© २०२३
गुल्मी, २९ मंसिर ।
शुक्रबार साँझ गुल्मीमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य पाँच जना घाइते भएका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
बुटवलबाट गुल्मीको देउरालीतर्फ आउँदै गरेको सुदुरपश्चिम प्रदेश १००१ ज १३८५ नम्बरको गाडी मुसिकोट नगरपालिका ४ दजाकोटमा दुर्घटना हुँदा रेसुङ्गा नगरपालिका ८ का ४५ वर्षीय रबिनकुमार श्रीसको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पोखरेलका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा मृतक श्रीसकी पत्नी ३८ वर्षीय वसन्ती श्रीस र उनका छोरा ८ वर्षीय एक्सन श्रीस पनि घाइते भएका छन्।
त्यसैगरी गाडी चालक गुल्मीको मुसिकोट नगरपालिका वडा २ देउरालीका २४ वर्षीय दिपक सुनार, सोही ठाउँका २० वर्षीय माधव आचार्य र ४३ वर्षीय गंगा भट्टराई पनि घाइते भएका प्रहरीले जनाएको छ। घाइतेहरुलाई गुल्मी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पाल्पा रेफर गरिएको छ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी