Butwal Today

रवि लामिछानेसँग ५ घण्टा बयान

२५ मंसिर २०८१, मंगलवार
अ+
अ-

वीरगन्ज ।

जिल्ला सरकारी वकिलको कार्यालय पर्साले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग मंगलबार ५ घण्टा लामो बयान लिएको छ। बयान बिहान ९ बजे सुरु भएर आज समापन भएको थियो। जिल्ला सरकारी वकिल कार्यालयका मुख्य न्यायधिवक्ता भोलानाथ निरौलाले लामिछानेसँग बयान गरिएको जानकारी दिँदै अब उनलाई लिखित बयान दिन लगाइने बताए।

पूर्व गृहमन्त्री समेत रहेका लामिछानेमाथि अनुसन्धान भने नसकिएको भन्दै मंगलबार पनि उनलाई पर्सा प्रहरीले हिरासतमा राख्ने निर्णय गरेको छ।

लामिछाने र अन्य १४ जनामाथि सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोप लागेको छ। यस सम्बन्धमा अनुसन्धानका लागि पर्सा जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो।