ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

‘कम्प्रेस मेसिन’ ले हटाउँदै प्लास्टिकजन्य फोहर

५ पुष २०८१, शुक्रबार
५ पुष २०८१, शुक्रबार

कपिलवस्तु, ५ पुस ।
कपिलवस्तु नगरपालिका क्षेत्रमा रहेको प्लास्टिकजन्य फोहर व्यवस्थापन गरि बातावरणीय संरक्षणमा टेवा पु¥याउन प्लास्टिक कम्प्रेसर मेसिन हस्तान्तरण गरिएको छ । प्लास्टिकजन्य फोहरलाई पुर्न प्रयोग गर्न प्रोत्साहन गरि चक्रिय अर्थतन्त्रमा सहयोग पु¥याउने उद्देश्यले कपिलवस्तु नगरपालिका वडा नं. १ मा रहेको संजय कवाड सेन्टरलाई पूर्ण अनुदानको मेसिन हस्तान्तरण गरिएको हो ।
कपिलवस्तु नगरपालिका वडा नम्बर १ का अध्यक्ष मोहम्मद जाहिद खाँ, दलित सामाजिक बिकास केन्द्रका कार्यकारी निर्देशक रामशरन रैदास, क्लिन अप नेपालका संयोजक सुर्य प्रकाश बस्नेत र हाम्रो शक्ति परियोजनाकी संयोजक धन कुमारी चौधरीले कबाड सेन्टरका सञ्चालक बिश्वनाथ चमारलाई मेसिन हस्तान्तरण गरे ।
आईएम स्विडिस डेभलपमेन्ट पार्टनरको सहयोग क्लिन अप नेपालको आयोजना र दलित सामाजिक बिकास केन्द्र (डिएसडीसि) को समन्वयमा “हाम्रो शक्ति” परियोजनाबाट सो सहयोग गरिएको हो । ४ लाख १५ हजार लागतको डेढ हर्सपावरको मेसिनले १ दशमलव १ केभिए बिद्युत खपत गरि प्लास्टिक बोटल सहितका सामाग्रीलाई डल्लो पार्न सहयोग गर्दछ । मेसिनको सहायताले प्लास्टिकजन्य सामाग्रीलाई कम्प्रेस गर्दा छरिएका प्लास्टिकजन्य सामग्री एकत्रित हुने, मात्रा घटने र ढुवानीमा सहजता आउछ ।

मेसिनले प्लास्टिकजन्य फोहर कम्प्रेस गर्दा प्लास्टिकजन्य फोहर व्यवस्थित भई बातावरणीय संरक्षणमा सहयोग पुग्ने क्लिन अप नेपालका संयोजक सूर्य प्रकाश बस्नेतले बताए । फोहरमैला व्यवस्थापनलाई थप व्यवस्थित बनाउन जिल्लाको कपिलवस्तु नगरपालिका र महाराजगंज नगरपालिकाको सहकार्यमा “सफा नेपाल” नामक मोबाईल एप्लिकेशन प्रयोगमा ल्याईएको परियोजनाको प्राबिधिक साझेदार संस्थाका संयोजक बस्नेतले जनाए । “दुवै पालिकामा प्रयोगमा ल्याईएको मोबाईल एपका कारण सरसफाई र फोहर व्यवस्थापनका सुचना आदानप्रदानमा नागरिकको सरोकार बढ्नुका साथै पालिकाको जवाफदेहिता बृद्धि हुने देखेका छौं ।” उनले भने ।
संकलित प्लास्टिकजन्य सामाग्री व्यवस्थित गर्न नसक्दा ति सामाग्री राख्ने स्थान कम हँुदै आएकोमा कप्रेसर मेसिनको प्रयोगले सो समस्या हट्नुका साथै प्लास्टिकजन्य सामग्री संकलन बढ्ने कबाड सेन्टरका सञ्चालक बिश्वनाथ चमारले बताए । हाम्रो शक्ति परियोजनाले कपिलवस्तु नगरपालिकाको ४, ५, ८ र १२ गरि चार वटा वडामा सामाजिक न्याय, आर्थिक शसक्तिकरण र बातावरणीय संरक्षणको क्षेत्रमा गर्दै आएको डिएसडिसीका कार्यकारी निर्देशक रामशरन रैदासले जानकारी दिए ।

परियोजनाका कार्यक्रम अन्तर्गत गाउँगाउँमा सचेतना अभिबृद्धि गरि प्लास्टिकजन्य फोहर संकलन गरिदै आएको परियोजनाकी संयोजक धन कुमारी चौधरीले बताईन । कम्प्रेसर मेसिनको प्रयोगले नगर क्षेत्रको फोहर संकलन र व्यवस्थापनलाई सहयोग पुर्याउने उनको बुझाई छ । नगर क्षेत्रमा प्लास्टिकजन्य फोहर बढि निस्कने भएकाले ति फोहरमैला व्यवस्थापन गर्नका लागी मेसिन प्रयोग सहयोगी हुने कपिलवस्तु नगरपालिका वडा नम्बर १ का अध्यक्ष मोहम्मद जाहिद खाँले बताए । नगर सरसफाईको कार्यमा स्थानिय तह, संघसंस्था र स्थानिय नागरिकको सहकार्य आवश्यक रहेकोमा उनले जोड् दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?