ट्रेंडिंग:

>> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर

‘निर्माण होली डे को तयारीमा छौ ।’—महासंघका केन्द्रिय उपाध्यक्ष रायमाझी

निर्माण दिवसमा संघका ब्यवसायीहरुले डेढ लाख बराबरको शैक्षिक सामग्री तथा पोशाक वितरण गरेका छन ।
२२ मंसिर २०८१, शनिबार
२२ मंसिर २०८१, शनिबार

बुटवल, २२ मंसिर । १७ औ निर्माण दिवसको अवसरमा लुम्बिनी निर्माण ब्यवसायी संघ, बुटवलले विविध रचनात्मक कार्यक्रम गरि मनाएको छ । ‘पुर्वाधार विकास, राष्ट्र निर्माणको आधार, बनौ सर्वपक्ष जिम्मेवार’ नारासहित स्थापना भएको संघले शनिबार बुटवल ११ मा रहेको मैनाबगर आधारभुत विद्यालयमा अध्ययरत विद्यार्थीहरुलाई डेढ लाख बराबरको शैक्षिक तथा पोशाक लगायतका सामग्री वितरण गरेको हो ।

एक कार्यक्रमका बिच नेपाल निर्माण ब्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष टोप बहादुर रायमाझी, कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ११ का वडासदस्य युवराज राना, लुम्बिनी निर्माण ब्यवसायी संघ रुपन्देही जिल्ला अध्यक्ष मन्जु भुषाल, लुम्बिनी निर्माण ब्यवसायी संघ बुटवलका अध्यक्ष बुध्दिराज थापा, संघ संरक्षक भिम बहादुर श्रेष्ठ, जिल्लाका सल्लाहकार जबिन कक्षपति, जिल्ला उपाध्यक्ष बिष्णु सुब्बाले विद्यालयका प्रधानाध्यापक कमला ज्ञवालीलाई सहयोग सामाग्री हस्तान्तरण गरे ।

कार्यक्रममा नेपाल निर्माण ब्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष टोप बहादुर रायमाझीले निमार्ण ब्यवसायीहरुलाई पिडा थप्ने काम सरकारबाट भएको आरोप लगाए । निमार्ण सम्पन्न भएका परियोजनाकै करीब ४० अरब रुपैया भुक्तानी बाकी रहेको भन्दै उनले अहिले निमार्ण सामग्रीमा फेरि मुल्य वृद्धिको पिडा थपिएको बताए । अहिले सिमेन्ट र छडमा मुल्य वृद्घि बिरुद्ध महासंघ निरन्तर बिरोधमा गर्दै आएको उनले बताए । मुल्य वृद्घिको बारेमा सरोकारवाला मन्त्रालयमा ज्ञापनपत्र बुझाउने, पत्रकार सम्मेलन गर्ने, विज्ञप्ति निकाल्नेमात्र नभई अब सबै ब्यवसायीहरु एकजुट भए आन्दोलन गर्नेसम्मको तयारीमा रहेको उनले बताए । ‘हामी निर्माण होलि डे गर्ने तयारीमा छौ ।’— उनले भने । निमार्ण कार्य थप्प गरेर बिरोध गर्ने गरि कार्यक्रम तय गरिरहेको उनले बताए । उनले संस्थालाई चलायमान बनाउन नया र युवा नेतृत्व जरुरी हुने बताए । नया युवाहरुबाट उदाहरणीय काम भएको उनले बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ११ का वडासदस्य युवराज रानाले अब्यवस्थित बसोबासी रहेको नगरको ओझेलमा परेको विपन्न अध्ययरत विधालयमा सहयोगको लागि छनौट गरेर महत्वपुर्ण कार्यक्रम गरेको बताए ।

कार्यक्रममा संघका संरक्षक भिम बहादुर श्रेष्ठले विधार्थीको दिशानिर्देश गर्ने र असल नागरिक बनाउने समय नै आधारभुत तहको शिक्षा भएको बताए । यो उमेरका बालबालिकाहरुलाई असल नागरिक बनाउने महत्वपुर्ण जिम्मेवारी शिक्षकको हुने भन्दै अनुसासन सिकाउन उनले सुझाव दिए ।

कार्यक्रममा संघका सल्लाहकार जबिन कक्षपतिले काम गरेर भुक्तानी नपाएको समस्या ब्यहोरिरहेको बेला मुल्यवृद्घिको अर्को समस्या थप्ने काम भएको बताए । ब्यवसायिक हकहितको पक्षमा संस्थागत रुपमा आवाज उठाउन उनले आग्रह गरे । बुटवल नगरभित्रकै ओझेलमा परेको विधालयमा १३७ जना विपन्न परिवारका विधार्थीहरुलाई सहयोग गरेर उदाहरणिय काम भएको उनले बताए ।

कार्यक्रममा लुम्बिनी निर्माण ब्यवसायी संघ बुटवलका अध्यक्ष बुध्दिराज थापाले वार्षिक कार्ययोजना अनुसार सामाजिक उत्तरदायित्व अन्तरगत विद्यालयमा सहयोग गरिएको बताए । नगरभित्रकै धेरै बिपन्न परिवारका बालबालिकाहरु अध्ययरत विद्यालयलाई थप आगामी दिनमा समेत सहयोग गर्ने उनले बताए । कार्यक्रममा माउण्टेन ईन्फ्रा ट्रेड प्रालिका प्रेम प्रसाद भुषालबाट समेत सहयोग भएको उनले बताए ।

कार्यक्रममा नेपाल निर्माण ब्यवसायी महासंघका रुद्र शर्मा, नेपाल निर्माण ब्यवसायी महासंघका उपाध्यक्ष नवराज श्रेष्ठ, नेपाल निर्माण ब्यवसायी महासंघका नितिगत उप–महासचिव बिनय ज्ञवाली, कार्यक्रममा लुम्बिनी निर्माण ब्यवसायी संघ रुपन्देही जिल्ला अध्यक्ष मन्जु भुषाल, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष निम बहादुर खड्काले सामाजिक उत्तरदायित्व अन्तरगत ब्यवसायीहरु निरन्तर लागेको बताए ।

कार्यक्रमका संयोजक तथा द्घितिय उपाध्यक्ष किशन आचार्यले ब्यवसायसंगै सामाजिक उत्तरदायित्वमा समेत आफुहरु सधै अग्रसर रहेको बताए । मुल्यवृद्घिको समस्या र आर्थिक समस्या परेको निर्माण ब्यवसायीको पक्षमा सरकार सोच्नुपर्ने समय आएको बताए ।
संस्थाका सल्लाहकार यदुनाथ पाण्डेयले जिल्लामा वर्षमा दुई पट दर रेटका समायोजन गर्ने प्रायोजन भएको भन्दै यो विषयमा ब्यवसायीहरु सचेत भएर लाग्नुपर्ने उनले बताए । भुक्तानीको विषयमा आन्दोलनमा रहेको बेला फेरि मुल्यवृद्घिको चपेटामा परेको भन्दै समस्या समाधानमा संस्थागत रुपमा लाग्नुपर्ने बताए ।

कार्यक्रममा संघका सचिव हिरा श्रेष्ठले शुक्रबार दिप प्रज्वलन गरि शुरु भएको दिवस शनिबार विधालयमा सहयोग सामग्री वितरण, आश्रममा खाना खुवाउने तथा आईतबार रक्तदान तथा शुभकामना आदानप्रदान गरि मनाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?