ट्रेंडिंग:

>> ‘बैखी माछा’ पालनमा उत्पादनसँगै आकर्षण बढ्दो >> लैंगिक हिंसा प्रभावितहरुका लागि लुम्बिनीमा पुनस्र्थापना गृह बनाइँदै >> कस्तो रहला आज देशभरको मौसम ? >> प्रधानमन्त्री आज स्वदेश फर्किने >> सानोपाइला सहकारी ठगीमा रवि लामिछानेसहित १४ जनाविरूद्ध पर्सामा पक्राउ पूर्जी >> तुलसीपुरका भाडामा रहेका वडाले आफ्नै भवनबाट सेवा दिंदै >> पाल्पामा सुन्तला महोत्सव हुने >> एमालेले विरासत फर्काउँदा काँग्रेसले गुमायो >> दुइ खेल हारेकाे बिराटनगरकाे राेमाञ्चक पहिलाे जीत, लुम्बिनी लायन्स पराजित >> जथाभावी सडक निर्माणले विपत्ती: मुख्यमन्त्री कँडेल >> सुनसरीमा सरकारी गाडीबाट ६९० किलो गाँजा बरामद >> श्रीमतीको ‘झोला काण्ड’ बचाउन खोज्दा खोज्दै महाअभियोगसम्म द. कोरियाली राष्ट्रपति >> चलचित्र बोर्डले ११ हललाई कानूनी पत्र >> दक्षिण कोरियामा महाभियोगको प्रस्ताव, राष्ट्रपति योलको चुनौती >> एपीएल: लुम्बिनी लायन्सले बनायो उच्च स्कोर, विराटनगर किङ्सलाई १९२ रनको लक्ष्य >> ज्येष्ठ नागरिक सम्मान तथा न्यानो स्विटर वितरण >> यी हुन बिआर आई फ्रेमवर्क भित्र परेका १० आयोजना >> बारा र कपिलवस्तुमा करेन्ट लागेर २ जनाको मृत्यु >> चितवनमा रविका समर्थक र प्रहरीबिच झडप (फोटोफिचर) >> राष्ट्रपति पौडेलको प्रोस्टेट शल्यक्रिया सफल, अवस्था सामान्य >> विराटनगरले टस जितेर पहिले बलिङ रोज्यो, लुम्बिनीलाइ जित्ने दाउँमा >> चितवनमा रास्वपाको प्रदर्शन, प्रहरीद्धारा बल प्रयोग >> नेपाल र चीनबिच बिआरआइ फ्रेमवर्कमा हस्ताक्षर >> भुटानका राजा भोली नयाँ दिल्ली जाँदै >> एनपीएल : करणको विष्फोटक ब्याटिङमा काठमाडौको पहिलो जित >> पुष्पाः२ फिल्म लामो भए पनि बोर हुने छैन्ः फिल्म समिक्षक >> दक्षिण कोरियाका राष्ट्रपति बिरूद्द ‘मार्शल ल’ लगाउने महाअभियोग दर्ता >> कर्णालीले दियो काठमाडौंलाइ १५० रनको लक्ष्य, शिखर धवन एक्लैले जोडे ७२ रन >> रोजगारीको प्रलोभनमा मानव तस्करीको स्वरुप फेरिएको छः सांसद केसी >> माओवादी प्रवासद्दारा बाढी पिडितलाई ५ लाख सहयोग >> एनपिएलमा सट्टेबाजी खेलाउने भारतीयहरू त्रिवि क्रिकेट मैदानभित्रै >> रूपन्देही डान्स स्टार सिजन–४ फाईनलमा २० प्रतिस्प्रर्धी >> महेशपुर भन्सार राजश्व घटेपछि प्रमुखको सरुवा >> कपिलवस्तु महोत्सवको तयारी पुरा >> जनप्रतिनिधिको तलब सुविधा कटौतीको कुरा >> एनपीएलमा कर्णाली र काठमाण्डौ तथा विराटनगर र लुम्बिनीको खेल आज >> कालीगण्डकी कोरिडोर सडक आजदेखि एक साता बन्द >> सिमेन्ट उद्योगले मूल्य बढाउँदा मर्कामा उपभोक्ता >> चुनौती बन्दै बीस वर्ष वारिका ‘आमा’ >> जाडो बढ्दै, कस्तो रहला आजको मौसम ? >> नेपाल-चीन १२ बुँदे संयुक्त वक्तव्य जारी, केरुङ-काठमाडौं रेलदेखि पोखरा र लुम्बिनीमा सीधा उडान >> दाङका १० पालिकाको समन्वयात्मक बैठक : असल अभ्यासका बारेमा जानकारी >> लुम्बिनी साँस्कृतिक नगरपालिका–१३ मा ग्याँस सिलिण्डर र चुलो वितरण >> शिक्षक तथा विद्यार्थीको प्रतिभा पहिचानका लागि वक्तृत्वकला >> हाइस दुर्घटनामा परी कञ्चनपुरमा ८ जना घाइते >> चिनिया राष्ट्रपतिकाे घोषणा: नेपाललाई ९ अर्ब अनुदान >> राैतहटमा पनि गढीमाइ मेला, कावा प्रधानमन्त्रीद्वारा मेलाको उदघाटन >> ताजमहललाई बमले उडाउने धम्की, बढाइयो सुरक्षा >> एनपीएलमा पोखरा पराजित, चितवनले मारयाे बाजी >> नेप्से परिसूचक ०.६४ प्रतिशतले बृद्दी

सुनसरीमा सरकारी गाडीबाट ६९० किलो गाँजा बरामद

१९ मंसिर २०८१, बुधबार
१९ मंसिर २०८१, बुधबार

काठमाडौँ ।

सरकारी नम्बर प्लेट भएका दुईवटा गाडीबाट सुनसरी प्रहरीले ६९० किलो गाँजा बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय धरानको टोलीले गत राति धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा १ झ ५१२७ र बा १ झ ४६०५ नम्बरको गाडीबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो। धरान—१३ अमरहाट भन्ने स्थानमा प्रहरीको चेकिङ छलेर भाग्ने क्रममा गाडी र चालक नियन्त्रणमा लिन ४ राउण्ड गोली फायर गर्नुपरेको सुनसरी प्रहरीले जनाएको छ।

घटनाबारे इलाका प्रहरी कार्यालय धरानमा पत्रकार सम्मेलन आयोजना गरेको प्रहरीले लागुऔषध गाँजासहित बरामद सरकारी नम्बर प्लेटका गाडीको सन्दर्भमा अनुसन्धान अघि बढाइएको जनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा गाँजा बोक्न प्रयोग भएका दुवै गाडीको नम्बर प्लेट भने सरकारी निकायका गाडीको नम्बरसँग मेल खाएको छ।

बा १ झ ५१२७ नम्बरको नम्बर प्लेट कानून तथा न्याय मन्त्रालयको गाडीसँग मेल खाएको छ। त्यसैगरी बा १ झ ४६०५ नम्बर भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गाडी नम्बरसँग मिलेको प्रहरीको भनाइ छ। यद्यपि नम्बर प्लेट मिले पनि गाडी सम्बन्धित कार्यालयको हो कि होइन रु भन्ने विषय अनुसन्धानपछि मात्र खुल्ने सुनसरीका प्रहरी प्रमुख एसपी सुमन तिम्सिनाले बताए।

गाँजा नियन्त्रणमा लिने क्रममा प्रहरी चेकिङलाई नै ठक्कर दिने गरी तस्करले गाडी भगाएपछि चार राउण्ड गोली फायर गरिएको प्रहरी प्रमुख तिम्सिनाको भनाइ छ। प्रहरीले गाँजासहित मोरङको सुन्दर हरैंचा(११ का ३६ वर्षीय श्यामकुमार विश्वकर्मालाई नियन्त्रणमा लिएको छ भने फरार भएका अर्का चालकको खोजी भइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?