ट्रेंडिंग:

>> चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बुद्ध आर्दश माविलाई >> रसायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न प्रधानमन्त्रीको निर्देशन >> चापागाईलाई अत्याधिक मतले पराजित गर्दै बाबुराम भट्टराई अध्यक्ष निर्वाचित >> मुस्लिम संघमा नेतृत्व चयनको विवादले मध्यरातमा भागाभाग, अनिश्चितकालका लागि स्थगित >> त्रिवि मैदानमा अन्तर्राष्ट्रिय मापदण्डको फ्लडलाइट र प्यारापिट बनाउन बोलपत्र स्वीकृत >> ट्रम्प र पुटिनबीच साउदी अरबमा युक्रेनको विषयमा शान्ति वार्ता हुने >> सुनसहित दुई भारतीय नागरिक पक्राउ >> सुरु भयो बबरमहलमा फुटेको मेलम्ची खानेपानीको पाइप मर्मतको काम >> निजी क्षेत्रको लगानी संरक्षण हुने गरी विद्युत् विधेयक पारित गर्न माग >> प्रचण्डद्वारा गुल्मीमा हेलिप्याड र पिस पार्कको उद्घाटन >> गैंडहवामा महिलाहरुका लागि होमस्टे सञ्चालन तालिम >> फागुन महिनाभर नसर्ने रोगविरुद्धको स्क्रिनिङ अभियान सञ्चालन गरिने >> `कर्मा´को फस्ट लुक सार्वजनिक >> भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमणका लागि अमेरिकामा >> काठमाडौँको साँखुमा स्कुल बस दुर्घटना: ३ जनाको मृत्युसमेत, २७ जना घाइते >> जिल्ला प्रहरी कार्यलय रुपन्देहीमा निशुल्क स्वास्थ्य परीक्षण, दुई सय प्रहरी लाभान्वित >> लायन्स क्लव अफ बुटवल सयपत्रीको एक दिने खाना महोत्सव सम्पन्न >> सुनको भाउ दिन प्रतिदिन आकासिदै, आज २३ सय रुपैयाँले बढ्यो >> जनयुद्दको प्रेरणा सयौं वर्षसम्म रहिरहनेछ: प्रचण्ड >> उद्यमी महिलाका उत्पादन प्रोत्साहन गरौँ : पूर्वमन्त्री केसी >> पश्चिमी वायुको आंशिक प्रभाव : एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना >> जनयुद्ध दिवसका नाममा बिदा नदिन सर्वोच्चको अर्को आदेश >> प्रविधिको बाढीमाथि रेडियो जोगाउने चिन्ता >> के बुटवल नुन व्यापारले बनेको शहर हो ? >> रानीमहलमा दुई मुख्यमन्त्रीको ‘समृद्धि प्रेम’ >> स्वर्गद्वारी गुठी आन्दोलनः मोही किसानको न्याय खोजी राजधानीसम्म >> तीन मिठाई पसललाई ६० हजार जरिवाना >> फेब्रुअरी महिनाः आयोडिन नुनको महिना >> मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकपः विदेशी टिमसहित आठ टोली भिड्ने >> मन्त्रीले गरे दूरसञ्चार प्राधिकरणका निर्देशक घिमिरेको प्रशंसा >> रानीमहलमा लुम्बिनी र गण्डकीको समन्वयात्मक बैंठक >> ग्रीस पठाइदिन्छु भन्दै ६ लाख ४० हजार ठगी, महिला पक्राउ >> मिलनको ह्याट्रिकमा आयोजक लखन विजयी >> क्याननको रजत महोत्सव >> यी हुन प्लेब्वाईमा एडल्ट फोटो सुट गर्ने पहिलो भारतीय नायिका >> अष्ट्रेलियाको सात शहरमा नेपथ्य >> चिकित्सा शिक्षा आयोगको बैठकः मेडिकल कलेजमा विदेशी विद्यार्थीको सङ्ख्या बढाउन जोड >> ‘नो केबलकार’ आन्दोलनकारीलाई फेरि वार्तामा आउन आह्वान >> पत्रकारिता र सञ्चारः उहिले र अहिले >> फागुनका लागि ग्लोबल आइएमईबाहेक अरु बैंकको ब्याजदर स्थिर >> सुनको भाउ तोलामा दुई हजार सात सय रुपैयाँले घट्यो >> ‘सनम तेरी कसम’काे पुनः रिलिजकाे ४ दिनमै दोब्बर कमाइ, सिक्वेल पनि बन्ने >> च्याम्पियन्स लिग: सिटीको मैदानमा रियलको रोमाञ्चक जित >> खसीको अण्डकोष टाँसेर बाख्राको मासु बेच्ने अन्सारी पक्राउ >> आगो ताप्ने क्रममा जलेर गुल्मीमा एक जनाको मृत्यु >> युरोप जान्छ झापाका सुपारीको पातका बटुका >> अचम्मको छ मेरो समाज ! >> बुद्धको मानवतावादी शिक्षा >> भ्रष्टाचार सूचकांकले बढाएको चिन्ता >> ‘सामाजिक सञ्जाल नियमन गरौं’

एनआरएनए स्वीडेनद्वारा अटिजम केयर सेन्टरलाई आर्थिक सहयोग

११ माघ २०८१, शुक्रबार
११ माघ २०८१, शुक्रबार

काठमाडौं ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, स्वीडेनले अटिजम केयर सेन्टरलाई आर्थिक सहयोग गरेको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ बलम्बुमा महिला उत्प्रेरणा विकास मञ्चद्धारा सञ्चालित अटिजम, बौद्धिक अपांगता केयर सेन्टरलाई एनआरएनए स्वीडेनले आर्थिक सहयोग गरेको हो ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, स्वीडेनका कोषाध्यक्ष सुवासचन्द्र घिमिरेले दुई हजार पचाँस युरो (अनुमानित नेपाली रुपैयाँ दुई लाख ९५ हजार) बैंक मार्फत अटिजम केयर सेन्टरलाई हस्तान्तरण गरेको जानकारी दिए ।

“एक एनसीसी एक च्यारिटी” परियोजना मार्फत एनआरएनए एनसीसी स्वीडेनले नेपालमा अटिजम भएका बालबालिकाको क्षेत्रमा काम गरिरहेको संस्थालाई सहयोग गरेको हो । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, स्वीडेनका अध्यक्ष गंगाप्रसाद घिमिरेले नेपालका गरिब, असहाय, अनाथ तथा अपाङ्गता बालबालिकाहरुको शिक्षा तथा व्यक्तित्व बृद्धिका लागि सहयोग गरेको बताए । अध्यक्ष घिमिरेले अटिजमको समस्या विश्वभर रहेको र अझै नेपाल सरकारको सहयोग अटिजमको क्षेत्रमा अत्यन्त नगन्य मात्रामा भएको मुलुकमा थप समस्या रहेकाले अटिजमको क्षेत्रमा जुटेको संस्थालाई केही हदसम्म भएपनि सहयोग तथा हौसला प्रदान होस् भनेर सहयोग गरेको बताए ।

त्यसैगरी गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, स्वीडेनका महासचिब राजेन्द्र तामाङले एनसीसी स्वीडेनको कुनै पनि नियमित आयस्रोत नहुदाँ नहुदै पनि मातृभुमी प्रतिको माया, आस्था तथा अटिजम भएका बालबालिकालाई थोरै भएपनि सिकाई प्रक्रियामा गुणस्तरीयता बृद्धि तथा दैनिक हेरचाहमा सहजता होस् भन्ने उद्देस्यले अटिजम भएका बालबालिकाको क्षेत्रमा काम गरेका संस्थालाई सहयोग गरेको बताए ।

विदेशमा रहेर पनि स्वदेशमा मानवीय सेवाको क्षेत्रमा काम गरीरहेका संघसंस्था, व्यक्ति तथा समुदायलाई गैर आवासीय नेपाली संघले सहयोग गर्दै आएका छन् । राष्ट्रिय समन्वय परिषद, स्वीडेनले अटिजम भएका बालबालिकाको उज्ज्वल भविष्यको कामना गर्दै उनीहरुको दैनिक व्यवहारिक सिकाई प्रक्रिया तथा शिक्षण कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

महिला उत्प्रेरणा विकास मञ्चमा आवद्ध महिला सदस्यहरुले फजुल खर्च जम्मा गरी अटिजम भएका बालबालिकाहरुको हेरचाह तथा शिक्षण सिकाई प्रक्रियामा सहयोग होस भनेर सञ्चालन गरेको अटिजम केयर सेन्टरलाई विश्वास गरी एनसीसी राष्ट्रिय समन्वय परिषद, स्वीडेनले सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेको छ ।

संस्थाकी अध्यक्ष गीता कुमारी घिमिरेले आफुहरुले प्राप्त गरेको रकमबाट अभिभावक तथा शिक्षक/शिक्षिकाहरुका लागि तालिम सञ्चालन गर्ने, बालबालिकाको दैनिक व्यवहार सिकाई प्रक्रियामा आवश्यक पर्ने शैक्षिक एवम् थेरापी सामान व्यवस्थापनमा खर्च हुने बताइन्।

यस सेन्टरमा अहिले विभिन्न जिल्लाका १५ जना अटिजिम बालबालिका सिकाई प्रक्रियामा रहेका छन् । अटिजम केयर सेन्टरमा सबै अटिटिस्टक अभिभावकबाट सिकाई प्रक्रिया हुने गरेको संस्थाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?