ट्रेंडिंग:

>> अर्थमन्त्री पौडेल हस्तक्षेपकारी बजेटको पक्षमा : रकम कटौती हुने भएपछि धेरैजसो मन्त्रालय असन्तुष्ट >> रमन श्रेष्ठलाई बार अध्यक्ष मिश्रको चुनौती : तपाईँ तयार हो भने सबै वकिलको दलीय सदस्यता खारेज गरौँ >> संविधानको रक्षा गर्न गणतन्त्रवादी दल एक ठाउँमा उभिन सहमत >> पौरस्त्य समाज नेपालको पुनर्गठन >> मुख्यमन्त्री आचार्यद्वारा १० औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटन >> युवा सम्मेलनमा राष्ट्रिय युवा संघ नेपाल रूपन्देहीले २३ सय ५० युवा काठमाडौ लैजाने  >> आज अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको अवस्था कस्तो छ ? >> रातमा भुलेर पनि नखानुहोस्, यी तीन चीज, देखिन्छ नकारात्मक असर >> बुटवलको बुद्धनगरमा गोली चल्यो >> तातोमा ‘लोहार दाई’ >> सातवटै वडामा उज्यालो समाजका लागि सार्वजनिक प्रतिबद्धता >> पर्यावरण मैत्री लघुकथा वाचनको एक दिन…… >> श्रीनगर घुमघाम र बिचरणको रोमाञ्चकता >> अराजकता नरोकिए शिक्षा प्रणाली ध्वस्तः मन्त्री तिमल्सिना >> रातीमा मणिमुकुन्द भलिबल >> ‘पैसा चुहिने’ भन्सारमा संसदीय समितिको निरीक्षण >> मध्यरातिसम्म प्रधानमन्त्री र सभामुखसँग शिक्षक महासंघको छलफल >> पानी पार्ने प्रणाली पश्चिमबाट पूर्वतिर सर्दै >> लुम्बिनी कप महिला फुटबलमा आर्मीको विजयी सुरुवात >> रुपन्देहीमा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसिप सुरु >> नगरभित्र ट्राफिक व्यवस्थापनमा लचकता अपनाउन ट्राफिक प्रहरीलाई आग्रह >> दाङमा बस दुर्घटना: दुईजनाको मृत्यु >> मणिमुकुन्द भलिवल कप इन्डो नेपाल प्रतियोगिताको तयारी पूरा, उदघाटन खेलमा आयोजक र भारतीय टिम भिड्दै >> देश विकासमा पूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री >> देवदह र आयोजक वेष्ट्रन विजयी >> गभर्नरमा गुणाकरलाई रोक्न सर्वोच्चमा रिट, आइतबार पेसी >> लुम्बिनीको मासिना बाबा नरेन्द्रपूरी माध्यमिक विद्यालयमा नक्कलको भिडियो लिक >> १०२ ग्राम ब्राउन सुगर सहित दुई युवा पक्राउ >> टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु >> अमेरिकाले फालेका कागज पढेर चीनले निकाल्यो नुनबाट आणविक शक्ति >> सेयर बजार १.९४ प्रतिशतले बढ्यो >> कक्षा १२ को परीक्षा सारिएको छैन, भ्रममा नपर्न बोर्डको अनुरोध >> प्रचण्ड पुगे गौतम बुद्धले बाल्यकाल बिताएको तिलौराकोट क्षेत्र >> यमनको बन्दरगाहमा अमेरिकाको भिषण हवाई हमला, ३८ सर्वसाधारणको मृत्यु >> इभि गाडीको चार्जिङ स्टेशनसंगै ‘द डेली ग्राइण्ड क्याफे’ सन्चालनमा  >> क्यान्सर पीडित धवलशमशेर राणा हाजिर जमानीमा रिहा हुने तयारी >> ६ महिनापछि पुनः चलायमान भयो हेटौँडा सिमेन्ट उद्योग >> चेपाङ समुदायका लागि आवास निर्माणका कार्यक्रम ल्याउँछौंः प्रधानमन्त्री >> शिलन्यास बहिष्कार गरेकी रेणु अन्ततः भरतपुर सडकको उदघाटनमा >> दाउन्ने सडकखण्डमा एकतर्फी रूपमा मात्र गाडी चल्न थाले >> लुम्बिनी प्रदेश सरकारले ल्याउने बजेट घाटाविहीन, टुक्रे योजनाको अन्त्यतर्फ सरकार >> सुनको भाउ तोलामा आठ सय रुपैयाँले घट्यो >> सशस्त्रको ब्यारेकमा मध्यरातमा गोली चले पछि… >> राष्ट्र बैंकका निर्देशक गुणाकर भट्टले दिए राजिनामा >> भीमाको उपचारमा अस्तालको लापरवाही ठहर, १५ लाख क्षतिपुर्ति भराउन अदालतको आदेश >> लमही–कोइलावास सडकखण्डमा बस दुर्घटना, २१ जना घाइते >> दाल धेरै भयो वा बाँकी रहयो, उसो भए सजिलो तरिकाले पराठा बनाएर खानुहोस् >> आज राष्ट्रिय टोलीका तीन सदस्य सहित त्रिभुवन आर्मी क्लब मैदानमा उत्रिदै  >> बिराटनगर एमालेमा ओली पक्षधर क्लिन स्विप, ढकाल समुह बिजयी >> बारामा साढे तीन क्विन्टल बढी गाँजा सहीत ५ जना पक्राउ

सूर्यदर्शन सहकारीको डेढ अर्ब ठगीमा रवि संलग्न, तेस्रो चरणमा पनि अनुसन्धान हुने

१ पुष २०८१, सोमबार
१ पुष २०८१, सोमबार

बुटवल, १ पुस ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेसहित ५१ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझाएको छ।

सहकारी ठगीमा ६५ जनाको संलग्नता भनिए पनि १४ जनाको भने नाम मात्र थाहा भएको र ठेगाना नखुलेकाले पछि खुलेका बखत कास्की प्रहरीले अनुसन्धान गरेर पूरक प्रतिवेदन पेस गर्ने भएको छ।

प्रहरीले यी प्रतिवादीहरूबाट सहकारी ठगीमा १ अर्ब ५१ करोड ४० लाख ९४  हजार १९४.३ पैसा बिगो दाबी गर्न सरकारी वकिलको कार्यालयमा राय दिएको छ।

‘हामीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गरेका थियौँ। अनुसन्धान गर्ने क्रममा फेला परेका सबुत प्रमाणहरू विश्लेषण गरेका छौँ र अनुसन्धान प्रतिवेदनमा सामेल गरेका छौँ। ६५ जना प्रतिवादीमध्ये १४ जना प्रतिवादीको नाम खुलेको छ तर ठेगाना खुलेको छैन। ५१ जनाविरुद्ध ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणअन्तर्गत कारबाहीको माग गरिएको छ,’ डीएसपी शर्माले भने, ‘तीमध्ये ३७ जना फरार र १४ जना कारागारमा हुनुहुन्छ। फरारलाई पक्राउ गर्ने प्रक्रियामै छौँ। उहाँहरूले अहिलेसम्म प्राप्त गरेको हिनामिना भएको १ अर्ब ५१ करोड ४० लाख ९४  हजार १९४।३ पैसा हुन आउँछ।’

कास्की प्रहरीले ८६ दिन लगाएर अनुसन्धान टुंग्याएको हो। अब चार दिनभित्रमा सरकारी वकिल कार्यालयले अभियोगपत्र दायर गर्नेछ। लामिछानेसहित पक्राउ परेका प्रतिवादीहरूलाई थप हिरासतमा राख्नका लागि मंगलबार पुनः म्याद थपको तयारी छ।

प्रहरीले अनुसन्धान सकेकाले अब आफूहरूले प्रतिवेदन अध्ययन गरेर अभियोजनको तयारी गरुन्जेललाई हिरासतमा राख्न अनुमति माग्ने जिल्ला सरकारी वकिल कार्यालयकी प्रमुख कमला काफ्लेले बताइन्।

‘सोमबार दिउँसो प्रहरीले प्रतिवेदन बुझाइसकेको छ। अब हामी थप अध्ययन गरेर ककसलाई कुन कुन कसुरमा मुद्दा चलाउने भन्ने निर्णय गर्छौं र अभियोग पत्र दायर गर्छौं’, काफ्लेले भनिन्, ‘हामीले पाउने बढीमा चार दिन हो। यो म्यादभित्र अदालतमा मुद्दा पुगिसक्छ।’

कास्की प्रहरी प्रवक्ता तथा डीएसपी वसन्तकुमार शर्माले ठेगाना नखुलेका १४ जनालाई खुलेका बखत पक्राउ गरी गरी अनुसन्धान गर्ने गरी ५१ जनाविरुद्ध मुद्दा लगिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission