ट्रेंडिंग:

>> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म

कालिकाद्वारा छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थी सम्मानित

२ मंसिर २०८१, आइतबार
२ मंसिर २०८१, आइतबार

बुटवल, २ मंसिर ।

बुटवल उपमहानरपालिका वडा नम्बर १० मा अवस्थित कालिका मानवज्ञान माविले विद्यालयमा अध्ययन पूरा गरी नेपाल सरकारले लिएको विभिन्न क्षेत्रको प्रवेश परीक्षामा छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीहरुलाई नगद सहित सम्मान गरेको छ । आइतबार सेक्टर १ कालिकानगरमा एक कार्यक्रमको आयोजना गरी बधाई तथा सम्मान गरेको हो ।

विद्यालयबाट विभिन्न क्षेत्रको प्रवेश परीक्षामा सहभागी भई ६४ जना विद्यार्थीले स्नातक तह अन्तर्गतका विभिन्न संकायमा पूर्ण छात्रावृत्तिमा नाम निकालेका छन् ।

जसमध्ये एमबिबिएसमा मात्रै १५ जना विद्यार्थीले पूर्ण छात्रावृत्तिमा नाम निकालेका छन् । विद्यालयका प्रधानाध्यापक दिनेश थापाले खुल्ला प्रतिष्पर्धामा एउटै विद्यालयमा पूर्ण छात्रवृत्तिमा एमबिबिएसतर्फ धेरै जनाले नाम निकाल्ले कालिका पहिलो स्कूल भएको दावी गरे । यस्ता विभिन्न उपलब्धी हरेक वर्ष हासिल गर्दै आएको बताए ।

उनले विद्यार्थीहरुको कडा मिहिनेत साथै विद्यालयको उत्कृष्ट शैक्षिक वातावरणले गर्दा नतिजा राम्रो आएको बताउँदै अहिलेको मिहिनेतलाई थप परिस्कृत बनाउँदै जान विद्यार्थीहरुलाई शैक्षिक समुज्जल भविष्यको कामना समेत व्यक्त गरे ।

विद्यालयबाट कक्षा १२ उत्तीर्ण भएका विद्यार्थीहरु मध्ये १५ जनाले एमबीबीएसको परीक्षामा पुर्ण निःशुल्क छात्रवृत्तिमा नाम निकाल्न सफल भएका हुन् । जुन सामुदायिक विद्यालयतर्फ नेपालमै पहिलो हो । यस्तै विडीएसतर्फ ५ जना, अप्टोमेट्रो तर्फ २ जना, बीएमएलटीतर्फ २ जना, बी फार्म तर्फ ५ जना, बीएस्सी नर्सिङ्गमा १३ जना, बीएस्सी भेटेरिनरीमा २ जना, बीएस्सी एजीमा २ जना, बीपीएच तर्फ ३ जना र ईन्जिनिरिरिङ्गतर्फ ११ जनाले नामा निकाल्न सफल भएका हुन् ।

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीले विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिदै आगामी दिनमा पनि अहिलेको जस्तै कालिकाको नाम उच्च राख्नको लागि आग्रह गरेका थिए । शिक्षाको लागि दरिलो जग भनेको नै विद्यालय तह भएको भन्दै उनले आफ्नो लक्ष्य निर्धारणको लागि विद्यार्थीहरुले कडा भन्दा कडा मिहिनेत गर्न आग्रह समेत गरेका थिए । अध्यक्ष ज्ञवालीले कालिका हरेक हिसाबले देशकै अब्बल सामुदायिक रहेको बताउँदै यसलाई सधै निरान्तरको आवश्यक रहेको बताए ।

कालिकामा ८ हजार विद्यार्थी अध्ययनर छन् । कालिकामा अध्ययनरत विद्यार्थीले एसईई परीक्षामा चार जीपीए ल्याएर उत्तीर्ण भएका थिए । वडा नम्बर १० का वडा सदस्य यमुना काउचाले विद्यालयका गरेको हरेक सफलताको प्रचार–प्रचार आवश्क रहेकोमा जोड दिइन् । कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक पिताम्बर बन्जाडे, अभिभावक संघका अध्यक्ष केशवराज पोखरेल, विज्ञान संकाय ईन्चार्ज कृष्ण प्रसाद अधिकारी, अरविन्द कुमार दुबे लगायतले आ आफ्नो भनाई राखेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?