ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

‘वनको धनमा धमिराको राज’

३ मंसिर २०८१, सोमबार
३ मंसिर २०८१, सोमबार

नवलपरासी, ०३ मंसिर ।
जिल्ला स्थित बुद्ध शान्ति साझेदारी वनको कार्ययोजना निर्माणमा ढिलाई हुँदा करोडौको काठ दाउरा विक्री वितरणमा समस्या देखिएको छ । बुद्ध शान्ति साझेदारी वन समूहले तयार गरेको कार्ययोजना असार मासन्त मै सकिएको र यो चालु आर्थिक बर्षमा कार्ययोजना अहिलेसम्म वनन सकेको छैन् । कार्ययोजना नवनदा साझेदारी वन समुहमा रहेको झण्डै चार करोड मूल्यको काठ र लाखौ मूल्यका दाउरा बिक्री वितरण रोकिएको छ ।

बेलामै कार्ययोजना वनाई वन मन्त्रालयमा कार्ययोजना पास गराएर काम गर्नुपर्ने भए पनि चासो लिएर कर्मचारीले काम नगरिदिँदा समस्या भएको कार्यालयकै एक कर्मचारीले बताए । उनका अनुसार डिभिजन वन अधिकृत (अिएफओ) ले सबै शाखाको कार्य प्रगतिबारे नियमित समीक्षा गर्नु पर्छ, उनले भने, तर कार्यालयमा डिएफओ भेटाउनै मुस्लिक पर्ने गरेको छ । विगतमा पनि साझेदारी वन समूहको काम हेर्ने गरि तोकिएका अधिकृतलाई थप काम लगाउने गर्दा पनि समस्या देखिएको थियो । साझेदारी वन समुहका लागि छुट्टै एक जना अधिकृत तोकिनु पर्ने हो, तर डिएफओले त्यसरी गराउन नसक्नुले साझेदारी वन समूहका कामहरू ढिलाई हुने गरेको छ ।

कार्यालयका अन्य काम पनि गर्ने र पार्टटाईमको रूपमा साझेदारी वन समूहको काम गर्ने प्रवृति वन कर्मचारीमा देखियो, उनले भने, जिल्लाकै साझेदारी वन समुह ठूलो क्षेत्रफल भएको वन समूह हो, त्यसबाट डिभिजन वन कार्यालयको साझेदारी रहेको छ । वन समुहबाट उत्पादन हुने काठ दाउराको आधा डिभिजन कार्यालयले बिक्री वितरण गर्छ, आधा वन समुहका उपभोक्तालाई ब्यवस्थान समितिले वितरण गर्ने गर्छ । साझेदारी वन समूहमा ३० हजार क्वीफिट काठ र ६० चट्टा भन्दा बढि दाउरा विगत बर्षकै विक्रि वितरण नभई थन्किएका छन् । ३० हजार क्युफिट काठको प्रति क्युफिट १ हजार २ सय ५० का दरले ३ करोड ७५ लाख राजस्व मात्रै उठ्छ । त्यसले बजारमा करोडौंको कारोबार हुने वातावरण तयार गर्छ । हजारौको रोजगारीको सृजना गर्छ । चालु आर्थिक बर्षमा पनि वन समूहले थप काठ काट्नु पर्ने बेला भइसकेको छ । वन कर्मचारीले सामुदायिक वन समूहका कार्य जति सक्रियताले गरिदिइने गर्छन्, सो अनुरूप साझेदारी वन समुहको काम गर्नमा समस्या देखिएको छ ।

जिल्लाको सुनवल, रामग्राम नगरपालिका र पाल्हीनन्दन गाउँपालिकाका उपभोक्तालाई लक्षित गरि झण्डै १ हजार ७ सय हेक्टर वनलाई साझेदारी वन ब्यवस्थापन गरि काम हुँदै आएको थियो । केही समय साझेदारी वन समूहको पदाधिकारी छनौटले समस्या देखिएको थियो । राज्य पुर्नसंरचना हुँदा विगतका वडाहरू फेरिएको थियो । त्यसले वन समुहको निर्वाचन प्रकृयालाई असर पारेको थियो । केही बर्षसम्म नै कार्यवाहक अध्यक्षको रूपमा वन समूहले काम गर्न परेको थियो । कोभिड महामारीले समेत प्रभावित वनाएको थियो, उनले भने, प्रदेश वन पछि वन क्षेत्रको अधिकारका कुरालाई लिएर वन ब्यवस्थापनमा समस्या आयो ।
पछि बैज्ञानिक वन ब्यस्थापन कार्ययोजना वनाई काम हुँदै आएको वन भित्र तत्कालिन वन मन्त्री प्रेम बहादुर आले मगर बैज्ञानिक वन ब्यवस्थापन सम्बन्धि कानुन नै खारेज गरिदिए । त्यसले गर्दा पनि वन ब्यवस्थापनमा समस्या आएको थियो । पछि लुम्विनी प्रदेश सरकारले सोही बैज्ञानिक वन ब्यवस्थापन गर्ने गरि वन सम्वद्र्धन प्रणालीमा आधारित वन ब्यवस्थापन सम्बन्धित कानुन वनाएर सो कार्यलाई निरन्तरता दियो । अहिले सोही अनुसार बुद्ध शान्ति साझेदारी वन ब्यवस्थापन समूहले काम अगाडी बढाएको थियो । गत बर्ष सोही प्रणाली अनुसार बुद्ध शान्ति साझेदारी वनका पदाधिकारीहरू सक्रिय भएर वनबाट रुख कटान गरि काठ दाउराको भण्डारण त गरे तर असार भित्र बिक्री वितरण गर्न सकेनन् । असारमा कार्ययोजनाको म्याद सकियो । काठदाउरा बिक्री हुन सकेन्, काठदाउरा संकलनमा लागेका लगानी समेत अहिले उधारो तिर्न बाँकी रहेको वन समूहले जनाएको छ ।

सामुदायिक वनहरूले धमाधम आफ्नो काम गरेको भए पनि उपभोक्ता र डिभिजन वन कार्यालयको दुबैको साझेदारीमा ब्यवस्थापन गरिने वनको कार्ययोजना वनाउनमा ढिलाई भएका कारण समस्या हुने गरेको छ । यसले राजस्व र रोजगारीमा समेत असर पर्ने गरेको छ । कर्मचारीले यदि गर्न सकिदैन् भने कन्सल्टेन्सिलाई जिम्मा लगाएर पनि काम गराउन सक्नु पर्छ,तर कार्ययोजना निर्माण अल्झिए पनि विगतका काठ दाउरा थन्काएर राखिएको छ । उता उपभोक्ताहरू समेत काठ दाउराबाट बन्चित भएका छन् ।

उपभोक्ताबाट पटक पटक काठ दाउरा माग हुदै आएको तर उपलब्ध गराउन नसकिएको बुद्ध शान्ति साझेदारी वन समुहका अध्यक्ष विरेन्द्र चौधरीले बताए । आँखा अगाडी नै काठ दाउरा राखिएको छ,उनले भने, तर कार्ययोजना नवनदा उपभोक्तालाई फर्काउन परेको छ । काठ कुहाउनु भन्दा विक्रि गरेको भए राज्यलाई राजस्व आउथ्यो,विक्रि वितरणमा रोजगारी सृजना हुन्थ्यो र उपभोक्ताहरूले काठ दाउरा पाउने अवस्था हुन्थ्यो । कार्ययोजनाकै ढिलाईले काठ दाउरा विक्रि वितरण हुन नसकेको डिभिजन वन कार्यालयका वन अधिकृत मुसाफिर भगतले कार्ययोजना वनाउने कार्य भई सकेको र वन मन्त्रालयबाट स्वीकृति पाए पछि विक्रि वितरण हुने बताएका थिए ।

बुद्ध शान्ति साझेदारीमा आश्रित ११ हजार ४ सय ४२ घरधुरीका ६३ हजार ७ सय ७६ जनसंख्या रहेको छ । त्यसबाहेक डिभिजन वन कार्यालयले आफ्नो भागको काठ जिल्ला आपुर्ति समिति मार्फत जिल्ला भरिका उपभोक्तालाई वितरण गर्ने र बचेको काठ दाउरा लिलाम विक्री गरेर देश भरिका उपभोक्तालाई आपुर्ति गर्न सक्नुका साथै राजस्वमा योगदान पुर्याउने छ । वन मात्रै नभई धेरै क्षेत्रमा कर्मचारीले तलब भत्ता खानमा पछाडि नपर्ने तर काम गर्नमा आनाकानी गर्ने प्रवृतिले देशकै आर्थिक बर्षको पहिलो चौमासिक वितिसक्दा आम्दानी ३ खर्ब २९ अर्ब १ करोड छ,भन्ने सरकारको खर्च ४ खर्ब १५ अर्ब २ करोड भएको छ । आमदनी भन्दा खर्च बढि देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?