© २०२३
लमही १६ कात्तिक ।
यति वेला किसानहरु खेतमै व्यस्त छन । अर्को तिर गाँउ गाँउमा चुनावी माहोल तातिएको छ । उम्मेदवारहरु पनि किसानहरुमा खेतबारीमै पुगेर आफूलाइ मत मा िरहेका छन् । किसानहरु भने भोट दिने तर आफूहरुलाइ समयमै मल बिउ उपलब्ध गराउन सुझाएका छन् ।
दाङ निर्वाचन क्षेत्र १ का नेकपा एमालेका उम्मेदवार कुल वहादुर केसी जनताको खेतबारीमा मै पुगेर सल्लाह सुझाव मागेका छन् । निर्वाचन प्रचारप्रसारको क्रममा सल्लाह सुझाव लिन तथा किसानको बालीनालीको अवस्था बुझ्न केसी धान काट्ने तथा दाउने ठाउँमा पुगेका हुन ।
लमहीका पूर्व मेयर समेत रहेका केसी जनतासंग नजिक भएकोले खेतमा पुगेर किसानहरूको समस्याको बारेमा बुझदै आफूलाइ भोट मागेका छन् । पूर्व मेयर केसीले खेतमै आएर जनतासँग छलफल तथा अन्तक्र्रिया गरेपछि किसानहरू समेत खुसी भएका छन । केसी मात्र होइन गठवन्धनका उम्मेदवारहरु पनि जनताका खेत वारीमा पुगेका छन । ‘पूर्वमेयर ज्यूले हाम्रा समस्याहरूको बारेमा जानकारी लिनुभएको छ, हामीले हाम्रा सबै समस्याको बारेमा अवगत गराएका छौं’–लमही नगरपालिका १ वरुवागाँउका स्थानीय सन्जय चौधरीले भने,‘हामीलाई जनताको साथमा आउने यस्तै नेता चाहिएको हो ।’
अर्का स्थानीय महेश चौधरीले यसपटकको निर्वाचनमा आफूहरूले पार्टी भन्दा पनि व्यक्तिलाई हेरेर मत दिने बताउँछन् । मत माग्दै सुझाव लिन पुगेका नेताहरुसंग स्थानीयबासीहरु भने खासै खुशी देखिएनन् । उनीहरुले किसानहरुले समयमै विउ मल नपाएको भन्दै किसानका समस्या बुझिदिन आग्रह गरेका छन् । हामीलाई मल चाहियो । ‘खेती लगाउने बेला मल छैन, बिउ छैन किसानका समस्या अहिले सम्म पनि कसैले सुनेको छैन’, उनीहरुले गुनासो गरे । पूर्व मेयर केसीले मुलुकको आर्थिक विकासको आधार कृषि भएको बताए । कृषि उत्पादन बढाउन किसानलाई अनुदान, विमा, कृषि उपकरण उपलब्ध र बजारीकरणको जिम्मा राज्यले ल्याउनुपर्ने आवश्यकता रहेको उनले वताए ।