ट्रेंडिंग:

>> सकियो ३ दिने खाना महोत्सव तथा माघी संक्रान्ती मेला >> मधेशी युवालाई रोजगारीमा जोड्दै पूर्व एसएसपी थापा >> रवि अब रूपन्देही आउनुपर्ने, सुप्रिम सहकारीको मुद्दा भोलि नै दर्ता गर्ने तयारी >> तेस्रो न्यु होराईजन छात्रा भलिबलमा सेमीफाईनल समिकरण पुरा >> आयोजक फर्साटिकरलाई उपाधि >> इन्टलेक्चुअल स्कूलमा खेल सप्ताह सुरू >> टुडेकर्मी चौधरीलाई थारु कल्याणकारिणी सभा मलेसियाको सम्मान >> मौलिक संस्कृतिलाई आयआर्जनसँग जोड्ने योजना – मुख्यमन्त्री >> तरकारीको मूल्य श्रृंखला विकासका लागि त्रिपक्षीय सम्झौता >> कर्णालीको मह प्रवद्र्धन गर्न प्रदर्शनी मेला >> अदालतले भन्यो– रविले निवेदन हालेरै सेयर लिए, प्रबन्ध निर्देशक नहुँदै गैरकानुनी पैसा चलाए >> समाजवादी मोर्चाले माघ १६ मा बिशेष कार्यक्रम गर्ने >> बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथी रविका समर्थकद्वारा अदालतमै हातपात >> कांग्रेसको नीति अनुसन्धान प्रशिक्षणको निर्देशकमा डा.पोखरेल नियुक्त >> निर्माण व्यावसायी उत्रे आन्दोलनमा, २८ मध्ये २२ अर्ब निकास भइसक्योः अर्थमन्त्री >> रबिकाे थुनछेक बहस सकियाे, केही बेरमा नै आदेश आउने >> अजिरकोटमा ‘एक सहकारी, एक उत्पादन’ अभियान सुरू >> अल नासरमा नवीकरण हुदैँ रोनाल्डो , प्रति सिजन २१० मिलियन डलर >> नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ तरलता खिच्ने >> भेनेजुएलाका पाँच देशमा कूटनीतिक भवनमा आक्रमण, छानबिन गर्न माग >> अभद्र व्यवहारको उजुरीमा आशिका तामाङ पक्राउ >> समाजवादी मोर्चाको बैठक सुरू >> दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओल पक्राउ >> विवाहको उमेर १८ वर्षमा झार्ने संसदीय उपसमितिको सुझाव >> दोस्रो अभ्यास खेल, नेपाल अमेरिकासँग ५ विकेटले पराजित >> प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको कर्मक्युर होटल उद्घाटन >> विपक्षी दलले भोलि पत्रकार सम्मेलन गर्ने >> रवि लामिछानेको थुनछेक बहस जारी, छुटने वा नछुटने निर्णय हुने >> वाइल्डलाइफ फोटोग्राफर शेर्पाको अन्तिम बिदाई >> अध्यादेशबाट निजी क्षेत्र उत्साहित >> विपक्षी दल एकजुट, हिउँदे अधिवेशन माग >> नेपाल बैंकले लाभांश वितरण नगर्ने >> एनआइसी एसिया बैंकको लाभांश वितरण नगर्ने घोषणा >> बुद्धपद्यमको पुर्व बिद्यार्थी मंचमा लम्साल  >> सुन–चाँदी दुवैको भाउ बढ्यो >> बन्दुकसहित प्रहरीका पूर्वअसई पक्राउ >> मुलुक बनाउने हो भने आफैबाट गरौं सुधार >> बुटवलमा अन्तरवडा लोकभजन प्रतियोगीता >> लायन्स सयपत्रीद्वारा मेन्भिन जोन डे को अवसरमा सप्ताहव्यापी कार्यक्रम >> सरावलमा युवाहरूको थारु संस्कृति र परम्परागत सामग्री जर्गेनाको प्रयास >> सम्झनामा पार्कको निर्माण >> स्थानीय तहका कृषिका कार्यक्रम वितरणमुखी >> लुम्बिनी प्रदेशमा मन्त्रालय मर्ज र पुनर्गठनले बजेट कार्यान्वयनमा अन्यौलता >> जोखिमकै माझ भूकम्प सुरक्षा दिवस >> गफमा भन्दा पर्यटन नीतिमा स्पष्ट हुन सुझाव >> नन्दन तालको संरक्षणः कुरा सधै हुन्छ, काम कहिले बढ्ला ? >> हरित बसपार्कको निर्माण सुस्त >> सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ प्रधानमन्त्री ओलीले गर्ने >> आज यी क्षेत्रमा छ वर्षा र हिमपातको सम्भावना >> मणिमुकुन्दलाई प्रथम मेयर कप खुला भलिबलको उपाधि

गृहमन्त्रीको स्पष्टीकरण– चाँडोभन्दा चाँडो कानुन संशोधन गर्न अध्यादेश ल्याएका हौं

२७ पुष २०८१, शनिबार
२७ पुष २०८१, शनिबार

काठमाडौँ ।

गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक विकासका लागि सरकारले अध्यादेशमार्फत केही कानुन संशोधन गरेको बताएका छन्।

शनिबार नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको २५ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै भने, ‘हामीले समृद्धि र आर्थिक विकासका लागि केही महत्त्वपूर्ण कानुनहरूलाई संशोधन गरेका छौँ।’

चाँडोभन्दा चाँडो कानुन संशोधनका लागि अध्यादेशमार्फत संशोधन गर्ने सरकारले निर्णय लिएको उनको जिकिर थियो। लेखकले भने, ‘शासकीय सुधारसँग सम्बन्धित कानुनहरु, उद्योग व्यवसाय सहज सञ्चालन हुने कानुनहरु र सुशासनलाई प्रत्याभूत गर्ने कानुनहरू छन्।’

उनले मुलुकमा लगानीको वातावरण बनाउन गैरआवासीय नेपालीका निम्ति महत्वपूर्ण निर्णय गरेको समेत बताए। ‘आईटीको क्षेत्रमा विदेशमा समेत सेवा निर्यात गर्न सक्ने व्यवस्था गरेका छौँ,’ गृहमन्त्री लेखकले भने, ‘विदेशमा सेवा गरेर उद्योगलाई प्रोत्साहित हुने गरी कानुन निमार्णमा सरकार लागेको छ।’

लेखकले कानुन बन्ने तर कार्यान्वयन नहुने समस्यालाई सरकारले सचेततापूर्वक निर्णय गरेको दाबी गरे। ‘७ दिनभित्र निर्णय गर्ने, निर्णय नभए कारबाही हुने व्यवस्था गरेका छौं,’ उलने भने, ‘७ दिनभित्र हुने भए हुन्छ, नहुने भए हुँदैन भन्ने निर्णय गरिसक्नुपर्ने कानुन बनाएका छौं।’ अब आईटी कम्पनीहरुले विदेशमा लगानी गर्न पाउने ढोका खुलेको समेत उनको भनाइ छ। मन्त्री लेखकले भने, ‘अब आईटी कम्पनीहरुले विदेशमा लगानी गर्न, विदेशमा शाखा कार्यालय खोलेर पैसा कमाउन र त्यसरी कमाएको पैसा कानुनी रुपमा भित्र्याउन सहज हुने कानुन निर्माण गरेका छौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?