© २०२३
बुटवल, २३ माघ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले नियम विपरित सवारी चलाउनेहरूलाई धमाधम कारबाही सुरु गरेको छ । यात्रु क्षमता भन्दा धेरै यात्रु बोक्ने गाडीमा सिट थप्ने निजी सवारीले नियम विपरित यात्रु बोक्ने गरेको गुनासो आएपछि चेकजाँचमा कडाई गरेको हो ।बुटवल आसपासबाट क्षमता भन्दा धेरै यात्रु राख्ने, गाडीमा सिट जोडेर यात्रु थप्ने ३ सय १७ सवारी साधनलाई कारबाही गरीएको ट्राफीक प्रहरीले जनाएको छ । चेकजाँचमा नियम विपरित सन्चालन भएका गाडीहरूलाई कार्यालयमा लगेर दुरुस्त बनाउन लगाउने र जरीवाना गरेर छाडने गरेको छ । ट्राफीक प्रहरी कार्यालय बुटवलले गएको एक दिन मोडिफाई गरेका मोटरसाईकल २ वटा रातो नम्बर पिलेट भएका निजी गाडी ८ वटा नियम विपरित गाडीमा सिट क्षमता बढाएर यात्रु बोक्ने गरेका सवारी ६ वटालाई सवारी एन अनुसार कारवाही गरीएको राजमार्ग सुरक्षा तथा ट्राफीक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीले बताए ।
छड्के चेकजाँच गर्दा नियम विपरीत रातो नम्बर पिलेटका गाडीहरूले यात्रु बोकेको फेला परेको सावजनिक सवारी साधनमा सिट क्षमता भन्दा धेरै यात्रु राखेको गाडीमा सिट थपेका गाडीको नम्बर नै गलत राखेर सन्चालन भएका गाडीहरु फेला परेको प्रमुख खत्रीले बताए । यसले दुर्घटनाको जोखिम समेत बढाएको उनको भनाइ छ । सवारी नियम विपरित सन्चालन भएका विभिन्न किसिमका गाडीहरू मोटरसाईकलहरू लाई जनही १० हजारका दरले, नम्बर गलत राखेर चलाउने गाडीलाई २५ हजार यातायात व्यवस्थापन कार्यालय सवारी बुटवल पठाएर जरीवाना गरिएको बताए ।
सिट थप गरेका गाडीहरूलाई सिट हटाएर र मोडिफाई गरेका मोटरसाईकलहरूलाई दुरुस्त बनाएर पठाउने गरेको प्रहरी प्रमुख खत्रीको भनाई छ । नियम विपरित सन्चालनमा रहेका सवारीसाधनले दुर्घटना निम्ताउने भएकाले छड्के चेकजाँचलाई थप कडाई गरिएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेले बताए । पड्काउने मोटरसाईकल र नियम विपरित सिट थप गरेर क्षेमता भन्दा बढी यात्रु राख्ने लाई पहिलो पटक १० हजार जरीवाना गरीएको उनको भनाइ छ ।