© २०२३
बुटवल, १७ मंसिर ।
बुटवलमा देशभरका साहित्यकारहरूको जमगढ हुने भएको छ । नेपाल मगर महिला संघ रूपन्देहीको आयोजनामा हुने प्रथम मगर साहित्य महोत्सवको अवसरमा देशभरका साहित्यकारहरू बुटवल आउने लागेका हुन् । यहि मंसिर २१ र २२ गते आयोजना हुने महोत्सवमा देशभरबाट मगर साहित्य सहित अन्य साहित्यकार, कवि, कवियत्रीको सहभागीता हुने छ ।
नेपाल मगर महिला संघ रूपन्देहीले आइतबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी यही मंसिर २१ र २२ गते हुने महोत्वसको तयारी अन्तिम चरणमा पुगेको जानकारी समेत गराएको छ ।
महोत्वसको प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले उद्घाटन गर्ने कार्यक्रम तय भएको प्रचार समितिका संयोजक यम रानाले बताए । साथै उद्घाटन समारोहमा साहित्यकार प्राज्ञ बुद्ध रानामगर, नेपाल मगर संघका केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र पुन मगर, नेपाल मगर महिलाका केन्द्रिय अध्यक्ष हिरूसरा राना मगर र बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय लगाएतको सहभागिता रहने कार्यक्रम संयोजक रानाले बताए । पत्रकार सम्मेलनमा मगर समुदायको भाषा, साहित्य, ईतिहास र परम्पराको संक्षणमा टेवा पुग्नेगरी कार्यक्रम गर्न लागेको नेपाल महिला संघ रूपन्देही अध्यक्ष तथा मुल आयोजक समिति संयोजक निर्मला थापा मगरले बताइन् । सम्मेलनमा कविता बाचन प्रतियोगिता, चित्रकला प्रदर्शनी, पुस्तक प्रदर्शनी, प्राचिन सामग्रीहरूको प्रदर्शन तथा विभिन्न विषयका कार्यपत्र प्रस्तुत गरिनुका साथै प्यानल डिस्कसन हुने बताईन । मगर समुदायको भाषा, साहित्य, ईतिहास र परम्पराको संरक्षणमा टेवा पुग्नेगरी आयोजना गरिने सम्मेलनमा कविता बाचन प्रतियोगिता, चित्रकला प्रदर्शनी, पुस्तक प्रदर्शनी, प्राचिन सामग्रीहरूको प्रदर्शन तथा विभिन्न विषयका कार्यपत्र प्रस्तुत गरिने भएको छ ।
महोत्सवमा विभिन्न ७ वटा समुहगत छलफल, मगर कविता बाचन प्रतियोगिता तथा श्रष्टा सम्मान लगायतको कार्यक्रम रहेको महोसत्व मुल आयोजक समितिका प्रवक्ता शंकर गाहाले बताए । महोत्सवमा प्यानल डिस्कसनका लागि अभियन्ता तथा नेपाली बैज्ञानिक महाविर पुन मगर, चर्चित नायिका मिरुना मगर, वरिष्ठ पत्रकार जे.बी. पुन मगर सहभागि रहने उनले बताए । महोत्सवमा मगर समुदायले बोल्ने ढूट, खाम तथा काईके गरी ३ वटै भाषामा कविता बाचन प्रतियोगिता हुने उनले बताए । उक्त प्रतियोगितामा प्रथम, द्वितीय, तृतीयलाई क्रमशः १० हजार, ५ हजार र ३ हजार नगद राशीले सम्मान गरिने छ । यसैगरी सान्त्वना हुने दुई जनालाई पनि नगद पुरस्कारको व्यवस्था गरिनुका साथै सम्पूर्ण सहभागीलाई प्रोत्साहनस्वरूप नगद राशीले सम्मान गरिने गाहाले जानकारी दिए ।
प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाबाट उद्घाटन गर्ने कार्यक्रममा साहित्यकार प्राज्ञ बुद्ध रानामगर, नेपाल मगर संघका केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र पुन मगर, नेपाल मगर महिलाका केन्द्रिय अध्यक्ष हिरूसरा राना मगर र बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय लगाएतको सहभागिता रहने कार्यक्रम संयोजक यम रानाले बताए । यसैगरी महोत्सवमा समाजशास्त्री तथा अध्ययता सुरेश ढकालको प्रस्तुती रहने छ । ढकालले तयार पारेको मगर जातीको ‘भेजा’ प्रणाली सम्बन्धि डकुमेन्ट्री प्रदर्शन तथा यस बारेमा छलफल गरिने उनले बताए । देशभरका मगर साहित्यकार, कलाकार तथा फरक–फरक विधाका व्यक्तित्वहरूको सहभागिता रहने सम्मेलन आयोजनाका लागि १०१ सदस्यीय मूल आयोजक समिति तथा विभिन्न उपसमिति गठन गरिएको थियो । सम्मेलन सफल बनाउन प्रवासमा रहेका नेपालीहरूलाई जोड्न १ दर्जन बढी देशहरूमा उप समिति गठन गरेकोे प्रचार संयोजक रानाले जानकारी दिए ।
सम्मेलनमा आदिकवि जितबहादुर सिंजाली मगर साहित्य पुरस्कार र गोरे बहादुर खपाङ्गी मगर सामाजिक पुरस्कार स्थापना गरी सम्मान गरिने उनले बताए । सम्मेलन सम्पन्न गर्न २० लाख खर्च अनुमान गरिएको छ भने उक्त रकम दान दातव्य, मगर चलचित्र च्यारिटी शो, विदेशमा रहेका नेपालीहरूबाट सहयोग संकलन, क्यूआर कोटबाट न्यूनतम १० रूपैयाँ दान अभियान तथा स्थानीय सरकारसँग सहकार्य गरी संकलन गरिने बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी