Butwal Today

कास्की अदालतले रवि लामिछानेको म्याद पाँच दिन थप्ने निर्णय

२७ मंसिर २०८१, बिहीबार
अ+
अ-

कास्की, २७ मंसिर।

सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले पाँच दिनको म्याद थपेको छ।

प्रहरीले लामिछानेलाई ठगीको आरोपमा गिरफ्तार गरिसकेपछि उनलाई अदालतमा पेश गरिएको थियो। अदालतले अनुसन्धानका लागि पाँच दिनको म्याद थप्ने निर्णय गरेको हो।

सहकारी ठगीमा लामिछानेको संलग्नता रहेको आरोप लागेको छ, र प्रहरी अनुसन्धान जारी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?