ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

स्थानीय सरोकारका सुझाव प्रतिवेदनमा समेटिने

२३ मंसिर २०८१, आइतबार
२३ मंसिर २०८१, आइतबार

जितपुर, २३ मंसिर ।
बाणगङ्गा नगरपालिकामा पर्ने बाणगङ्गा नदी, धिरी र कोइली खोलामा नदीजन्य पदार्थ (बालुवा, गिट्टी, ढुंगा) संकलन र उत्खननका लागि प्रारम्भिक वातावरणीय परीक्षण सम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम भएको छ ।
सार्वजनिक सुनुवाइ शनिवार बाणगंगा वडा न. ८ मा गरिएको थियो । नदीजन्य पदार्थ भएका अन्य वडा हरूमा क्रमस सुनुवाई गरिने बताईएको छ । बाणगंगाका ६,७,८ र ९ नम्बर वडामा सुनुवाइ गरिने छ ।
प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (आईईई) तयार गर्दा नेपालमा विद्यमान ऐन, नियम, नीतिहरूको गहन अध्ययन गरिने प्राकृतिक श्रोत व्यवस्थापन विज्ञ ईन्द्रमणि पौडेलले बताए । उनका अनुसार प्रतिवेदनले नेपालको संविधान, नीतिगत तथा कानूनी व्यवस्था, र वातावरणीय सुरक्षा सुनिश्चित गर्न आवश्यक मापदण्डहरूलाई प्राथमिकता दिने छ ।
नेपालको संविधान २०७२ अनुसार, धारा ३० (१) मा नागरिकको स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने मौलिक हकको व्यवस्था छ । साथै, धारा ५१ (छ) अन्तर्गत प्राकृतिक स्रोत साधनको संरक्षण र दिगो उपयोग तथा औद्योगिक तथा भौतिक विकासबाट हुने वातावरणीय जोखिम न्यूनीकरणको विषय उल्लेख छ ।
परामर्शदाताको रूपमा लुम्बिनी सामाजिक विकास केन्द्र, सन्धिखर्क, अर्घाखाँची, लुम्बिनी प्रदेशले कार्यक्रम सञ्चालन गरेको हो । बाणगंगा नगरपालिकाको आयोजनामा सुनुवाई गरिएको थियो ।
सुनुवाइ कार्यक्रममा वडा न. ८ का वडा अध्यक्ष बाबुराम अर्यालले भने “हाम्रो वडामा विकास र वातावरणीय संरक्षणबीच सन्तुलन कायम गर्न अत्यन्तै आवश्यक छ, ।” “यस प्रतिवेदनले हाम्रो प्राकृतिक स्रोत–साधनको दीगो उपयोग सुनिश्चित गर्ने र औद्योगिक गतिविधिहरूले पर्न सक्ने जोखिमलाई न्यूनीकरण गर्ने महत्त्वपूर्ण भूमिका खेल्नेछ । तर, योजनाहरूको कार्यान्वयन गर्दा स्थानीय समुदायका माग र आवश्यकता पनि प्राथमिकतामा राखिनुपर्छ ।”
अध्यक्ष अर्यालले प्रतिवेदन तयार गर्ने क्रममा स्थानीयवासीको प्रत्यक्ष सहभागितालाई सुनिश्चित गर्न जोड दिँदै भने, “हामीलाई हाम्रो क्षेत्रको जैविक विविधता र प्राकृतिक स्रोतको दीर्घकालीन संरक्षणका लागि ठोस कदम चाल्न आवश्यक छ । यसका लागि जनताको सहभागिता र सरोकार अत्यन्तै महत्त्वपूर्ण हुनेछ ।”
सुनुवाइ कार्यक्रममा स्थानीयवासीले जलस्रोत, वन संरक्षण, र फोहोरमैला व्यवस्थापनका विषयमा सुझाव प्रस्तुत गरेका थिए। अध्यक्ष अर्यालले यी सुझावलाई प्रतिवेदनमा समेट्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा स्थानीय बासिन्दाले नदीजन्य उत्खननका कारण पर्ने सम्भावित पर्यावरणीय असरहरूबारे चिन्ता व्यक्त गरेका छन् भने वैकल्पिक समाधानका उपायहरूबारे सुझाव समेत दिएका छन् । वातावरणीय प्रभाव मूल्यांकनका सन्दर्भमा थप छलफल र सुधार गर्नुपर्ने सुझाव कार्यक्रमका सहभागीहरूले दिएका छन् ।
सार्वजनिक सुनुवाइले योजना कार्यान्वयनअघि स्थानीय समुदायका आवाज सुन्ने र पारदर्शिता बढाउने उद्देश्य पूरा गरेको छ । यसबाट वातावरणीय र सामाजिक प्रभावलाई न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । कार्यक्रममा स्थानीय समुदाय, सरोकारवाला निकायका जन प्रतिनिधि, वातावरणविद्, र विज्ञहरूको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?