ट्रेंडिंग:

>> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता

प्रिन्साले जितिन् डान्स आईडल

४ पुष २०८१, बिहीबार
४ पुष २०८१, बिहीबार

जितपुर, ४ पुस ।
१५औं कपिलवस्तु महोत्सवको मुख्य आकर्षणको रूपमा रहेको १३औं कपिलवस्तु डान्स आईडलको उपाधि प्रिन्सा हमालले जितेकी छिन् । मंगलबार आयोजित ‘ग्रान्ड फिनाले’ मा अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै प्रिन्साले यो उपाधि जित्न सफल भएकी हुन् । उपाधि जितेसँगै प्रिन्साले १ लाख ११ हजार १ सय ११ रूपैयाँ नगद, चाँदीको ट्रफी र विभिन्न गिफ्ट ह्याम्परहरू प्राप्त गरेकी छिन् । बाणगंगा नगरपालिका–१ की प्रिन्सा प्रतियोगितामा भाग लिने सबैभन्दा कान्छी प्रतिस्पर्धी हुन् । उनको आकर्षक लुक्स र नृत्य कला प्रतियोगिताभर दर्शक र निर्णायकको ध्यान तान्न सफल भएको थियो ।
प्रतियोगितामा द्वितीय स्थान प्राप्त गर्ने प्रतिज्ञा गिरीले ७७ हजार ७ सय ७७ रूपैयाँ नगद, ट्रफी र गिफ्ट ह्याम्पर प्राप्त गरिन् । त्यस्तै तृतीय स्थानमा रहेकी पवित्रा कुमारी छहारीले ५५ हजार ५ सय ५५ रूपैयाँ नगद पुरस्कारसहित ट्रफी र गिफ्ट ह्याम्पर हात पारिन् । सान्त्वना स्थानमा पुगेकी निलम पौडेलले २५ हजार ५ सय २५ रूपैयाँ नगद, ट्रफी र गिफ्ट ह्याम्पर प्राप्त गरिन् ।
महोत्सवको ग्रान्ड फिनालेको अवसरमा विभिन्न सांस्कृतिक प्रस्तुतीले दर्शकहरूलाई मनोरञ्जन प्रदान ग¥यो । स्थानीय कलाकारदेखि राष्ट्रिय स्तरका कलाकारहरूले समेत आफ्नो प्रस्तुती दिएर माहोललाई उत्साहपूर्ण बनाएका थिए ।प्रतियोगिताका निर्णायक मण्डलमा नृत्य क्षेत्रमा ख्यातिप्राप्त व्यक्तित्वहरू रहेका थिए । उनीहरूले प्रतिभा, नृत्य कौशल, र प्रस्तुतीकरणलाई आधार मानेर विजेताहरूको छनोट गरेका थिए ।कपिलवस्तु डान्स आईडलको उद्देश्य क्षेत्रीय स्तरका प्रतिभाहरूलाई प्रोत्साहन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा अवसर प्रदान गर्नु हो । आयोजकले यस वर्षको कार्यक्रमलाई अघिल्ला संस्करणभन्दा अझ प्रभावकारी बनाएको बताउँदै आगामी वर्षहरूमा थप वृहत् रूपमा आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतियोगिताले स्थानीय प्रतिभाको पहिचान र उनीहरूको विकासमा उल्लेखनीय योगदान पु¥याउँदै आएको छ । महोत्सवमा सहभागी भएका प्रतिस्पर्धीहरूका अनुसार यो कार्यक्रम उनीहरूका लागि नृत्यकला प्रस्तुत गर्न र नयाँ अनुभव प्राप्त गर्न महŒवपूर्ण मञ्च भएको छ ।
समापन समारोहमा स्थानीय जनप्रतिनिधिहरू, व्यवसायी, र समाजसेवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । उनीहरूले महोत्सवको सफलताका लागि आयोजक समिति र सबै सहभागीहरूको प्रशंसा गरेका थिए । महोत्सवको अन्त्यमा आयोजकले सबै सहभागी र दर्शकलाई धन्यवाद दिँदै आगामी संस्करणमा अझ उत्साहजनक कार्यक्रम प्रस्तुत गर्ने आश्वासन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?