ट्रेंडिंग:

>> कालिका मानव ज्ञानमा आन्तरिक खेलकुद जारी >> अख्तियारले सशस्त्र प्रहरी निरीक्षक छविलाल कुँवरविरुद्ध भ्रष्टाचार मुद्दा दायर >> आज शेयर बजारमा व्यापक वृद्धि, कारोबार रकम ५ अर्ब पुग्यो >> परराष्ट्रमन्त्री आरजु राणा र लक्जमबर्गका उपप्रधानमन्त्री जेभियर बेटेलको भेटवार्ता >> सहकारी बचतकर्ताको रकम फिर्ताका लागि परिणाममुखी काम गर्न सरकारलाई मानव अधिकार आयोगको निर्देशन >> नेपालका २२५ शान्ति सैनिकहरु यूएन मिसनका लागि प्रस्थान >> सहकारी संस्थाका सञ्चालकको सम्पत्ति बेचेर साना बचतकर्तालाई रकम फिर्ताको माग >> अल्लु अर्जुनको ‘पुष्पा २’ ने बक्स अफिसमा नयाँ रेकर्ड तोड्यो, ९०० करोड पार >> काठमान्डु १०३ रनमा अलआउट, लुम्बिनीलाई १०४ रनको लक्ष्य >> नेकपा एसको स्थायी कमिटी बैठक जारी >> कृष्णप्रसाद भण्डारीलाई ‘दयाराम परियार स्मृति मानव अधिकार पुरस्कार’ सम्मान >> अष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज >> डा. सुरेशप्रसाद आचार्य सूचना आयोगका प्रमुख, गगन विष्ट र दुर्गा भण्डारी पनि नियुक्त >> लुम्बिनीविरुद्ध काठमाडौंले ब्याटिङ गर्ने >> सुदूरपश्चिमको जबरजस्त जित, जनकपुरलाई ७२ रनले पराजित >> श्रीमती र सासुले धेरै पैसा मागेको भन्दै श्रीमानले गरे आत्महत्या >> सुन मूल्य २,००० ले बढ्यो >> कैलालीमा दुर्घटनामा परेर कलाकार हिक्मत महराको निधन >> प्राईड अफ डान्सको फिनाले शनिबार हुदै >> दक्षिण कोरियामा राष्ट्रपति युन सुक योलको कार्यालयमा प्रहरीको छापा >> एउटा यस्तो फिल्म, जो १६ बर्षमा बन्यो, रिलिज पछि मच्चायो तहल्का >> नेपालमा भूकम्पको क्रम जारी : बझाङमा ३.९ रेक्टर स्केलको भूकम्प >> रवि लामिछानेलाई सिमराबाट कास्की पठाइयो >> सुदुरपश्चिमले जनकपुरलाई दियो १२४ रनको लक्ष्य >> कतारले बेलायतसँग थप १२ टाइफुन लडाकु बिमान किन्ने >> स्मार्ट बाेक्ने सबैकाे गुगलले गर्छ ट्रयाकिङ, उसो भए रोक्ने कसरी ? >> च्याम्पियन्स लिगमा रियल म्याड्रिडको जित >> नाइजेरियामा बन्दुकधारीले गरे ५० महिला र बालबालिकाको अपहरण >> प्रमुख सुचना आयुक्त र आयुक्तहरूले लिए सपथ >> व्यवसायिक बन्न मन्त्री केसीको आग्रह >> स्ट्याण्डर्ड चार्टर्ड बैंक लाभांश दिने >> पर्वतेको गरिमा जोगाउने कि गुमाउने ? >> अक्षर नचिन्ने अब पढ्न लेख्नेतर्फ >> बुटवल– नारायणगढ सडक बिस्तारमा ३२३ श्रमिक काममा >> करोडको सिंचाई आयोजनाः सुरु नहुँदै भास्सिदै–भत्किदै >> लैङ्गिक हिंसा न्यूनीकरण गर्न सबैको सहयोग आवश्यक’ >> एनपीएल : आज जनकपुर र सुदूरपश्चिम तथा काठमाण्डौ र लुम्बिनी खेल्दै >> देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराई र काठमाडौँ उपत्यकामा हुस्सु >> लुम्बिनी प्रदेशको जन अभियानको नेतृत्वमा पूर्व मेयर अधिकारी >> कालिका मानव ज्ञानको ६४ औ वार्षिकोत्सव, विविध आन्तरिक खेलकुद शुरु >> पोखरा एभेन्जर्सलाई हराउँदै कर्णालीको तेस्रो लगातार जित >> तनहुँ जलविद्युत ६३% प्रगति, बाँध निर्माण सुरु >> सेयर बजारमा गिरावट, कारोबार रकममा कमी >> रवि लामिछानेसँग ५ घण्टा बयान >> यसवर्षको शरद ऋतुमा नेपालका हिमालमा ६२५ पर्यटकको आरोहण >> फ्रान्स र जर्मनीले ससर्त सिरियाको नयाँ नेतृत्वसँग सहकार्य गर्ने घोषणा >> असदले देश छाडेर भागेको भन्दै मस्कोस्थित सिरियाली राजदुत क्रुद्द >> कर्णाली याक्सका विलियम बोसिस्टोको उत्कृष्ट बलिङ: पोखरा एभेन्जर्स १०४ रनमै अलआउट >> कपिलवस्तुका फुटबल खेलाडी निशान न्यौपानेको स्कुटर दुर्घटनामा मृत्यु >> भ्रष्टचारको मुद्दामा बयान दिन इजरायली प्रधानमन्त्री पुगे अदालत

लैङ्गिक हिंसा न्यूनीकरण गर्न सबैको सहयोग आवश्यक’

२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार

चन्द्रौटा(कपिलवस्तु), २६ मंसिर ।

शिवराज नगरपालिकाकी उपमेयर शिवकुमारी थारुले लैंगिक हिंसाको अन्त्यका लागि समुदायको सक्रिय भूमिका र सचेतना आवश्यक रहेको बताएकी छन् । महिला तथा बालबालिकाको हक र अधिकार सुनिश्चित गर्न सबै क्षेत्रबाट सहकार्य हुनु पर्ने बताईने लैंगिक हिंसाविरुद्धको अभियान नियन्त्रण गर्नेको दायित्व केवल महिलाको मात्र नभएर सबै समुदाय, सबै वर्गको रहेको उनको भनाइ छ ।

कपिलवस्तुको शिवराज नगरपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । नोभेम्बर २५ देखि डिसेम्बर १० तारिख (मंगलबार) सम्म सञ्ंचालित अभियान सार्थक पार्नु आवश्यक रहेको बताउँदै हिंसामुक्त समाज निर्माणका लागि सबै क्षेत्रबाट सशक्त पहल गर्ने उपमेयर थारुले जिकिर गरिन् । शिवराज नगरपालिकाले आगामी दिनमा हामी अझ प्रभावकारी कदम चाल्दै नागरीकको सुरक्षाका लागि प्रतिबद्ध रहेको बताईन ।

यसैबीच शिवराज नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष नेत्र प्रसाद बेल्बासेले हिंसाको उन्मूलनका लागि सामाजिक र सांस्कृतिक सोंच परिवर्तन गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका निवर्तमान सभापति विष्णु प्रसाद खतिवडाले मानव अधिकार संरक्षण र प्रवर्द्धनमा सबै तहका सरकारको भूमिकामा सुधार आवश्यक रहेको बताए ।

अभियानलाई प्रभावकारी बनाउन सिद्धार्थ सामाजिक विकास केन्द्रले नगरसँग सहकार्य गरेर शिवराजका ८ वडामा लैंगिक हिंसाका घटनाहरूलाई न्यूनीकरण गर्न विभिन्न कार्यक्रम संस्थागतरुपमा अभियान संचालन गरेको केन्द्रका कार्यक्रम संयोजक अजय चौधरीले बताए । कार्यम्रममा व्यापार संघ कपिलवस्तुका महासचिव गोपनल बन्जाडे, चन्द्रौटा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पारशमणि पाण्डे , शान्ति पुनस्थापना गृह कपिलवस्तुका भुमिराज भट्टराई र महिला मानव अधिकारकर्मी मिना परियारले लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए । अभियानलाई सार्थक बनाउन सक्रिय संस्थाहरुले सचेतनामूलक विभिन्न कार्यक्रम गर्दै आएपनि हिंसा भने न्यूनीकरण हुन सकेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?