ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

‘नक्कली शिक्षक’ को नाममा तलब भत्ता !

प्रधानाध्यापक, विद्यालयक लेखा सहायक,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सदस्यहरू विरुद्ध अख्तियारमा मुद्दा दायर गरिएको छ ।
२३ माघ २०८१, बुधबार
२३ माघ २०८१, बुधबार

बुटवल, २३ माघ ।
गुल्मी जिल्लाको एक सामुदायिक विद्यालयमा विद्यालयमा नै उपस्थिति नभएका शिक्षकको नाममा तलब भत्ता बुझेको भन्दै अख्तियारमा मुद्दा दर्ता भएको छ । गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिका वडा नम्बर १ मा रहेको देउराली माध्यमिक विद्यालयका शिक्षक छनौटको कुनै कानूनी प्रक्रिया पूरा गरिएको थिएन । बेपत्ता रहेको भनिएको व्यक्तिको शैक्षिक प्रमाणपत्र दुरूपयोग गरी नियुक्ति दिने कार्य गरेको, निजको नाममा नक्कली कागजात बनाई नियुक्ति पत्र, हाजिरी भएको पत्र, हाजिरी विवरण बनाई हाजिरी प्रमाणितगरी तलब भत्ता एकमुष्ट लिइएको पाइएको हो ।
नक्कली कागजपत्र बनाएर कालिगण्डकी गाउँपालिका गुल्मीमा पेश गरी गैरकानूनी रूपमा विद्यालयमा अनुपस्थित शिक्षकको नाममा पारिश्रमिक रकम निकासा गराई बार्षिक एकमुष्ठ तलब बुझेको झुट्टा फर्जी लिखत तथा भरपाई तयार गरिएको थियो । यसरी गैरकानुनी फर्जि कार्य गरेको जानकारी पाएपछि अख्तियार मुद्दा दायर गरेको छ । अख्तियार द्धारा जारी विज्ञप्तीमा उक्त कार्य गर्दा लेखापरीक्षणसमेत समेत नक्कली रूपमा गरेको अरोप समेत लागाइएको छ ।
अख्तियार अनुसन्धान दुरूपयोगका प्रवक्ता नरहरी घिमिरेका अनुसार उक्त विद्यालयमा माध्यमिक तह (कक्षा ९–१०) को अङ्ग्रेजी, गणित वा विज्ञान विषयको शिक्षण सिकाई अनुदान कार्यक्रम अन्तर्गतको रिक्त शिक्षक पदमा नक्कली शिक्षक खडा गरी उसैको नाममा फर्जि कागजपत्र बनाएर एक मुष्ट तलव बुझेको उल्लेख छ ।

यद्यपी यो घटना आर्थिक बर्ष ७८/७९ को हो । घटना भएको ३ बर्ष पछि अख्तियारले मुद्धा दायर गरेको छ । अख्तियारले दायर गरेको मुद्धामा तत्कालिन व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र प्रसाद सापकोटासँग ८ लाख ८७ हजार ८ सय ८० रूपैयाँ विगो रकम समेत माग गरिएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को (ङ) र दफा ९ बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो वमोजिम जरिवाना सजाय हुन र सोही ऐनको दफा ९ बमोजिम कैद र जरिवानासमेत सजाय हुन मागदावी लिइएको प्रवक्ता घिमिरेले जानकारी दिए ।
यस्तै तत्कालिन विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका सदस्य सचिव समेत रहेका मित्रलाल पाण्डे, विद्यालयक लेखा सहायक कर्मचारी प्रेम नारायण पाण्डे, विद्यालय व्यवस्थापन समितिका तत्कालीन सदस्यहरू वेदबहादुर राना मगर, लक्ष्मी भण्डारी न्यौपाने, पदमपानी पाण्डे, सरस्वती पाण्डे, ईश्वरा दर्लामी र बलबहादुर न्यौपाने विरुद्ध मुद्धा दायर गरिएको हो । सबै बाट विगो रकम ८ लाख ८७ हजार ८ सय ८० रूपैयाँ विगो रकम समेत माग गरिएको छ ।

यता, कालिगण्डकी गाउँपालिका शिक्षा शाखा प्रमुख अग्निधर पराजुलीका अनुसार यो घटना आर्थिक बर्ष ७८/७९ को हो । सोही विद्यालयका निमावि राहत मा अध्यापन गराउँदै आएका शिक्षक अन्यत्र गएपनि उक्त शिक्षकको डकुमेन्ट(कागजपत्र) प्रयोग गरेर विद्यालयले पेश गरेको कागज पत्रको आधारमा संघीय अनुदानमा पालिकाबाट भुक्तानी भएको शिक्षा शाखा प्रमुख पराजुली बताउँछन् ।कार्यविधि अनुसार बार्षिक एकमुष्ट रकम भुक्तानी गर्ने अनुसार रकम पालिकाबाट भुक्तानी भएको उनको भनाई छ । बुटवल टुडे संगको कुराकानीमा उनले भने–‘कोरोना कालमा थियो, उहाँहरूले ल्याएको डकुमेन्टको आधारमा पालिकाले भुक्तानी दिएको थियो, तर पछि छानविन गर्दै जाँदा फर्जि रहेछ, हामी पहिला पनि सचेत गराउने, आगामी दिनमा गल्त नगर्ने गरी सचेत समेत गराएका थियौं ।’

यो घटना सार्वजनिक भएपपछि पालिकाले उक्त रकम विद्यालयबाट फिर्ता समेत गराईसकेको शिक्षा प्रमुख पराजुलीको भनाइ छ । यो विषयमा पालिकाले सबै रकम फिर्ता गराएर पालिकाको खातामा जम्मा गरेको भैचर समेत अख्तियारमा पठाएको शिक्षा प्रमुख पराजुलीको भनाइ छ । तर अख्तियारले आफ्नो नियमित कार्य अनुसार अहिले आएर मुद्दा दायर भएको सूचना प्राप्त भएको जानकारी आफूले पाएको बताए ।देउराली माध्यामिक विद्यालयका तत्कालीन प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका तत्कालीन सदस्य सचिव मित्रलाल पाण्डे अहिले सेवा निवृत्त भैसकेका छन् । कालिगण्डकी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष लालुप्रसाद पाण्डेका अनुसार वि.स. २०७७/७८ को बेला संघीय अनुदानबाट एक जना शिक्षकको नाममा तलव लिने र स्थानीय रूपमा २, ३ जना शिक्षक विद्यालय स्रोत बाट राखेर त्यहीँबाट तलव खुवाउने गरी काम भएको भन्ने जानकारी आफुले पाएको जानकारी दिए । आफु त्यो समयमा जनप्रतिनीधी नभएको र आफू बाहिर भएको कारण पनि यो विषयमा थप जानकारी आफूसँग नभएको वडा अध्यक्ष पाण्डेको भनाई छ । वडा अध्यक्ष पाण्डेयले बुटवल टुडे संगको कुराकानीमा यो विषयमा घटना सार्वजनिक भएपछि आफू जननिर्वाचित प्रतिनिधिको रूपमा वडामा आएपछि ७९ सालतिर विद्यालयबाट रक्त रकम अशुल उपर गरी पालिकाको खातामा जम्मा गराएको समेत जानकारी दिए । उनले भने–‘यो विषयमा घटना सर्वाजनिक भएपछि हामी जनप्रतिनिधी भएर आएपछि तलब भत्ता बापत गएको रकम सबै फिर्ता गराएर जम्मा गरेका हौं, अहिले मुद्दा दायर भएको रहेछ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?