Butwal Today

राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र, संवैधानिक परिषद् खारेज गर्ने

१७ कार्तिक २०७९, बिहीबार
अ+
अ-
काठमाडौं, १७ कात्तिक

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले संवैधानिक परिषद् खारेज गर्ने वाचा गरेको छ ।

आसन्न निर्वाचनका लागि सार्वजनिक घोषणापत्रमा सो पार्टीले संवैधानिक परिषद् खारेज गर्ने बताएको हो ।

काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा सार्वजनिक गरिएको घोषणापत्रलाई वाचापत्र भनेको सो पार्टीले भनेको छ, ‘संवैधानिक परिषद् खारेज ।

राष्ट्रिय सभाको बहुमतले सिफारिस गरेको व्यक्तिहरुबाट प्रतिनिधिसभामा सुनुवाइ गरी संवैधानिक निकायमा नियुक्ति गर्ने ।’