© २०२३
बुटवल, १९ पुस । नेपाल चिकित्सक संघ, लुम्बिनी शाखाले शनिबार बुटवलमा दौड प्रतियोगिता गर्ने भएको छ । स्वस्थ्य सचेतना जगाउदै रुपन्देहीभित्रका ब्यवसायिक र सामाजिक संघसंस्थाहरु बिचमा भाईचारा विकास गर्ने उदेश्यका साथि संघले दौड गर्ने भएको हो ।
प्रतियोगिताको आवश्यक तयारी पुरा भएको शुक्रबार पत्रकार सम्मेलन गरि संघका अध्यक्ष डा.कृष्ण खरेलले बताए । व्यायाम शारीरिक स्वास्थ्यसंगै मानसिक सन्तुलन र दीर्घायु जीवनका लागि पनि अत्यन्त महत्वपूर्ण छ भन्ने कुरा आम नागरिकमा सचेतना जगाउने गरि दौड प्रतियोगिता गर्न लागेको उनले बताए । राजमार्ग चौराहस्थित पृथ्वीनारायण शाह पथ, कालिकानगरबाट शुरु हुने दौड साईनो केन्द्र, मंगलापुरमा समापन हुने उनले बताए ।
संघको आयोजनामा चिकित्सकहरूबीच भाइचारा र ज्ञान आदानप्रदानलाई प्रवद्र्धन गर्न वर्षेनी विभिन्न गोष्ठी, सेमिनार तथा अन्य कार्यक्रमहरू आयोजना गर्दै आएको उनले बताए । यस परम्परालाई निरन्तरता दिँदै, संघबाट यो वर्षमा स्वस्थ्य, खेलकुद र संस्कृति संरक्षणको अभियानलाई जोडेर विभिन्न कार्यक्रम गर्ने भएको उनले बताए ।
यसैबिच संघका अध्यक्ष डा कृष्ण खरेल, कोषाध्यक्ष डा रमेश भट्टराई, सहसचिव डा.मोहन तिवारी, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामराज पोखरेलले दौड प्रतियोगिताको टिसर्ट सार्वजनिक गरेका छन ।
प्रतियोगितामा पुरुष र महिला दुबैतर्फका उपाधि विजेताले नगद २०,०००रुपैया, मेडल, प्रमाणपत्र, दोस्रो पुरस्कार १५,००० र तेस्रो पुरस्कार १०,००० रुपैया, मेडलबाट पुरस्कृत गरिने संघका सचिव डा.प्रकाश बस्नेतले बताए । प्रतियोगितामा रुपन्देहीका ३ दर्जन बढी संघसंस्थाहरुलाई आमन्त्रण गरिएको उनले बताए ।