ट्रेंडिंग:

>> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न

कालोपत्रले घेरिदै सन्धिखर्कका सडक

३ मंसिर २०८१, सोमबार
३ मंसिर २०८१, सोमबार

अर्घाखाँची, ०३ मंसिर ।
जिल्लाको सदरमुकाम सन्धिखर्क नगरपालिका अन्तर्गत पर्ने बजार क्षेत्रभित्रका मुख्य सडकहरूमा कालोपत्रे गर्ने कार्य सुरु भएको छ । नगरपालिकाको आन्तरिक स्रोत व्यवस्थापन मार्फत नगर क्षेत्र बजारभित्रको झण्डै ४ किलोमिटर सडकखण्डमा कालोपत्रे गर्ने कार्य सुरु भएको हो । नगरभित्रका बजारको मुख्य तथा भित्री सडकको स्तरोन्नति र कालोपत्रे गरी सन्धिखर्क बजारलाई सफा सुन्दर हराभरा बनाउने अभियान अन्तर्गत सडकहरूलाई स्तरउन्नति गरिएको नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए ।
नगरको मुख्यबजार क्षेत्र सन्धिखर्क नगरपालिकाको सरकारी कार्यालय क्षेत्र जिल्ला प्रशासन कार्यालयदेखि सन्धिखर्क शान्ति बगैंचा, टुँडिखेल लाइन, बैंक रोड, मिडिया चोक, गुन्टेखोला, हललाइन, पेट्रोल पम्प लाइन हुँदै चुत्राबेसी भगवती मन्दिर टोल, मसाल बजार भक्तिटोला मान्द्रेबजार चुत्राबेसी घोचेखोलासम्मका भित्री तथा बाहिरी सडकहरू कालोपत्रे गर्ने काम यसै आर्थिक वर्ष सम्पन्न गर्ने गरी कालोपत्रेको कामलाई तीव्रता दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले जानकारी दिए ।
बजार क्षेत्रका मुख्य सडकहरू बिग्रिएका, खाल्डाखुल्डी परेका, पोलहरू रहेका सडक, घरधनीले पेटिहरू प्रयोग गरेका ठाउँहरूलाई हटाएर न्यूनतम पुरानो सडकको मापदण्ड अनुसार मुख्य सडकहरू चौडा पारेर कालोपत्रे गर्न सन्धिखर्क नगरपालिकाले नगरपालिकाको आन्तरिक बजेट व्यवस्थापनबाट झण्डै ६ करोडमा ठेक्का लगाएको नगरपालिकाका योजना अधिकृत दिलिप केसीले जानकारी दिए ।

सन्धिखर्कको मुख्य बजारमै भएको साँघुरो सडक र स्थानीयवासीले सडक मिचेर बनाएका पेटी भत्काएर फराकिलो पार्दै सडकमा कालोपत्रे गर्ने काम अगाडी बढेसँगै बजारको सौन्दर्यता पनि राम्रो हुने वडा अध्यक्ष माधव श्रेष्ठले बताए । नगरको मुख्य र भित्री बजारका सबैजसो सडक न्यूनतम मापदण्ड अनुसार सडक विस्तारमा नगरपालिका अहिले अगाडि बढेको छ ।
पहिलो चरणमा सन्धिखर्कको मुख्य बजार क्षेत्र कालोपत्रे गरेपछि सन्धिखर्कबाट विभिन्न ठाउँमा जोड्ने वडा जोड्ने राजमार्ग सहायक मार्ग जोड्ने सडकहरूमा रहेका खाल्डाखुल्डी पुर्ने कालोपत्रे गर्ने काम सुरु गर्ने नगरपालिकाले जनाएको छ ।
शाखा सडकहरू यसअघि पाँच मिटर कायम गरिएकोमा नगरपालिका कार्यान्वयनपछि आठ मिटरको मापदण्ड बनाएर फराकिलो पार्ने योजना बनाइएको छ तर केही पक्की घरहरू पहिले नै बनेका कारण बजार क्षेत्रका सबै सडक आठ मिटरको कायम भने हुन सकेको छैन ।

अहिले खनाल ब्रदर्स अर्घाखाँचीले कालोपत्रेको काम गरिरहेको छ । खनाल बदर्सका सञ्चालक कविराम खनालका अनुसार नगरपालिकाले ठेक्का कबोल अनुसारको रकम भुक्तानी दिन सकेमा मंसिर भरिमा सन्धिखर्क बजारको कालोपत्रेको काम सकिनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?