ट्रेंडिंग:

>> वातावरण रक्षाका लागि नेपालले १७ प्रतिशत भूभाग संरक्षित गरेको छः प्रधानमन्त्री >> तीन दिन पालाे कुरेपछि बल्ल रवि लामिछानेकाे बयान सुरू >> विराट कोहलीलाई आईसीसीले गर्यो कारबाही >> ४१ देशका लागि संसदीय मैत्री समूह गठन >> नेकपा एमालेमा विवाद, रावलको निष्कासन र पाण्डे-तिम्सेनाको निलम्बनको निर्णय >> नयाँगाउँ मुक्तिनाथधाममा त्रिपिण्डी श्राद्ध एवं वास्तु विषयक गोष्ठी हुने >> संघीय सरकारले कानुन नबनाउँदा प्रदेश सरकारको गति अवरुद्ध: मुख्यमन्त्री आचार्य >> असदका सेनाले आक्रामण गर्दा सिरिया सरकारका १४ कर्मचारीको मृत्यु >> ताइवानका राष्ट्रपतिको उम्मेदवार माथी भ्रष्टचारको अभियोग >> बुटवलमा युएनभीको शोरुम शुभारम्भ >> रुपन्देहीमा १४ वर्षीया बालिकालाई बलात्कार,एक युवक प्रकाउ >> नेपालसँग कुटनीतिक सम्बन्ध भएका ३९ देशमा संसदीय मैत्री समूह गठन >> नेपाल स्वास्थ्य सम्मेलन २०२४ सुरु >> खेल क्षेत्रमा सरकारको लगानी बढाउन आग्रह >> आजदेखि चितवनमा महको बजारीकरणका लागि मह उत्सव आयोजना >> आज सुनको मूल्यमा ६ सयले वृद्धि >> जाजरकोटको नायकवाडामा ४.२ म्याग्निच्युडको भूकम्प >> धर्मसन्तान माथि अन्याय गर्ने अमेरिकन दम्पतिलाई १ सय वर्ष जेल >> बरुणको बेबी जोनको पहिलो दिनको भन्दा पुष्पाः २ ले २० औं दिनमा कमायो दोब्बर >> सशष्त्र प्रहरीले रगत दिएर बचाए सुत्केरीको ज्यान >> रवि लामिछानेलाई अदालत लगियो >> नेवा देय् दबू तिलोतमामा दिनेश कक्षपति >> आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची >> तिलोत्तमा मेयर क्रिकेट प्रतियोगिता सुरु >> औद्योगिक विकासमा टेवा पुग्ने विश्वास’ >> एनसेल वुमन आइकन अवार्ड शर्मालाई >> अविवेकी संसारकी विवेकी सिर्जना >> आत्महत्या बढ्यो, नियन्त्रणमा छैन चासो >> पाल्पामा किवी खेतीः भ्रमणले देखायो, समूहले फलायो >> वामपन्थी एकताः भ्यागुताको धार्नीको गफ सुरु >> दुई अध्यक्षको ‘कुर्ची तानातान’ ले एकीकरण आयोजनाको काम ठप्प >> मैत्रीपूर्ण फुटसलको उपाधि जिल्ला सुरक्षा समितिलाई >> औद्योगिक व्यापार मेलामा दर्शकको भिड : एलिनाको दमदार प्रस्तुती >> भोलि बेलुकादेखि बदली र वर्षाको सम्भावना >> एभरेष्टलाई जिल्लास्तरीय हाजिरीजवाफको उपाधि >> योमरी नेवारी खाजा फेस्टिभल सम्पन्न >> कर्णाली विकास बैंक समस्याग्रस्त घोषणा, बैंकको व्यवस्थापन सम्हाल्न समिति गठन >> एमाले बैठकमा सरकारको समीक्षा, बाह्य सम्बन्धमा सुधार >> एमाले केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गते >> अटो दुर्घटना हुँदा एकजनाको मृत्यु >> वडा नं. २ र १६ को विजयी शुरुवात >> भारतीय चर्चित गायक सोनु निगम काठमाडौं, साँझ सांगेतिक माहौल बनाउने >> गरूडाका मेयरले बाँडे सयौं गरिबलाई सिरक डस्ना >> काठमाडौंमा ९२ लाख नगदसहित तीन जना पक्राउ >> शिक्षा मन्त्रालयको चेतावनी: विदेश पढ्न जान चाहने विद्यार्थीलाई लक्षित भ्रामक प्रचार नगर्न अनुरोध >> कजाकस्तानमा यात्रुवाहक जहाज दुर्घटना, २५ जनाको जीवित उद्धार >> लुम्बिनी प्रादेशिक अस्पतालमा जसरी पनि एमआरआई ल्याउँछौं : स्वास्थ्यमन्त्री >> नेकपा एमाले सचिवालय बैठक सुरू >> कृषकलाई कृषि एम्बुलेन्स >> सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले) बीच विधेयकहरूमा छलफल गर्न कार्यदल गठन

प्रारम्भिक कक्षा सिकाइ बिद्यालय अनुदान कार्यक्रमको शुभारम्भ

१७ मंसिर २०८१, सोमबार
१७ मंसिर २०८१, सोमबार

कपिलवस्तु, १७ मंसिर।
कपिलवस्तुमा युएसएआइडी प्रारम्भिक कक्षा सिकाइ बिद्यालय अनुदान कार्यक्रमको शुभारम्भ गरिएको छ । गुणस्तरीय प्रारम्भिक कक्षा सिकाइ सेवा प्रवाहमा संघ, प्रदेश र स्थानीय सरकारको क्षमता विकास गर्ने मुख्य उदेश्य सहित यो कार्यक्रम जिल्लाको यशोधरा गाउँपालिकामा आइतबारबाट औपचारिक रुपमा प्रारम्भ गरिएको हो ।

यसोधरा गाउँपालिकामा सञ्चालित सामुदायिक विद्यालयहरूमा अनुदान वितरण कार्यक्रमको लुम्बिनी प्रदेशका सामाजिक विकाश मन्त्री जन्मजय तिमिल्सिनाले औपचारिक रूपमा शुभारम्भ गर्नुहुँदै यो कार्यक्रमबाट प्रदेश सरकारको प्रारम्भिक कक्षामा शैक्षिक पहुँच तथा गुणस्तरमा सुधार ल्याउने लक्ष्य प्राप्तिमा कोशेढुङ्गा सावित हुने विश्वास ब्यक्त गरे । साथै युएसएआइडीबाट थालनी भएको प्रारम्भिक कक्षाको सिकाइ सुधार निश्चित रुपमा अत्यावश्यक रहेको र यसबाट उच्च कक्षाहरुको सिकाइमा समेत राम्रो नतिजा ल्याउनमा महत्वपूर्ण योगदान पुग्ने कुरा बताए ।

त्यसैगरी, कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्रालयका प्रदेश सचिब भुपेन्द्र थापाले विद्यालय अनुदान कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरी शैक्षिक सुधारको यस अभियानमा सबै स्थानीय सरकारहरू तथा विद्यालयहरूलाई जिम्मेवार भएर आवश्यक समन्वय, सहकार्य र साझेदारीका आधारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरे ।

युएसएआइडी परियोजना निर्देशक डा। आनन्द पौडेलले प्रदेश तथा स्थानीय सरकारका शिक्षासम्बन्धी नीति तथा प्राथमिकता पूरा गर्नका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र अन्तर्गतका निकायहरू तथा प्रदेशस्तरमा शिक्षा हेर्ने मन्त्रालयसँग साझेदारी एवम् सहकार्य गरिरहेको बताए ।

सन् २०२३ बाट शुरु भई २०२८ सम्म चल्ने यो कार्यक्रमले शिक्षा योजना तथा नीतिहरू मार्फत सिकाइ उपलब्धि सुधारमा सुनिश्चितताका लागि स्थानीय, प्रदेश र संघीय तहको क्षमता विकासमा प्राविधिक सहायता प्रदान गर्नेछ ।

यस कार्यक्रममा यशोधरा गाउँपालिकाका ३९ विद्यालय तथा मदरसामा लागू हुने कार्यक्रम संयोजक मोहित मिश्रले बताए । यस कार्यक्रममा ३९ विद्यालय तथा मदरसाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, मौलाना, मौल्बी, ८ वटै वडाका वडाध्यक्ष, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, गाउँ शिक्षा समितिका पदाधिकारीहरु, कपिलवस्तु जिल्ला समन्वय समितिका प्रमुख, जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?