ट्रेंडिंग:

>> बालबिबाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सरकारलाई आग्रह >> वालिङमा बौद्धिक विमर्श, राजनीतिक मतभेदले विकास रोकिएको निष्कर्ष >> सामाजिक संजालमा हातहतियार प्रदर्शन गरी त्रास फैलाउने पक्राउ >> उपाधिका लागि देवदह र आयोजक वेष्ट्रन भिड्ने >> मणिमुकुन्द भलिवल कप : गुजराँत एकेडेमी र गल्कोट भलिवल क्लब बिजयी >> जितगढी उत्सव: ऐतिहासिक किल्लालाई विश्व सम्पदा सूचीमा सूचीकृत माग >> सिंहदरबारभित्रै प्रदर्शन गरेका राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा >> अध्यक्षसहित थप नेता पक्राउ पछि राप्रपाको आकस्मिक बैठक बस्दै >> नेपाल प्रहरीमा १० डीआईजीको बढुवाकाे दौड सुरु, तीन समूहबीच प्रतिस्पर्धा >> महिला एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तान टोली भारत नजाने >> रवि लामिछानेकाे तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन >> कमजोर बैंकिङ प्रतिवेदनले सेयर बजार ओरालो, नेप्से १६.६८ अंकले घट्यो >> शिक्षक आन्दोलनको प्रभाव, कर्णालीका विद्यालयहरु सुनसान >> गणतन्त्रमाथि कुनै खतरा छैन : प्रचण्ड >> लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरबारबाट पक्राउ >> एमालेले वैशाख ११ लोकतन्त्र दिवसको अवसरमा युवा भेला विशेष हुने >> जितगढी विजय उत्सव (लाइभ) >> ज्ञानेन्द्र शाही सिंहदरबारमै ‘नजरबन्द’, आन्दोलनमा जान पाएनन् >> संबैधानिक निकायका ५२ नियुक्तिमाथि सर्वोच्च अदालतमा सुनवाइ जारी >> सेनाको पदयात्रा टोली बुटवलमा : जितगढीमा विजय उत्सव (फोटो फिचर) >> माइतीघर देखि बानेश्वरसम्म तीन समुहको प्रदर्शन जारी >> शिक्षा ऐन नआएसम्म आन्दोलन नरोकिने भन्दै शिक्षक महासंघले आइतबार पनि काठमार्डौंमा प्रदर्शन >> वाणिज्य बैंकहरूको त्रैमासिक वित्तीय विवरण सार्वजनिक, नाफामा थोरै उकालो >> बदाम तेल एक, फाइदा अनेक >> भट्टको मुद्दा न्यायधिस फुयाँल र पाण्डेको इजालसमा >> शुक्रबारकै भाउमा सुनचाँदीको मुल्य >> रौतहटमा ५४९ सवारी दुर्घटना ३८ को मृत्यु,९०० बढी घाईते >> कोहलपुरमा फेन्सी पसलमा आगलागी >> अमेरिका भर ट्रम्प बिरूद्द हजारौंको प्रदर्शन >> गौतमबुद्ध विमानस्थलमा नियमित सञ्चालनका लागि पहल गरिरहेका छौं : मुख्यमन्त्री आचार्य >> राप्रपाका सिमित नेताले मात्रै निषेधित क्षेत्र तोड्ने >> तिलोत्तमामा १५ दिने नेपाल भाषा प्रशिक्षण सम्पन्न >> ‘आदिवासी जनजातिको माग मुद्दा सम्बोधन गर्न आवश्यक’ >> नेपाली सेनाको पदयात्रा तानसेनमा >> परियोजनाको उपलब्धि परीक्षणमा केन्द्रीय टोली दाङमा >> कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो >> जितगढीको ऐतिहासिकता >> नेपालीमाथि हुने दुव्र्यवहारका घटना रोक >> जितगढी किल्लामा ‘विजय उत्सव’ >> जितगढी के हो के भयो, के हुनुपर्छ ? >> आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> राप्रपालाई गृह मन्त्रालयको चेतावनी– निषेधित क्षेत्र तोडे कारबाही हुन्छ >> सिलगुरी एफसीविरुद्ध सहज जित निकाल्दै पुलिस सेमिफाइनलमा >> माछा पालक किसान र दाना उत्पादक कम्पनी विच अन्तरक्रिया >> अर्थमन्त्री पौडेल हस्तक्षेपकारी बजेटको पक्षमा : रकम कटौती हुने भएपछि धेरैजसो मन्त्रालय असन्तुष्ट >> रमन श्रेष्ठलाई बार अध्यक्ष मिश्रको चुनौती : तपाईँ तयार हो भने सबै वकिलको दलीय सदस्यता खारेज गरौँ >> संविधानको रक्षा गर्न गणतन्त्रवादी दल एक ठाउँमा उभिन सहमत >> पौरस्त्य समाज नेपालको पुनर्गठन >> मुख्यमन्त्री आचार्यद्वारा १० औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटन >> युवा सम्मेलनमा राष्ट्रिय युवा संघ नेपाल रूपन्देहीले २३ सय ५० युवा काठमाडौ लैजाने 

सहकारी ठगीमा छविको बयान- सम्पूर्ण कार्य जीबी र रविबाट भएको हो

७ पुष २०८१, आईतवार
७ पुष २०८१, आईतवार

काठमाडौँ ।

सूर्यदर्शन सहकारी ठगीसँगै विभिन्न कसुरका प्रतिवादी बनाइएका नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल बन्जाडे जोशीले अन्य प्रतिवादीहरूलाई समेत पोलेर बयान दिएका छन्।

अभियोग पत्र साथ अदालतमा पेश गरिएको बयानमा उनले सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरिएको विषयमा जीबी भन्ने गितेन्द्र बाबु राई र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकै योजना भएको बताएका छन्।

सहकारीबाट रकम ल्याउँदा पनि उनीसहित तीन जनाले नै केवाईसी फारम भरेको र सम्पूर्ण कारोबार रवि र जीबीलाई थाहा हुने बताएका छन्।

यस्तो छ छविको कयान
म २०७७ सालमा नेचर हर्बस इन्टरनेसनल प्रालिमा १० प्रतिशत सेयर लिई डाइरेक्टर रहेकोमा सो सेयर गितेन्द्र बाबु राई मार्फत रामबहादुर खनाललाई हस्तान्तरण गरेँ।

कूल ५ करोड रुपैयाँको चुक्ता पुँजी राखी म र गितेन्द्र बाबु राईको ५०/५० प्रतिशत सेयर लगानी देखाई गोर्खा मिडिया नेटवर्क प्रालिको सेयरहोल्डर र सञ्चालक सदस्यको रुपमा करिब १ वर्ष पछि अलग भएको हुँ।

गितेन्द्र बाबु राई, रवि लामिछाने र मैले आवश्यक कागजातहरू पेश गरी केवाईसी समेत भरेर हामी तीनजना मध्ये कुनै एकको हस्ताक्षरबाट खाता सञ्चालन हुनेगरी ग्लोबल आईएमई बैंकमा ००४०१०१००००५७७ नम्बरको खाता खोल्यौँ।

खाताबाट भएको सम्पूर्ण कारोबारको सम्बन्धमा जानकारी गितेन्द्र बाबु राई र रवि लामिछानेलाई थाहा होला।

टीभी सञ्चालनमा आएपछि आवश्यक रकम जुटाउने, सामान तथा कर्मचारी र पत्रकारहरूको छनौट, नियुक्ती, तलबको मापन लगायतको सम्पूर्ण कार्य निजहरूबाटै भएको हो।

सूर्यदर्शन लगायत कुनै पनि सहकारी संस्थाहरूबाट गोर्खा मिडियाको खातामा जम्मा भएको रकम खर्च गर्ने कार्य रवि लामिछानेसँग सम्बन्धित हुन्थ्यो र निजकै हस्ताक्षरबाट चेक काटिन्थ्यो।

गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट मिति २०७७।१२।०३ देखि मिति २०७८।१०।०६ गतेसम्म जम्मा ५ करोड ५८ लाख ९ हजार २७१ रुपैयाँ ७६ पैसा आएको भन्ने कुरा अहिले थाहा पाएको हुँ। को कसले के कसरी रकम ल्याए मलाई थाहा भएन।

नेचर हर्वस इन्टरनेसनल प्राईभेट लिमिटेडले मेरो पत्नी पद्मा बन्जाडे जोशीको नाममा रहेको घर आर्थिक वर्ष २०७६/०७७ बाट मासिक निश्चित रकम लिने गरी सम्झौता बमोजिम भाडामा लिएको हो।

राम बहादुर खनाल प्रहरी कर्मचारी रहेको कारण निजसँग म प्रहरी सेवामा रहँदाको क्रममा चिनजान परिचय भएको बाहेक अन्य केही छैन। म नेचर हर्ब्स इन्टरनेसनल प्राइभेट लिमिटेडको सेयर सदस्य भएपछि सोही कम्पनीको प्रतिनिधित्व गरी नेपाल डाइरेट सेलिङ एसोसियसनको अध्यक्ष भए बापत मासिक रुपमा लिने रकम तथा तथा बा २३ च ३१३१ नम्बरको पजेरो स्पोर्ट गाडी छोरा रोचक जोशीको नाउँमा ९५ लाख ८५ हजार ६१४ रुपैयाँ आन्तरिक लेखा परीक्षक मिलाउन देखाएको र उक्त रकममा लाग्ने १३ प्रतिशत भ्याट सहित जोडेर एक करोड ८ लाख ३१ हजार ७४३ रुपैयाँमा मिति २०७९।१२।१७ गते सो गाडी खरिद गरेको हुँ।

सो कम्पनीमा म र लक्ष्मी प्रसाद पौडेलको हस्ताक्षरबाट विभिन्न व्यक्तिहरू वा कम्पनीको नाउँमा चेक काटिएको रहेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?