाबाट के सिक्यौं ? नेताहरूले सत्ता र शक्तिको दुरूपयोग गरी मनपरि गर्न र कार्यकर्ताले आफूलाई तिनै नेताहरूको कमारोको तहमा गिराइदिने अनि नेताले फालिदिएको २÷४ मासुका टुव्रmामा रमाई देशलाई चटक्क विर्सन के सात फागुनले हामीलाई दिएको सन्देश यही हो ? आज सबै नेपालीले यस प्रश्नको उत्तर खोज्ने परेको छ । प्रजातन्त्र जनताको सबै मौलिक हकहरूको संरक्षण हुने व्यवस्था हो तर यहाँ त सबै नेताका हकहरूको संरक्षण हुने व्यवस्था भन्ने भाष्य निर्माण भयो । नेपालको वर्तमान व्यवस्था र यस अन्तर्गतका शासकहरू मात्र होइन झोलेहरूमा समेत आफ्नो देश लुट्न र जनता र देशलाई टाट पल्टाउनकै लागि भएको हो भन्ने जुन लुट र घिच संस्कुतिको निर्माण गरे गराए त्यो संस्कारलाई गलत सावित गराउनुपर्दछ । फेरि अर्को सात फागुनको तीब्र प्रतिक्षामा छ देश । जनताहरू उग्र छन् । त्यो दिनको पर्खाइमा छन । यसै मेसोमा मैले आज कवि गोपालप्रसाद रिमालको सात साल सम्झाउने कविताको एक टुव्रmा सम्झना आयो ।
आमा त्यो आउँछ र ?
हो, त्यो आउँछ हुरी बनेर आउँछ ।
सत्तामा रमाउनेहरू त सत्ताको चास्नीमा डुब्न पाउँदा कर्तव्यबोधको अभाव रहनु त्यति अस्वभाविक नहोला तर आलोचात्मक चेत नभएका झोलेहरू समेत उनीहरूको कमरागिरीमा तँछाड मछाड गरेर दौड लगाउने प्रवृत्ति सात सालदेखि अहिलेसम्म नेपाली समाजमा जो व्याप्त छ, यो नै सात सालको भावनालाई व्यंग्य गर्ने दुष्ट निन्दनीय र घृणायोग्य हर्कतको खेती विस्तार हो । धिक्कार छ यी हरकतहरूलाई । प्रजातन्त्र, लोकतन्त्र, जनवाद, वहुदलीय जनवाद, समाजवाद, प्रजातान्त्रिक समाजवाद ठूला दलहरूका चुनावी घोषणापत्रलाई सिंगारपटार गर्ने श्रृंगारका वस्तुहरू सिद्ध भएका छन् । आकास छुन लागेका सत्तासीनहरूका भ्रष्टाचारका चाङका चाङ फाइलहरू यसैका सटीक प्रमाण हुन तर छानविन ह्ुदैन । फाइलहरू खुल्दैनन् न काम हुन्छ न विरोध हुन्छ । मुलुक यस्तो स्थितिमा फँसेपछि देशले स्वतन्त्र एवं आत्मनिर्भर अर्थतन्त्रको विकास हुन्छ भन्नु के मृग मरिचिका होइन र ? क्नैपनि देशले आफ्नो अर्थव्यवस्थालाई माथि उकास्न सर्वप्रथम स्वच्छ राजनीतिको विकास हुनुपर्दछ । स्वस्थ राजनीतिले स्वस्थ्य अर्थनीति दिन्छ । यसका साथै स्वास्थ्य प्रशासनपनि दिन्छ । जहाँ स्वास्थ्य प्रशासनिक संयंन्त्र छ, त्यहाँको सामाजिक परिवेश पनि स्वस्थ्य, शुद्ध र सर्वाजन हितकारी हुन्छ । तर, सात सालदेखि अहिलेसम्मको अनुभवले के सिद्ध गरेको छ भने राजनीति नै अस्वस्थ प्रतिस्पर्धाबाट विकसित हुदै जाँदा अहिले देश यो डरलाग्दो अवस्थामा गाडिएको हो । उसो भएप्रश्न उठ्छ– के हाम्रो देश अब यी बिसंगतिको दलदलहरूको मासबाट माथि उठ्न संभव छ ? हो संभव र असंभव हाम्रो नै हातमा छ । हाम्रै हातमा छ संभव र असंभव । हामी सच्चियौं भने सबै कुरा सम्भव छ । हामी नै कमाराकमारी, दास, स्वार्थी, व्यक्तिवादी, लोभी, लालची। लम्पट लफंगा बनिरह्यौ भने यो देश आउदो सय वर्षसम्म पनि यस्तै दक्षदलमा फसिरहेको अवस्थाबाट निकास पाउन संभव हुदैन । देश विगार्ने पनि हामी हौं र देश वनाउने पनि हामी नै हो । आजसम्म देशलाई विगा¥यौ । कमसेकम नविगारौं स्वार्थका आँखा वन्द गरेर अब चेतनाका आँखा हाम्रो राजनीति सच्चिन कर लाग्दा हाम्रा नेताहरू सच्चिन वाध्य हुन्छन् । राजनीति सच्चियो भने प्रशासन सच्चिन कर लाग्छ । प्रशासन सच्चिएपछि अर्थनीति सच्चिन्छ । अर्थनीति सच्चिएपछि देशको अर्थव्यवस्थामा सुधार आउँछ । अर्थव्यवस्थाको सुधारले राष्ट्रिय अर्थतन्त्रमा सुधारको ढाँका खोलिदिन्छ । यसले परनिर्भरता हटाई आत्मनिर्भरताका आयामहरू फराकिलो वनाइदिन्छ । राष्ट्रिय आत्मनिर्भरता नै राष्ट्रिय स्वाभिमानको दैलो हो । यसलाई बुझौं । मनन गरौं । अझपनि हामीले यसलाई मनन गरेनौं भने नेपाल निकट भविष्यमै आर्थिक दिवालियापनमा जाने निश्चित छ । यदि हामीले आफ्नो देशलाई आर्थिक दिवालियापनबाट जोगाउने हो भने हामी सबै इमान्दार प्रयत्न गरेर शहीदहरूको त्याग तपस्या र वलिदानलाई सम्मान गरौं ।
हो हामीले देशलाई एक किसिमको जहानियाँ शासनको बाँध फुत्काएको ७४ वर्ष पुग्यो । तर नेतातन्त्रको पञ्जाबाट फुत्काउन अझै सकेनौं । प्रकारान्तरले हामी एउटै परिधिमा रिँगिरहेका छौं । भोक, रोग, गरिवी, सत्ता र शक्तिको दुरूपयोग, अन्याय, अत्याचार, शोषण, दमन, विभेद जस्ता उनै सर्कलमा अझैसम्म पनि रिगाइएका छौं । यसलाई ब्रेक थु गर्नु अवको कर्तव्य हो । सातसालको सन्देशले हामीलाई यही भन्छ । राष्ट्रको सार्वभौंमिकता, राष्ट्रिय अखण्डता, राष्ट्रियता, नेपाली मौलिकता, नेपाली विशिष्टताको सुरक्षाको लागि सात सालको प्रगाढ भावनालाई सबैले मनन गरेको भए देश बुझ्ने छौं । देशको महत्व र लोकतन्त्रको महत्तालाई आत्मसम्मान गर्न सकेका हुनेछैनौं । अन्यथा देश वर्वाद भयो । देश नरहन सक्ने अवस्था जान लाग्यो । देशलाई जोगाउनु हामी सबैको कर्तव्य हो । तसर्थ देशभक्ति, लोकतान्त्रिक चेतना, कर्तव्यवोधको भावना, नैतिक शिक्षा, अनि कर्मठताका गुणहरू अगालेर हामी सबै कर्तव्यपथमा लागौं । आजको देशको वर्तमान दुराअवस्थामा माथिका सर्तहरू अनिवार्य छन । आजसम्म प्रजातन्त्र अथवा लोकतन्त्रको ढाल बोकेर देश र जनतालाई लुट्ने फटाहाहरूले जे जति भ्रम छरे छरिसके अबपनि उस्तै भ्रम छरेर आफ्ना लुटधन्दा चलाउन नसकून् । अव प्रजातन्त्र र जनअधिकार पूर्ण वहाली हुनैपर्दछ । प्रजातन्त्र र जनअधिकारको पूर्ण वहालीका लागि सबै देशवासीहरू एक ढिक्का वनेर उभिनैपर्दछ । यसको निम्ति हरेक राजनीतिक कार्यकर्ता, नेताका झोले नवनेर स्वाभिमानी नागरिक वनी असल नियत र पवित्र भावनाले देशको सेवा र लोकतन्त्रको संरक्षणमा जुट्नु परेको छ । सात फागुनको मर्मले हामीलाई यही सद्बुद्धि देओस् ।