Butwal Today

पुल बनेपछि ट-यो स्थानीयको समस्या

९ माघ २०८१, बुधबार
अ+
अ-

पाल्पा, ९ माघ ।

तिनाउ गाउँपालिका कचलकी सन्तोषी रानालाई आकाशमा कालो बादल मडारिना साथ मनमा पनि कालो मडारिन्थ्यो । ठाडो खोला तर्दा बगाउने गरेको भन्ने सुनेपछि सातो नै जान्थ्यो । अब कहिल्यै खोलाको कारणले सातो नजानी उनी बताउँछिन् ।

तिनाउ गाउँपालिकाको वडा नम्बर १ र २ लाई जोड्ने कुर्मान खोला माथि पुल बनेपछि सन्तोषी राना मात्र होइन त्यहाँका स्थानीयलाई समेत सजिलो भएको छ । खोलाका कारण स्थानीयले पहिले पहिले निकै दु.ख भोग्नु प¥यो । “जब वर्षातको समय सुरु हुन्छ तब हाम्रो बाटो नै रोकिन्थ्यो । अझ खोला बढेको समयमा बिरामी भए त मर्नु नै पथ्र्यो । खोलामा मोटरेवल पुल बनेपछि हाम्रा समस्याका दिनहरु पनि गए”– स्थानीय कमला सुनारले भनिन् ।

“पटक पटक स्थानीय सरकारदेखि संघीय र प्रदेश सरकारलाई खोलामा पुल नहँुदाको समस्या बतायौं तर हाम्रा दु.खहरु कसैले सुनेनन् । पहिले पहिले खोलामा पुल नहँुदा छोराछोरीलाई विद्यालय पठाउन पनि साह्रै डर थियो । जब वर्षा लाग्छ तब आवत जावत नै ठप्प हुन्थ्यो”–स्थानीय रामबहादुर घर्ती भन्छन्,“वर्षा लाग्न भन्दा पहिले नै दैनिक जिवन यापनका बस्तुहरु नुन, चामल, तेल, साबुन सबै ठिक्क पार्नु पथ्र्यो ।”

प्रदेश सरकार अन्तर्गत सडक पूर्वाधार कार्यालयबाट नापजाँच भएको खोलामा यतिखेर सवारीका साधनदेखि पैदल यात्रु मोटरेवल पुलबाट आवत जावत गर्छन् । अब पुलको समस्या सदाका लागि अन्त्य भएको स्थानीय बताउँछन् ।

सडक पूर्वाधार कार्यालयले गत वर्षको असार २० गते १५ महिनामा सम्पन्न गर्ने गरी २ करोड ९५ लाख ६१ हजार २ सय ५२ रुपैयामा ठेक्का सम्झौता गरे पनि निर्माण कम्पनीले १ वर्षमै २५ मिटर लम्बाई, ८ मिटर चौडाईको पुल निर्माण पुरा गरेपछि आवतजावत गर्न निकै सहज भएको कार्यालयका प्रमुख बिक्रम बुढापृथीले बताए । बुटबलको थापा इन्जिनियरिङले निर्माणको जिम्मेबारी पाएको थियो । निर्माण कम्पनीले समय अगाडि नै आफ्नो जिम्मेबारी पुरा गरेको उनले बताए ।

सडक पूर्वाधार कार्यालयले ठेक्का सम्झौता गरेको मोटरेवल पुल मध्ये रैनादेवी छहरा गाउँपालिकाको रिडी खोलामा निर्माणको क्रममा रहेको सिंगल स्थानको ४५ मिटर लम्बाईको पुल हालसम्म भौतिक प्रगति ९० प्रतिशत पूरा भएको र यसै आर्थिक वर्षमा पूरा हुनेछ । पुलको हाल सम्म ८३ प्रतिशत वित्तीय प्रगति भएको कार्यालयले जनाएको छ ।

पुर्वखोला गाउँपालिकाको पुर्वखोलामा ३० मिटर लम्बाईको जमलेघाट खोलामा निर्माणका क्रममा रहेको पुलको भौतिक ९० प्रतिशत वित्तीय ७० प्रतिशत पूरा भएको छ । यो पुल पनि यसै वर्षभरीमा निर्माण कार्यले पूर्णता पाउने कार्यालयका सूचना अधिकारी श्याम श्रेष्ठ बताउँछन् । यसै आर्थिक वर्षमा तिनाउ गाउँपालिकामा सत्यवती पुग्ने मुख्य मोटरबाटोमा झुम्सा खोलामा लामो समयदेखि डिजाइनका कारणले निर्माण रोकिएको, पुल समेत यसै आर्थिक वर्षमा सम्पन्न हुने गरी निर्माणको काम अगाडि बढेको छ ।

३५ मिटर लम्बाईको पुल निर्माणका लागि ३ करोड ४७ लाख ५८ हजार रुपैयाँमा ठेक्का सम्झौता भएकोमा भौतिक प्रगति ९० प्रतिशत पूरा भएकाले यसै आर्थिक वर्षमा पूरा हुनेछ । प्रदेश सरकारको गौरवको योजना भनिने झुम्सा चरङ्गे सडक खण्डको बेलदमारमा समेत निर्माणको क्रममा रहेको ३५ मिटर लम्बाई २ करोड ५१ लाख ७ हजार रुपैयाँ लागतको पुल समेत यसै आर्थिक वर्षमा पूरा हुने गरी निर्माणको काम अगाडि बढेको बताइएको छ ।