© २०२३
बुटवल, २४ कात्तिक ।
सावित्रा घिमिरेले सकृय रुपमा नेकपा एमालेको राजनीति गरेको लामो समय भईसकेको छ । पार्टीको महत्वपूर्ण जिम्मेवारीमा बसेर काम गरेको अनुभव बटुलेकी घिमिरेलाई निर्णायक तहमा पुगेर देश हाँक्ने रहर नभएको होईन । उनी भन्छिन्, ‘हरेक पटकका निर्वाचनमा महिलालाई प्रयोग मात्र गरिन्छ, पुरुष उम्मेदवारलाई मत माग्ने मात्रै जिम्मेवारी लगाइन्छ ।’
एनका अनुसार राजनीतिमा आफू जस्तै प्रयोग भैरहेका महिलाले महत्वपूर्ण जिम्मेवारी पाउन सकेका छैनन् । ‘चुनावको कुरा गर्ने हो प्रत्यक्षका लागि टिकट पाउनु भनेको सपना जस्तै बनेको छ’–उनको अनुभव छ ।
उमेरका हिसाव ७२ वसन्त पार गरेकी मनोरमा शेरचन नेपाली काँग्रेस क्रियाशिल सदस्य हुन् । विद्यार्थी कालबाट नै राजनीतिक यात्रा सुरु गरेकी शेरचन मुुुलुकको आमूल परिर्वतन राजनीतिबाट नै गर्न सकिन्छ भनेर लागेकी हुन् । तर आफुले कल्पना गरे जस्तो राजनीतिमा परिवर्तन नभएको उनको अनुभव छ । लामो राजनीतिक यात्रा पार गरे पनि आफु महिला भएकै कारणले अवसर नपाएको नमिठो अनुभव सुनाउँछिन् उनी । यसपाली संघको समानुपातिक उम्मेवारका लागि नाम परे पनि आफु त्यो ठाँउमा पुग्न सक्छु भन्नेमा विश्वास छैन । ‘मुलुकमा धेरै राजनीतिक परिर्वतन भए । तर राजनीतिमा परिर्वतन भएन’–उनको बुझाई छ ।
हरेक हिसावले सक्षम हुँदा पनि आफ्नो योग्यताको सम्मान नभएको उनको दुःखेसो छ । ‘म भन्दा पछि पार्टीमा सदस्यता लिएका पुरुषहरुले देश हाँक्ने जिम्मेवारी पाईरहँदा पनि म निरिह भएर बस्नुको विकल्प भएनन ।यसपाली पनि मलाई भोट संकलनका लागि मात्रै प्रगोग भए कि भन्ने लागेको छ ।
हामी महिलाहरु सधै पुरुषका लागि मात्रै भोट माग्न प्रयोग भएका छौ । प्रत्यक्ष तर्फ पनि पाटीले टिकट दिएको भए मैले चुनाव लड्न सक्थे आज भन्दा अगाडी नै तर पार्टीले अहिले सम्म पत्यानन । मलाई मात्र होईन अरु थुप्रै म जस्ता म अमिलो बनाएकाहरु छन् । यहाँ त आफना मान्छे नजिकका नातागोता र पुरुषहरुले अवसरै अवसर पाएको देखदा नि घिन लाग्छ शर्मा भन्छिन् ।
दिपिका शर्मा २०६४ सालबाट नेकपा माओवादीमा सकृय राजनीति शुरु गरेकी हुन् । घर परिवार भन्दा पनि पाटीलाई माथि राखेर काम गर्दा पनि अवसर नपाउनु दुखद पक्ष रहेको बताउछिन् । उनी भन्छिन् अरु पाटी भन्दा हाम्रोमा सहभागिता रहे पनि सन्तोष जनक छैन । यसपालीको चुनावमा मैले प्रत्यक्ष चुनाव लड्ने चाहाना राखे नि अवसर पाईन । यहाँ महिलाहरु भनेको त पाटीका कार्यक्रममा ठुलो जनसंख्या देखाउन सहभागिता जनाउने र पुरुषहरुलाई जिताउन प्रयोग मात्र भईरहेका छौ । यो बारेमा सबै लदका महिला नेताहरुले आवाज उठाउनु पर्ने छ ।
लामो समय देखि काम गरिरहेकी शर्मा अहिले सम्म अर्काको लागि मत माग्ने सिढी मात्रै बन्नु परेको उनको गुनासो छ । समावेशिका कुरा भाषणमा मात्रै भएको व्यवहारमा नभएको निर्वाचनका लागि मतदाता संख्या महिला बढी हुदा हुदै पनि महिलालाई अवसर अत्यन्न कम मात्रामा दिने गरेको उनको बुझाई छ । शर्मा भन्छिन् निर्वाचनका बेलामा चुनाव हार्ने ठाँउमा मात्र महिला उम्मेवारहरुलाई टिकट दिने परम्परा छ । जहाँ संभावना छ त्यहाँ अवसर नदिने गरेको अनुभव छ ।
अधिवकता ईन्दिरा आचार्य भन्छिन् महिलालाई भोट दिएर जिताए पनि काम गर्न सक्दैनन भन्ने सामाजकि दृष्टिकोणलाई परिर्वतन गर्न जरुरी छ । पहिलो कुरा महिलाहरु काम गर्ने संरचना भित्र पस्नै सकेका छैनन त्यहाँ पुग्न सके पो काम गरेर देखाउने हो । संरचनामा पुग्ने अवसर समाज र पार्टीले दिने हो भने पक्कै महिाहरुले पुरुषले भन्दा राम्रो काम गर्न सक्छन् । दोस्रो पक्ष आर्थिक हो । निर्वाचन आयोगले न्यूनतम खर्च गर्न आदेश दिए पनि पार्टीलाई आर्थिक सहयोग गर्नु पर्ने अवस्था छ । सबै राजनितिक गर्ने दिदी बहिनीहरु आर्थिक रुपमा सबल हुनुहुन्न । यसले पनि निर्वाचन लड्ने कुरामा रोकेको आचार्य बुझाई छ ।
हामी संक्षम छौ । काम गर्न सक्छौ एउटी महिलाले जसरी घर परिवार मिलाउन सक्छन् त्यसरी नै देश र जनताको भावनालाई बुझेर काम गर्ने आट छ भन्ने कुरालाई व्यवहारमा देखाउन सक्ने गरी महिलाहरु अगाडी बढ्नु आजको आवश्यकता हो ।