ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

तिनाउ–दानव करिडोर प्रभावितको व्यवस्थापन एमालेले गर्छः पौडेल

२२ कार्तिक २०७९, मंगलवार
२२ कार्तिक २०७९, मंगलवार

बुटवल, २२ कात्तिक ।

पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले तिनाउ दानव कोरिडोर प्रभावितलाई उचित व्यवस्थापन गरेर मात्रै आयोजनाको काम अगाडि बढाइने बताएका छन् । कोरिडोर प्रभावितको व्यवस्थापनको जिम्मा एमालेले लिने समेत पौडेलको भनाई छ । “एमालेले एकपछि अर्को विकासका आयोजना सुरु गरेपछि विपक्षीहरु आत्तिएर एकपछि अर्को भ्रमको सिर्जना गरेका छन्”–उनले भने, “त्यस्ता भ्रमको विश्वास नगर्नुस्, एमालेले कोरिडोर प्रभावितको व्यवस्थापनको ग्यारेन्टी गर्छ ।”

रुपन्देहीमा सुरु गरिएका विभिन्न ठूला योजनाहरुबाट विस्थापित तथा प्रभावित हुने जनतालाई आवश्यकताअनुसार सुरक्षित र व्यवस्थित बसोबासका लागि आफू गम्भीर रहेको उनले बताए । नेकपा एमालेका उपाध्यक्षसमेत रहेका पौडेलले विकास विरोधी र अफवाह फैलाउनेहरुका नियोजित भ्रममा नपर्न रुपन्देहीवासीलाई आग्रह गरे ।

रुपन्देही–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले मंगलबार बुटवल उपमहानगरको वडानम्बर ११ तथा तिलोत्तमा नगरपालिकाको विभिन्न वडामा घरदैलो गर्दै यहाँको विकाससँगै बस्ती व्यवस्थापनको विषयमा आफू सचेत र गम्भीर रहेको उल्लेख गरे । विशेषगरी बुटवलमा सुरु गरिएका महत्वाकांक्षी विकास योजना तिनाउ–दानव करिडोरका जनतालाई विभिन्न ढंगबाट आतंकित पार्ने काम भएकोप्रति चिन्ता व्यक्त गर्दै पौडेलले करिडोरका नाममा कुनै पनि जनतालाई घरबारविहीन नबनाइने स्पष्ट पारे ।

करिडोर क्षेत्रमा पर्ने घरपरिवारलाई त्यहाँबाट अन्यत्र व्यवस्थापन गर्नुपर्ने अवस्थामा समेत बुटवलभित्रै अहिलेको भन्दा थप व्यवस्थित र विकास पूर्वाधारले सम्मपन्न स्थानमा जनताको इच्छाअनुसार नै व्यवस्थापन गरिने उनले बताए । यसैगरी मोतिपुर औद्योगिक क्षेत्रका प्रभावित जनतालाई समेत व्यवस्थापन गरेर मात्रै काम अघि बढ्ने स्पष्ट पारे ।

सिंगो रुपन्देहीलाई विकासको रोलमोडलको रुपमा अगाडि बढाउने योजना अनुसार काम भएको उनले बताए । रुपन्देहीमा भौतिक पूर्वाधार तथा मानवीय विकासका लागि विगतदेखि काम गर्दै आएको स्मरण गराउँदै उनले विकासमा कसैले पनि राजनीति नगर्नसमेत आग्रह गरे । साझा मानसिकता र साझा प्रयासले मात्रै विकासमा फड्को मार्ने काम सम्भव भएको उल्लेख गर्दै पौडेलले विकास विरोधीहरुले फैलाएका अफवाहको भ्रममा नपर्न जनतासमक्ष आग्रह गरेका छन् । कसैका बारेमा टिकाटिप्पणी गर्नका लागि आफूसँग समय नरहेको बताउँदै उनले जनतासँगको भेटघाट र विकास योजनाका बारेमा छलफलमा केन्द्रित रहेको बताए ।

भौतिक पूर्वाधारको विकासँगै यहाँको मानवीय विकास तथा रोजगार सिर्जना गरी अबको यात्रा आर्थिक समृद्धितर्फ रहेको उनले बताए । यहाँ बन्दै गरेका औद्योगिक क्षेत्रबाट उत्पादन वृद्धिसँगै हजारौं युवाहरुलाई रोजगार सिर्जना गर्न सकिने उनले बताए । यसैगरी कालिगण्डकी–तिनाउ डाइभर्सन गरी हजारौं विगाह जमिनलाई सिंचित गरी कृषि उत्पादनमा वृद्धि, जलविद्युत आयोजना निर्माण, धार्मिक तथा पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरुको विकास आफ्नो प्राथमिकतामा रहेको उनले बताए । आगामी मंसिर ४ गते हुने निर्वाचनपछि मुलुकको नेतृत्व जनताले नेकपा एमालेलाई सुम्पिने बताउँदै उनले आगामी बिकास योजनाका बारेमा आफ्नो ध्यान केन्द्रित रहेको उनले बताए । मुलुकको विकास र समृद्धि एमाले पार्टीबाट मात्रै सम्भव भएको दाबी गर्दै उनले आउने निर्वाचनमा सूर्यमा मतदान गर्नका लागि जनतासमक्ष आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?