© २०२३
पर्सा ।
पर्सा जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगीको अभियोगमा अनुसन्धान गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिरासतमा राखेर पोखरातर्फ पठाएको खबर छ। निजसँगको बयान पूरा भएपछि उनलाई विमानमार्फत कास्की पठाउने तयारी गरिएको हो।
हाल उनी सिमरा विमानस्थलमा रहेका छन् र त्यहाँबाट काठमाडौँ हुँदै कास्की पुर्याइने जानकारी पर्सा जिल्ला प्रहरी कार्यालयका डीएसपी किशोर लम्सालले दिएका छन्।
यसअघि, पर्सा जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख भोलानाथ निरौलासहितको टोलीले रवि लामिछानेसँग बयान लिएका थिए।