© २०२३
काठमाण्डौ –
नेपाल पत्रकार महासङ्घमा नयाँ नेतृत्व चयनको लागि आज चुनाव हुँदैछ । केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुन लागेको हो ।
चुनावका लागि केन्द्र, प्रदेश र शाखाहरूमा उम्मेदवार मनोनयनको प्रक्रिया सकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । यस पटकको चुनावमा केन्द्रीय समितिका लागि ३ वटा मतपत्र रहेको छ ।
केन्द्रीय पदाधिकारीका लागि हल्का निलो, प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यका लागि सेतो र अन्य केन्द्रीय सदस्य तथा लेखा समितिको लागि हल्का गुलावी रङको मतपत्र रहेको छ । प्रदेश कार्यसमिति र शाखा कार्यसमितिले मतपत्रको ढाँचा र रङ आफैँ छनोट गर्न सक्ने निर्वाचन समितिले जनाएको छ ।
समितिका अनुसार आफ्नो परिचय खुल्ने म्याद भएको महासङ्घद्वारा जारी परिचयपत्र वा सूचना तथा प्रशारण विभागद्वारा जारी परिचयपत्र वा नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा नेपाल सरकारद्वारा जारी गरिएको परिचय खुल्ने तस्वीरसहितको परिचयपत्रका साथ उपस्थित भई मतदान गर्न सकिनेछ ।
केन्द्रीय समितिको अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाले उम्मेदवारी दिएका छन् ।
वरिष्ठ उपाध्यक्ष पदका लागि गोविन्दप्रसाद चौलागाईं, दीपक आचार्य र रोसन पुरी तथा उपाध्यक्ष महिलामा गंगा पौडेल र नितु पण्डितको उम्मेदवारी परेको छ ।
समावेशी उपाध्यक्षमा उमिदप्रसाद बागचन्द, मोहनकुमार सिंह र सुभाषप्रसाद साहले उम्मेदवारी दिएका छन् । त्यस्तै महासचिवमा जन्मदेव जैशी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेको उम्मेदवारी परेको छ । त्यस्तै रुपन्देही अध्यक्षका लागि दिनेश पाण्डे, विनोद परियार र अमृता अनमोलको उम्मेदवारी परेको छ । उपाध्यक्षमा विश्वास ढकाल निर्विरोध भएका छन् भने महिला उपाध्यक्षको लागि मिना पाण्डे (अस्मिना), माया केसी र उषादेवी पन्थको उम्मेदवारी परेको छ । त्यस्तै सचिवमा सिपि खनालको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा नरेश केसी र सञ्जय सौगात बिक, सहसचिवमा झविन्द्र देवकोटा, टेकराज भुसाल तथा माधव न्यौपाने र सहसचिव समावेशीमा सुमनरश्मी श्रेष्ठ, सुनिता चुँदाली र राधेश्याम विश्वकर्माको उम्मेदवारी परेको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी