© २०२३
लुम्बिनी, २६ कात्तिक ।
टाउकोमा कलात्मक हेड ड्रेस । घाँटीमा चित्ताकर्षक माला । कुममा आम गार्ड । हत्केलामा कल्ला । उस्तै आकर्षक पेटी । परम्परागत र कलात्मक पहिरन । नेपाली परिवेशभन्दा फरक पहिरनको सजावटमा सजिएर नाचेका नर्तकी र बाजाले सबैको ध्यान तानेको थियो । श्रीलंकाली कलाकारको कला लुम्बिनी आउने स्वदेशी विदेशी पर्यटकले हेरेर मोहित बनेका थिए । झण्डै दुई घण्टा श्रीलंकाको क्याण्डीयन डान्स बुद्ध जन्मस्थल लुम्बिनीमा देखाईएकोछ । नेपाली भूमिमा श्रीलंकाको प्राचीन नाच हेर्न र बाजाको धुन सुन्न पर्यटकहरु मन्त्रमुग्ध बनेका थिए ।
नवमैंत्री महाविहारद्वारा कठिन चिबर दान उत्सवमा उनीहरु शान्ति, करुणा र सद्भाव मूलक क्यान्डियन नृत्य देखाएका थिए । महाविहारद्वारा निकालिएको शोभायात्रामा नृत्य र बाजा सबैको आकर्षण बनेको थियो । शुभ मानिने बाजा र ना“चलाई अघि लगाउदै शोभायात्रा मायादेवी मन्दिर दर्शन गर्न पुगेको थियो । झण्डै दुई किलोमिटरसम्म नाच्दै, अभिवादन गर्दै कलाकार टोली कला देखाएको थियो ।
बाजाको ध्वनि र तरंगले पवित्र लुम्बिनी उद्यान गुन्जायमान भयो । बाजा सुन्ने सबै मन्त्रमुग्ध बने । राजकुमार सिद्धार्थ लुम्बिनीमा जन्मेपछि नवजात शिशुलाई राजदरवार प्राचीन कपिलवस्तुबाट बाजागाजा सहित लावालस्करले लिन आएको दृष्य भन्दा कम थिएन् । त्यही भएर हेर्न भीड ओईरिएको थियो । लुम्बिनी घुम्न आएको बेला श्रीलंकाली नाच हेर्न पाउँदा निक्कै आनन्दित बने । डोटीको बडी केदारबाट आएका हरिसिंह विष्टले भने नेपालमै श्रीलंका घुमेको जस्तो अनुभव भयो । लुम्बिनी घुम्न आएका हा“स्य कलाकार राजाराज पौडेलले पनि निक्कै चाख दिएर हेरेरका थिए ।
सात जनाको टोली श्रीलंकाबाटै नृत्य प्रस्तुत गर्न लुम्बिनी आएको हो । श्रीलंकाका कोरियोग्राफर तथा पत्रकार नलिन मालीगास्पेको नेतृत्वमा रहेको टोलीमा कथकली डान्समा विद्यावारिधी गर्दै गरेकीदेखि नृत्यकला विषयमा कलेज अध्ययन गरिरहेका विद्यार्थीसम्म छन् । दुई जनाले ड्रम बजाउथे । दुई पुरुष अघि र तीन महिनाले नृत्य देखाउथे । उनीहरु हिडदै नाच्दै हिडेका थिए ।
बाजाको धुन सुन्दा शान्ति र बुद्धको अनुयाई लठ्ठ परे । गीतको भाव शान्ति, करुणा, मैत्री र मुदितामुखी थियो । श्रीलंकामा यस्को निक्कै महत्व छ । यो नबजाई बुद्धसंग संबन्धित पुजाअजा गर्दा त्यत्ती राम्रो हुन्न् भन्ने मान्यता छ । त्यही भएर जसरी पनि यो बाजा बजाउने चलन छ ।
‘भगवान गौतमबुद्धको मृत्यु ह“ुदा देवलोकबाट यही बाजा बजाएर स्वागत गरेको जनविश्वास छ’ लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक श्रीवजिर प्रेमले भने, ‘त्यही भएर श्रीलंकामा यो नाच र बाजालाई धेरै सम्मान गरिन्छ ।’ यस्को महत्व र गरिमा निक्कै छ, उनले भने । त्यही भएर श्रीलंकाको सबैभन्दा ठूलो पर्व असार पुर्णिमा क्यण्डीमा निकालिने शोभा यात्रा यही बाजा बजाईन्छ र नाच नाचिन्छ । यो बाजा विशेष गरी उत्सव, शुभकाम, भोजनदान र खुसीको बेला श्रीलंकामा बजाईन्छ । त्यहाँ सबैभन्दा बढी बजाईने बाजा हो । ‘नेपालको पञ्चे बाजा जस्तै लोकप्रिय छ’ श्रीलंकामा पढेर आएका उनले भने, ‘त्यही भएर यसलाई पंचेबाजा भन्दा फरक पर्दैन् ।’ यो नृत्यको पहिरन कम्तीमा एक लाख देखि दुई लाख श्रीलंकन रुपियाँ पर्छ ।
‘यो बाजा, बजाउने कलाकार र नाचको श्रीलंकामा धेरै माग छ,’ राजधानी कोलम्बोमा रहेको क्रियटिभ डान्स एण्ड एकेडेमीका प्रमुख समेत रहेको नलिन मालीगास्पेले भने, ‘त्यही भएर यो पवित्र र भगवान बुद्ध प्रति समर्पित छ । यो बाजाले खुसी, उमंग र उत्हास थप्छ उनले भने । त्यसैले पुरै श्रीलकनको रोजाईमा परेकोछ । म पनि पुरै यसैमा समर्पित छु । पढाउ“छु, बजाउ“छु नाच्छु ।
बुद्धका हरेक गतिविधिमा यो बाजा श्रीलंकामा बजाईने कथकली डान्समा विद्यावारधी गर्दै गरेकी चान्दनी कस्तुरी अर्चीलेब बताईन् । । ‘भगवानको जन्मस्थल आई पवित्र धुन र नाचले लुम्बिनीलाई तरंगित गर्न पाउदा निक्कै खुसी छु’ उनले भनिन्, ‘सा“च्चिकै शान्तिको पुण्य संचय गरे ।’ त्यही भएर यो नाच ना“च्न र बाजा बजाउन श्रीलंकाको विश्वविद्यालयमा सिकाईन्छ । श्रीलंकामा प्रचलित पहतरट, सबरगम र क्यान्डिमा सबैभन्दा बढी क्यान्डि डान्सको नाचिन्छ ।