© २०२३
बुटवल १६ कात्तिक ।
नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले निर्वाचनपछि काँग्रेसले प्रधानमन्त्री शेर बहादुर देउवा नै प्रधानमन्त्री बन्ने बताएका छन् । उनले निर्वाचन पछि सवै भन्दा धेरै सिट नेपाली काँग्रेसले ल्याउने भएको त्यसको पार्टी सभापतिको हैसियतमा शेर बहादुर देउवा नै प्रधानमन्त्रको रुपमा अगाडि सार्ने बताए ।
नेपाली काँग्रेस निर्वाचन प्रचार प्रसार समितिका संयोजक समेत रहेका प्रवक्ता डा. महतले १६५ सिट मध्ये ९१ सिटमा नेपाली काँग्रेस उम्मेदार भएकोले अन्य पार्टी भन्दा निश्चित रुपमा धेरै सिट आफ्नो पार्टीको आउने दावी गरे ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको बहुमतको सरकार हुँदा लोकतान्त्रिक पद्धतिमा पनि जनताका अभिव्यक्ति स्वतन्त्रता तथा प्रेस स्वतन्त्रता जस्ता अधिकारलाई वञ्चित गरेको भन्दै देश, जनता र अधिकारको पूर्णअधिकार सम्पन्न गर्नका लागि आगामी निर्वाचनमा गठबन्धनलाई जिताउन आग्रह गरे ।
बुधवार रिपोर्टर्स क्लव नेपाल लुम्विनी प्रदेश कार्यालयले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा वोल्दै प्रवक्ता डा. महतले तत्कालिन समयमा बहुमतको नेकपा सरकार हुँदा नागरिकले धेरै दुःख पाएको भन्दै गफ लगाउनेलाई विश्वास गर्नुभन्दा नबोलेर काम गर्नेलाई मुल्यांकन गर्न जिकिर गरे ।
पाँच बर्ष पहिले नेकपा एमालेले जारी गरेको घोषणापत्रमा उल्लेख भएका योजना र अहिले पनि जारी गरिएको घोषणापत्रमा समेटिएका बुँदाहरु जनतालाई झुक्याउने भन्दा अरु नयाँ केही नभएको दावी गरे । उनले भने, “पाँच बर्षअघि समेटिएका पानी जहाज, पाईप लाईन ग्याँस र रेल जस्ता कुराहरु कार्यान्वयन भन्दा पनि फगत मात्रै भएको सरकार चलाउँदा पुष्टि भईसकेको छ ।”
एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर बनेको एउटै पार्टीभित्रको अविश्वासका कारण विभाजन हुन पुगेको बहुमतको सरकार भंग भएपछि बनेको नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन भएपछि कोभिड नियन्त्रण लगायत काम गरेको उनले बताए ।
नेपाली काँग्रेसले जारी गरेको घोषणापत्रमा पनि रेल सञ्चालन बुँदा समेटिएको छ । एमालेले जारी गरेको घोषणा पत्रमा पनि रेल सञ्चालन गर्ने र काँग्रेसले ल्याउने रेल एउटै हो की फरक हो भन्ने पत्रकारहरुले सोधेको जिज्ञासामा प्रवक्ता डा.महतले भने, “हामीले चलाउने भनेको आन्तरिक यातायातको लागि दैनिक चल्ने हो, खर्च धान्न नसकिने गरी चलाउन आवश्यक छैन् । हामी ऋण काढेर रेलमा लगानी गर्ने पक्षमा छैनौं ।”
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.डिला संग्रौलाले आगामी दिनमा संघीय निर्वाचनमा काँग्रेसका महिला नेतृहरुलाई प्रत्यक्षमा उठाउने गरी अगाडि बढ्ने बताईन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी