© २०२३
बुटवल, १६ मंसिर ।
रोल्पाको रुन्टिगढी गाउँपालिकामा नेपाली कांग्रेसका भूपमणि पुनमगर विजयी भएका छन्।
आइतबार भएको उपचुनावको मतगणना अनुसार उनी ६४३ मत ल्याएर विजयी भएको निर्वाचन कार्यालय रोल्पाले जनाएको छ।
एमालेका बेमग पुनले ५३५ मत ल्याए। सो वडामा माओवादी केन्द्रका नरेशजंग सिंहले जम्मा ७० मत पाएका छन्। उनी तेस्रो स्थानमा रहे।
दुई वर्षअघिको स्थानीय चुनावमा यस पदमा कांग्रेसकै टंकबहादुर गुरुङले जितेका थिए। उनको निधन भएपछि उपचुनाव भएको हो।
त्यतिखेर तेस्रो भएको माओवादीका शिवलाल रोकाले २ सय ३ मत पाएका थिए। यहाँ कांग्रेस र एमाले दुवै दलले मत बढाएका छन्। यसअघि कांग्रेसको मत ४८८ थियो भने एमालेको मत ४८० थियो। त्यतिखेर एमालेका उम्मेदवार बेगम पुन नै थिए।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी