© २०२३
चन्द्रौटा, ३ पुस ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर–६ मा रहेको एक विद्यालयका विद्यार्थीहरू आन्दोलित भएका छन् । त्रिभुवन आदर्श माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक पुरुषोत्तम अर्याललाई नगरपालिकाले सरुवा गरेपछि विद्यार्थीहरू मंगलबार आन्दोलित बनेका हुन् ।
विद्यार्थीहरूले शिक्षक अर्यालले अध्यापन गराएको भन्दै विद्यार्थीहरू आन्दोलन गरेको कक्षा १० मा अध्ययनरत विद्यार्थी संजय प्रसाद चौधरीले बताए । किन शिक्षकलाई सरुवा गरिएको बताउँदै के कस्ता कारणको जानकारी पाउने माग गर्दै आन्दोलन गरिएको चौधरीले बताए । यस्तै अर्का विद्यार्थी ओम यादवले उनी राम्रो शिक्षक रहेको प्रशंसा गर्दै सरुवा नगर्ने माग रहेको उनको भनाइ छ ।
सोही विद्यालय कक्षा १० मा अध्यनरत कविता पालले मंगलबार विहानैबाट १ कक्षादेखि १० सम्मका करिब ७ सात सय विद्यार्थीहरू आन्दोनरत रहेको बताउँछिन् । पढाईको कुरा मात्रै नभएर विद्यालयको हरेक क्रियकलापमा सभागिता गराउन प्रभावकारी भूमिका खेलेको समेत उनको जिकिर छ ।
यता शिक्षक अर्यालले आफू माध्यमिक तहको स्थायी विज्ञान शिक्षक रहेको बताउँदै २०७१ भदौ १८ गतेदेखि यहि विद्यालयमा रहेको बताए । आफ्नो सरुवा भएपनि जान तयार रहेको बताउँदै विद्यालयबाट रवाना पत्र नपाउँदा जान नसकेको बताए । उनका अनुसार व्यवस्थापन समितिले स्थायी दरबन्दीसँग राहत कोटा नसाट्ने निर्णय गरेको छ । सोही अनुसार नगएको कठिनाई नभएको उनी बताउँछन् ।
आफूले नगरपालिका विपरित जान नसक्ने जनाउँदै सरुवाविरुद्ध विद्यार्थीहरूले आन्दोलन गरेको जानकारी पाएपछि विद्यालयमा गई सम्झाईबुझाई गर्दा पनि नमानेको उनले बताए । आफूले विद्यालयलाई दिएको नतिजा प्रभावकारी भएर विद्यार्थीहरूले सरुवा नगराउन माग गरेको हुनसक्ने शिक्षक अर्यालले बताए ।
यस्तै विद्यालयको प्रधानाध्यापक अर्जुन प्रसाद लोहरले २०८१ बैशाख १२ गते नगर शिक्षा समितिले अर्यालको काज सरुवा गरेको बताए । उनका अनुसार सरुवा रोक्न विद्यालय व्यवस्थापन समितिले नगरपालिकालाई आग्रह गरेको छ । पुरुषोत्तम अर्याल प्रभावकारी शिक्षक रहेकोले सरुवा नगर्ने, विद्यालय व्यस्थापन समिति, विद्यार्थी र शिक्षकहरूको माग छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुनाल प्रताप शाहलाई यसबारे बुझ्न खोज्दा सम्पर्क भने भएको छैन् ।
यता नगरपालिका शिक्षा, युवा तथा खेलकुुद शाखा प्रमुख पूर्ण बहादुर विश्वकर्माले निर्णय विपरित कार्य गर्न नहुने बताउँदै सरुवा भएको स्थानमा कार्यमा जानुपर्ने उनले जनाए । शिवराज नगर शिक्षा समितिले गरेको निर्णय शिक्षक अर्यालले नमाने कानुन अनुसार कार्वाही गर्ने उनले बताए । नगरपालिकाले मातहातमा रहेको सबै विद्यालयका शिक्षक केहि महिना पहिले सरुवासँगै अर्याललाई समेत प्रकाश माध्यमिक विद्यालय सुन्दरीडाँडा कपिलवस्तुमा नै सरुवा गरेको थियो ।