© २०२३
बुटवल, २८ मंसिर ।
एसियाली बिकास बैक (एडीवी), नेपाल सरकार र सिद्धार्थनगर नगरपालिकाको संयुक्त लगानीमा संचालन हुन लागेको युआरएलआईपी योजना अन्तर्गतका विभिन्न सहरी सडक निमार्णका लागि नगरपालिका र निर्माण व्यबसायी बीच सझौता भएको छ ।
एक अर्ब अठार करोडको लागतको उक्त योजनामा बिहीबार सिद्धार्थनगर नगरपालिका र निर्माण कम्पनी ईकेके ईनफ्रास्टचर लिमीडेट भारत बिच सम्झौता भएको हो ।
सम्झौता पश्चात कार्यदेश पाएको ९ सय दिन भित्र निर्माण कम्पनीले योजना सम्पन्न गरिसक्नु पर्नेछ । यो योजना अन्तर्गत नाला, फुटपाथ, सेफ्टी रेलीङ्ग, खानेपाली, बिजुली, स्टेटलाईट, सडक कालोपत्रे, आरसिसि ढलान तथा नगर सुन्दरीकरणका लगायतका काम हुने सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले जानकारी दिए । उनले यो योजनालाई नगरको गौरवको आयोजनाको रूपमा लिईएको र समयमै सम्पन्न गर्नको लागि निर्माण कम्पनीलाई आग्रह समेत गरे ।
एडवीको ऋण लगानीमा ७५ प्रतिशत नेपाल सरकारको अनुदान, १८ प्रतिशत नगर विकास कोष र नगरपालिकाको ऋण सम्झौता तथा बाँकी ७ प्रतिशत नगरपालिकाको आन्तरिक स्रोतबाट लगानी हुने नगरपालिकाका योजना शाखाका ईन्जीनीयर साकार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार यसअघी एडीवीका आईयुडीपी र आरयुडीपीका योजना सफता पुर्वाक सम्पन्न गरे पश्चात नगरपालीकाले यो तेस्रो चरणको योजना सुरु गरेको हो । अघील्ला दुई योजनाको उत्कृष्ट ब्यवस्थापन गरे वापत नगरपालीका पुरस्कृत समेत भएको थियो । सिद्धार्थनगर नगरपालीकाकी उपप्रमुख उमा अधीकारीले नगरपालीकाको अथक प्रयासले गर्दा अन्य पालीकामा भन्दा यहाँ ठेक्का प्रक्रीर्या छिटो भएर योजना लागुहुने चरणमा पुगेको उल्लेख गर्दै निमार्णको क्रममा पनि नगरपालीकाले पुर्ण रूपमा सहजीकरण गर्ने बताईन । एडीवीको ऋण लगानीमा हुने युआरएलआईपी योजना रूपन्देहीका सिद्धार्थनगर सहीत तिलोक्तमा, देवदह, शैनामैना र लुम्बिनी सांस्कृतीक नगरपालीकामा पनि आएको छ । तर ति पालीकाहरूमा यो योजना अहीले अध्यनकै क्रममा छ । भने सिद्धार्थनगरमा ठेक्का सम्झौतासम्मको चरणमा आएको हो ।
यो योजना अन्तर्गत बिभिन्न २७ वटा सडक तर्फ साढे तेहीस किलोमिटर बढी लम्वाईका सडक निमार्ण हुने छ । सडक तर्फ खासगरी सुगरमिल, सुकुनी पथ देखी डण्डा कोरीडोर जाने सडक, भिमकाली पथ, दुर्गा कोलीनीका भित्री सडकहरू निर्माण हुने छन् । सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधीकृत जनक थापाले सम्झौता पश्चात एक दुई महिना भित्रमा नै यो योजना कार्यान्वयनको चरणमा जाने बताए । उनले यो योजना पुरा हुँदा नगरको बिकासमा धेरै अगाडी बढ्ने बताए । धेरै मेहनत गरेर नगरको रणनीतीक योजनालाई समयमै सुरु गर्न सफल भएको समेत उनले बताए । निर्माण कम्पनी ईकेके ईनफ्रास्टचर लिमीडेटका प्रतिनीधी विक्रम गौतमले नगरको गौरवको योजनालाई आफुहरूले समयमै पुरा गर्ने प्रतिबता जनाए ।