© २०२३
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गसँग सम्बन्धित पूर्वाधार निर्माण कार्यको समयमा परिवर्तन गरिएको छ। अब पुस १७ देखि विमानस्थल ८ घन्टा मात्र बन्द हुनेछ। यसअघि, कात्तिक २३ देखि राति १० बजेबाट बिहान ८ बजेसम्म बन्द हुँदै आएको थियो।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा आगामी पुस १७ देखि निर्माण कार्यको समयावधि घटाएर राति १० बजेदेखि सुरु गरेर ११ बजे सम्म र बिहान ८ बजेसम्मको बन्द अवधि ७ बजेसम्म राखिएको जानकारी दिए।
अधिकारीका अनुसार, अहिले भइरहेको पूर्वाधार विस्तारको प्रगति लक्ष्यभन्दा बढी देखिएकाले समय घटाइएको हो। उनले बिहानको उडान समय पनि ७ बजे गरिएको र यसले पर्वतीय उडान र विदेशी उडानहरूमा असर नगर्ने बताउनुभयो।